होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भत्केको बाटो मर्मत नहुँदा स्थानीयलाई आवत जावतमा समस्या
समाचार

भत्केको बाटो मर्मत नहुँदा स्थानीयलाई आवत जावतमा समस्या

  • नागरिक रैबार
भत्केको बाटो मर्मत नहुँदा स्थानीयलाई आवत जावतमा समस्या

नागरिक रैबार/ बाजुरा ३० मंसिर।बडीमालिका नगरपालिका वडा नं. ९ तुफानडाँडा देखि बडुवालवाडा सम्मको बाटो मर्मत नहुँदा स्थानीयलाई आवत जावतमा समस्या भएको छ ।

Image may contain: mountain, sky, tree, outdoor, nature and water

वर्षातको समयमा बाटो माथिबाट खसेको पहिरोले उक्त क्षेत्रको बाटो पुरै भत्केको छ । भत्केको बाटोमा दिनहुँ पैदल यात्रा गर्न समस्या हुने गरेको स्थानीय निशान्त बडुवालले बताएका छन् ।

विज्ञापन

Image may contain: outdoor and nature

जिल्लाको सदरमुकाम मार्तडीसंगै जोडिएको बडुवालवाडा सम्म जाने बाटोको निर्माणमा बडीमालिका नगरपालिका र सम्वन्धित वडाले समेत चासो नदिएको स्थानीय सुरज बहादुर बडुवालको भनाईछ ।

यही बाटो हुँदै सदरमुकाम मार्तडीसम्म विद्यार्थीहरु, बालवालिका, बृद्धवृदा लगायत पैदलयात्रा गर्ने गर्छन् । बाटो साँघुरो र अप्ठेरो भएकोले ज्यान नै जोखिममा पारेर दैनिक जसो पैदल यात्रा गर्नुपरेको स्थानीय तारा बडुवाले गुनासो गरेका छन् ।

Image may contain: mountain, sky, plant, tree, outdoor, nature and water

उसो त बडीमालिका नगरपालिका र सम्वन्धित वडाका जनप्रतिनिधिहरु समेतले सो बाटो मर्मतमा कुनै चासो देखाएका छैनन् । सोही बाटो हुँदै सदरमुकाम मार्तडीबाट जिल्लाको गौमुल गाउँपालिका, बडीमालिका नगरपालिका वडा नं. १, २ र ९ नम्बर वडाकै चौराटा, उखाडी लगायतका स्थानीयहरु आवत जावत गर्दै आएका छन् ।

Image may contain: outdoor and nature

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार