होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीनन्दामा एकैदिन दुई जीप दुर्घटना ९ जना घाईते
समाचार

बुढीनन्दामा एकैदिन दुई जीप दुर्घटना ९ जना घाईते

  • नागरिक रैबार
बुढीनन्दामा एकैदिन दुई जीप दुर्घटना ९ जना घाईते

अनिल शाही/ कोल्टी २५ बाजुरा । जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्मर १ पार्तोलामा जिप दुर्घटना भएको छ । हिमाली गाउँपालिकाको धुलाचौर देखी कोल्टी आउदै गरेको यात्रुबाहक जिप दुर्घटना भएको हो । जयमालिका यातायात प्रालिको से १ ज ३ १० नम्बरको जिप दुर्घटना हुदा ९ जना घाइते भएको ईलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ ।

हिजो साझ ६ बजे माईति मनाएर बुढीनन्दा नगरपालिका फर्किदै गरेका यात्रु बोकेर फर्किदै गरेको जिप पार्तोलाको खाेलामा दुर्घटना हुँदा सडक बाट अन्दाजी ४ मिटर तल सिचाइ कुलामा पल्टेको थियो ।

जिप पल्टीदा जिप चालक नामाङ्ग काल्देङ्ग थापा भोटे, बुढीनन्दा नगरपालिका ३ का मिम बहादुर बुढा,सविना बुढा, सुस्मीता बुढा, दिपेन्द्र बुढा, गँग बुढा,रत्न बुढा, अमृत बुढा, जय बहादुर बढा र खत्याड गाउँपालिका २ सेरीका टेक बहादुर बुढा रहेका छन ।

विज्ञापन

घाईते ९ जनाको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भईरहेको र उनिहरुको अबस्था सामान्य रहेको प्राथमिक स्वास्थ केन्द्र कोल्टीका प्रमुख डाक्टर राजुराज जैसीले जानकारी दिएको छ । जिप दुर्घटना हुदा कुलामा पानि खाँदै गरेका २ ओटा गोरु समेत मरेको स्थानियले बताएका छन ।

त्यस्तै हिजो बुढीनन्दा नगरपालिका वडा नम ६ कोटीला जादै गरेको से १ ज १ हजार ३ नम्बरको जिप पनि दुर्घटना भएको छ । जिप दुर्घटना हुदा मानविय क्षती नभए पनि जिपमा भने सामान्य क्षेति भएको ईलाका प्रहरी कार्यालय कोल्टीका प्रमुख प्रहरी निरिक्षक देबेन्द्र राज जोशीले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार