होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेकपा बाजुरा जिल्ला कमिटी सदस्य शाहीको श्रद्धाञ्जली सभा मार्तडीमा
राजनीति

नेकपा बाजुरा जिल्ला कमिटी सदस्य शाहीको श्रद्धाञ्जली सभा मार्तडीमा

  • नागरिक रैबार
नेकपा बाजुरा जिल्ला कमिटी सदस्य शाहीको श्रद्धाञ्जली सभा मार्तडीमा

नागरिक रैबार/बाजुरा ३० मंसिर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुरा जिल्ला कमिटी सदस्य नेकपा नेतृ स्वग्रिय पवित्रा शाहीको १३ औँ दिनको पुन्यतिथीमा श्रद्धान्जली सभा सम्पन्न गरिएको छ ।

No description available.
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराको आयोजनामा स्वर्गीय शाहीको मंगलबार सदरमुकाम मार्तडीस्थित नेकपाको पार्टी कार्यालयमा श्रद्धान्जली सभा सम्पन्न  गरेको हो ।

श्रद्धान्जलीसभामा बोल्ने नेकपा बाजुराका नेताहरुले स्वग्रीय पवित्रा शाहीकोे निधनले पार्टीमा ठुलो क्षेती पुग्नुका साथै स्वग्रीय नेता शाहीले खप्तड छेडेदह गाउँपालिकामा नेकपाका लागि गरेको योगदान कहिल्यै भुल्न नसकिने बताएका थिए ।

विज्ञापन

No description available.

श्रद्धाञ्जलि सभामा सहभागि भएका नेपाल कम्युनिष्ट पार्टी बाजुराका सचिव भरत बुढा, कार्यालय सदस्य गगन रावल, लालबहादुर ओली, जनक बोहोरा, सचिवालय सदस्य अमर खड्का, भरत थापा, मनोज विक  लगायत नेताहरुले स्वग्रीय शाहीले नेकपाका लागि गरेकोे योगदानको चर्चा गरेका थिए ।

No description available.
नेकपा बाजुरा कार्यालय सदस्य गगन रावलको अध्यक्षतामा सम्पन्न भएको श्रद्धाञ्जलि सभा कार्यक्रममा नेकपाका नेता तथा कार्यक्रर्ताका साथै प्रेस संगठनमा आवद्ध पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।

No description available.

स्वग्रीय नेता शाहीको गत मंसिर १८ गते आफ्नै घर खप्तड छेडेदह गाउँपालिका २ माटेसाँघुमा एक्कासी बेहोस भएपछि उपचारका लागि लग्दै गर्दा बिच बाटोमै मृत्यू भएको थियो ।

बिगत लामो समय देखि मासिका हुदै सिअनमीको सरकारी जागिर गरेकि शाहीले अनमी पदबाट राजिनामा दिएर २०७४ सालको स्थानिय तहको निर्बाचनमा खप्तड छेडेदह गाउँपालिकामा तत्कालिन नेकपा एमालेको तर्फबाट उपाध्यक्ष पदमा उम्मेद्धार समेत भएकी थिईन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार