होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुरक्षित गर्भपतन सम्वन्धि संचारकर्मीहरुसंग अन्तरक्रिया
समाचार

सुरक्षित गर्भपतन सम्वन्धि संचारकर्मीहरुसंग अन्तरक्रिया

बाजुरामा सुरक्षित गर्भपतन गराउनेको संख्यामा बृद्धि हुँदै

  • नागरिक रैबार
सुरक्षित गर्भपतन सम्वन्धि संचारकर्मीहरुसंग अन्तरक्रिया

नागरिक रैबार/बाजुरा २२ मंसिर। जिल्लास्थित क्रियाशिल संचारकर्मीहरुसंग सुरक्षित गर्भपतन सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

आईपास नेपाल पिसविन बाजुराको आयोजनामा उक्त कार्यक्रम सदरमुकाम मार्तडीमा गरिएको हो । अन्तरक्रिया कार्यक्रममा बाजुरामा सुरक्षित गर्भपतनको सेवा र संचारकर्मीको सुरक्षित गर्भपतन सम्वन्धि समाचार सम्प्रेषण गर्ने भुमिका बारे छलफल गरिएको छ ।

कार्यक्रमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका तथ्याकं प्रमुख रुगम खड्काले जिल्लामा पछिल्लो समयमा सुरक्षित गर्भपतन गराउनेको संख्यामा बृद्धि हुँदै गएको तथ्याकं सार्वजनिक गरेका थिए । स्वास्थ्य कार्यालय बाजुराको तथ्याकं अनुसार बाजुरामा विगत केही वर्ष यता सुरक्षित गर्भपतन गराउनेको संख्या बढेको छ ।

विज्ञापन

No description available.

आईपास नेपाल/पिसवीन बाजुरा र स्वास्थ्य कार्यालयको समन्वयमा जिल्ला अस्पताल बाजुरा सहित जिल्लाका ९ वटै स्थानीय तहका १५ ठाउँबाट सुरक्षित गर्भपतन सेवा सम्वन्धि परामर्श र यस बारे जानकारी गराएपछि सुरक्षित गर्भपतन सेवा लिनेको संख्या बढेको अन्तरक्रिया कार्यक्रममा संचारकर्मीहरुलाई जानकारी गराईएको थियो ।

सुरक्षित गर्भपतन सम्वन्धि सेवा हाल जिल्ला अस्पताल मार्तडी, आटिचौर स्वास्थ्य चौकी, टाँटे स्वास्थ्य चौकी, बुढिगंगा स्वास्थ्य चौकी, दहकोट स्वास्थ्य चौकी, देवलसैन स्वास्थ्य चौकी, जयबागेश्वरी स्वास्थ्य चौकी, जुगाडा स्वास्थ्य चौकी, कैलाशमाण्डौ स्वास्थ्य चौकी, काँडा स्वास्थ्य चौकी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र, पाण्डुशैन स्वास्थ्य चौकी,रुगिन स्वास्थ्य चौकी, साप्पाटा स्वास्थ्य चौकी र तोली देवल स्वास्थ्य चौकीबाट सेवा संचालन भईरहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

आइपास नेपाल र पिसविन बाजुराको आयोजनामा संचालन भएको सो पत्रकारसंगको अन्तकृया कार्यक्रममा नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिहंको अध्यक्षतामा संचालन भएको कार्यक्रमको संचालन पीसविन बाजुराका कार्यक्रम अधिकृत महेश जोशीले गरेका थिए भने कार्यक्रको सहजीकरण आइपास नेपालका केन्द्रीय प्रतिनिधी लक्ष्मण केसी र स्वास्थ्य कार्यालयका तथ्याङक शाखाका रुगम खड्काले गरेका थिए ।

अन्तरक्रिया कार्यक्रमका जिल्ला स्थित बिभिन्न संचारमा माध्याममा कार्यरत २० जना बढी पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रम बडिमालिका नगरपालिकाको हलमा संचालन गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार