होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
राजेन्द्र बिक, बाजुरा कार्तिक २५ । बाजुराको बडिमालिका नगरपालिका वडा न.३ रजालीका कृषक राम वहादुर खड्काले जिल्लामै पहिलो पटक सिते च्याउ उत्पादन गर्नुभएको छ । कृषि विकास निर्देशनालय दिपायलको अनुदान तथा कृषि ज्ञान केन्द्र बाजुराको प्राविधिक सहयोगमा बाजुरामा पहिलो पटक सिताके च्याउ उत्पादन गर्न खड्का सफल हुनुभएको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारि मीन प्रसाद जैशिले […]
निमेन्द्र शाही बाजुरा, । २१ कात्तिक ‘आइन्दा हलिया बस्नुपर्दैन, ऋण सरकारले तिरिदिन्छ, घरजग्गा बनाउन पैसा दिन्छ भनेका थिए, यतिका वर्ष भयो, थाप्लाे ऋणले थिचिएकाे छ । विगतमा सुनेका ती आश्वासनले छाती पोल्छ । सुन्दा अनौठो लाग्ला, हामीलाई स्वयं सरकारले हलिया बस्नुपर्ने बाध्यतामा घँचेडेकाे छ’, बाजुराकाे बूढीनन्दा नगरपालिका- १ पीपलडालीका मनवीर लुहार मलिन सुनिए । मनवीर […]
नागरिक रैबार/बाजुरा २० कार्तिक। बाजुराको सवै भन्दा ठुलो धनराशी नगद पुरस्कार भएको दोस्रो छेडेदह कप फुटबल प्रतियोगिताको उपाधि बुढीगंगा नगरपालिका २ मा रहेको कन्सन बाजुराले जितेको छ । विहिबार भएको फाईनल खेलमा नेपाल प्रहरीलाई पराजित गर्दै कन्सन बाजुराले दोस्रो छेडेदह कपको उपाधि जितेको हो । खेलको अन्तिम दिन विहिबार नेपाल प्रहरी र कन्सन बाजुरा विच […]
नागरिक रैबार/बाजुरा १९ कार्तिक। नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाजुराका पुर्व सभापति मनबहादुर रावललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । पुर्व सभापति रावलको सेति प्रादेशिक अस्पताल धनगढीमा पिसिआर जाँच गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । रावललाई स्वास फेर्न समस्या भएपछि कार्तिक १७ गते उपचारका लागि जिल्ला अस्पताल बाजुरा पुगेका थिए । बाजुरा […]
नागरिक रैबार/बाजुरा १९ कार्तिक। जिल्ला सदरमुकाम मार्तडीमा एकको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गौमुल गाउँपालिका वडा नम्मबर ६ सटेडाका ५५ वर्षीय देवबहादुर रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार रोकायालाई दमको उपचारका लागि जिल्ला अस्पताल बाजुरामा उपचारका लागि ल्याईएको थियो । बुधबार दिउसो उपचारका क्रममा रोकायाको अस्पतालमा […]
नागरिक रैबार/बाजुरा १८ कार्तिक। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. २ स्थित भौनेरामा एकजना मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा फेला पर्नेमा कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं.१७ का ३९ वर्षीय पदम प्रजामती मगर रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार मृत अवस्थामा फेला परेका मगर सोही वडामा रहेको नेपाली कागज […]
नागरिक रैबार/बाजुरा १८ कार्तिक। नेपाल कम्युनिष्ट पाटी (नेकपा) बडीमालिका ९ नंम्बर वडा संगठन कमिटीले विजया दशमी तथा शुभदिपावलीको पावन अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । विजया दशमी तथा शुभदिपावलीको पावन अवसरमा आयोजना गरेको बडीमालिका ९ नंम्बर वडा संगठन कमिटीले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो । नेकपा बडीमालिका ९ […]
नागरिक रैबार/बाजुरा १८ कार्तिक। नेपाल कम्युनिष्ट पाटी (नेकपा) बडीमालिका ९ नंम्बर वडा संगठन कमिटीकोे कार्यालय उद्धघाटन गरिएको छ । नेकपा नं. ९ वडा संगठन कमिटीको कार्यालयको मंगलबार एक कार्यक्रमका विच नेकपा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कणर्बहादुर थापाले रिवन काटेर उद्धघाटन गरेका हुन् । वडा संगठन कमिटीको कार्यालय उद्धघाटन् पछि प्रदेश अध्यक्ष थापा र नेकपा बाजुरा […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कणर्बहादुर थापाले बाजुराको खेल क्षेत्रको विकासका लागि प्रयाप्त लगानि सहित निरन्तर लागिरहेको बताएका छन् । विहिबार छेडेदह स्पोट्र्स क्लवद्धारा आयोजित दोस्रो छेडेदह कप फुटबल प्रतियोगिताको उद्धघाटन समारोहमा बोल्दै नेता थापाले बाजुरामा खेलक्षेत्रको विकासका लागि प्रयाप्त लगानि गरिने बताएका हुन् । खेल क्षेत्रपनि जीवनको […]
नागरिक रैबार/बाजुरा १० कार्तिक। भिरबाट लडेर शक्त घाईते भएका बडीमालिका नगरपालिका ९ रतुडाका मानसिंगे चंदाराको उपचारका लागि नेकपा बडीमालिका ९ नम्बर वडा कमिटी अध्यक्ष राजेश पायल विकले आर्थिक सहयोग गरेका छन् । नेकपा वडा ९ नम्बर वडा कमिटीका अध्यक्ष विकले चंदाराको उपचारका लागि रु चारहजार आर्थिक सहयोग गरेका हुन् । घाईते चंदाराको घरको आर्थिक अवस्था […]
नागरिक रैबार/बाजुरा ८ कार्तिक। नेपाली काँग्रेस बाजुराका पार्टी सभापति कविराज पण्डितको गाउँ खाली हुँदै नेकपामा प्रवेश गर्नेको लर्को लागेको छ । काँग्रेस सभापतिको गाउँबाट काँग्रेसकै सक्रिय कार्यकर्ताहरु पार्टी छाडेर नेकपामा प्रवेश गर्न थालेपछि पार्टी सभापति पण्डितलाई ठुलो झट्का लागेको छ । नेकपा बडीमालिका १ वडा संगठन कमिटीले गत असोज ५ गते वडामा आयोजना गरेको दोस्रो […]
नागरिक रैबार । बाजुरा ८ कार्तिक । बाजुरा जिल्लाको सदरमुकाम मार्तडी स्थीत कारागारमा रहेका ४७ बढी कैदी बन्दीहरुलाई दसैँ मनाउँन बडीमालिका नगरपालिकाकी उप–प्रमुख कविता विष्टले दुईवटा खसी उपहार दिएकी छिन् । विभिन्न परिघटनामा परि कैदीबन्दी हुन पुगेर जेल जिवन विताई रहेकाहरु दाजुभाइहरुले पनि बडादसैँमा उमङ्गित हुन् पाउँनु पर्छ । हिन्दुहरुको महान चाँडाबाडका बेला गाउँघरमा खुशीयाली […]
नागरिक रैबार/बाजुरा ७ कार्तिक। रानीबन स्पोर्ट क्लवद्धारा आयोजित सेबन ए साईड खुल्ला फुटबल प्रतियोगिताको उपाधि एमएसवाईसी क्लबले हात पारेको छ । बडा दशैं तथा शुभ दिपावली २०७७ को अवसरमा रानिवन स्पोट्र्स क्लवले आयोजना गरेको उक्त प्रतियोगिताको उपाधि एमएसवाईसी क्लबले हात पारेको हो । कार्तिक १ गतेबाट बाजुरा क्याम्पसमा संचालन भएको उक्त प्रतियोगितामा २४ टिम मध्ये […]
नागरिक रैबार कार्तिक ७ बाजुरा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) बाजुराका कार्यालय सदस्य नेता गगन रावलले जिल्लाको सदरमुकाम मार्तडीमा आर्कषक खेल स्टेडियम बनाउँन आफ्नो पार्टी प्रतिवद्ध रहेको बताएका छन् । शुक्रबार रानीबन स्पोर्टस क्लबद्धारा बडा दसैँको उपलक्ष्यमा आयोजित सेवेन ए साईड खुला फुटबल प्रतियोगिताको समापन कार्यक्रममा खेलाडीहरुलाई उत्साहित पार्दै सो कुरा बताएका हुन् । […]
नागरिक रैबार/बाजुरा ६ कार्तिक। नेपाल सरकारको निरोगी नेपाल अभियान कार्यक्रम अन्तरगत गौमुल गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुरा मार्फत गौमुल गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएको हो ।जिल्ला आयुर्वेद सेवा केन्द्र बाजुराका प्रमुख दिक्षा भण्डारीका अनुसार सुदुरपश्चिमकै दोस्रो नम्बरमा […]
नागरिक रैबार/बाजुरा ६ कार्तिक। बडीमालिका नगरपालिका ९ का ८१ जना महिलालाई स्वस्थ परिवार परामर्श तालिम दिईएको छ । राउते रवा सिमानेपानी कृषि वन समूहको आयोजना र बाजुरा असल सन्देशको सहयोगमा उक्त समूहका ८१ जना महिलालाई तालिम दिईएको हो । तालिममा सहभागि महिलाहरुलाई परिवारमा स्वस्थ रहनका लागि सचेतना दिईएको थियो । तालिम अवधिभर पत्रुस राइ, कुमारी […]
नागरिक रैबार/बाजुरा ६ कार्तिक। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष धर्मराज पाध्याय र वडा सदस्यहरुले पाउने भत्ता स्वास्थ्य चौकीको स्तरोन्नतिका लागि खर्च गर्ने निणर्य गरेका छन् । बडा दशैको अवसरमा वडामा राखिएको शुभकामना आदान प्रदान कार्यक्रममा वडा अध्यक्ष धर्मराज र वडा सदस्यहरुले पाउने भत्ता चुथी स्वास्थ्य चौकीको जग्गा ब्यबस्थापन र स्तर उन्नति […]
नागरिक रैबार बाजुरा ६ कार्तिक। बडीमालिका नगरपालिका ८ की एक किशोरीको भिर बाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका ८ की १७ बर्षिया बिमला थापा रहेकी छन । उनी बिहीबार बिहान गाईबस्तुका लागि घाँस काट्न गएकि थिईन् । अवेर सम्म घर नआएपछि आफन्तले खोजि गर्दा भिरबाट लडेर मृत अवस्थामा फेला परेको पारिवारिक […]
नागरिक रैबार/बाजुरा ६ कार्तिक। एकातिर कोरोनाको डर । हाटबजारका भारी त बोक्दा छियाउँ । त्यहीपनि कामकाज काँहीँनाई । अर्कातिर अशक्त घाईते अर्धचेतका साथमा पति । पासमा पैसोपानी छैन् । दुई साना छोराछोरी । आफू एक्ली क्यापठी गरु । पतिलाई खकछोल्याई (काखमा) लिई बाहिरभित्र गर्नुपर्ने । घरको चुलो बालुकी ? औषधी मुलो यीनको दवाई पत्ताईगरु । […]
नागरिक रैबार/बाजुरा ५ कार्तिक। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले चाड पर्व बाफत पाएको खर्च (कन्सन बाजुरा) अनाथ बालगृहलाई निणर्य गरेका छन् । दशैं भत्ताको विषयलाई लिएर सरकार र सांसदहरूको आलोचना हुन थालेपछि सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शाहले पनि आफुले पाएको भत्ता बुढीगंगा नगरपालिका २ मा रहेको अनाथ बालगृहलाई […]