होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नरेश बडुवालको बडीमालिकाका मेयरलाई खुलापत्र
राजनीति

नरेश बडुवालको बडीमालिकाका मेयरलाई खुलापत्र

  • नागरिक रैबार
नरेश बडुवालको बडीमालिकाका मेयरलाई खुलापत्र

आदरणीय नगर प्रमुख ज्यु नमस्कार! आराम छु ।आरामको कामना गर्दछु । मैले तपाईंलाई यो पत्र लेखिरहदा तपाईंलाई कतै अचम्म त ठिकै हो ।भन्ने अनुभुती होला भन्ने अपेक्षा गरेको छु। राजनीतिक तवरले मैले तपाईंको अगाडि बोल्दा“बिरालोका अगाडि मुसाको नाच“भनेझैं होला तर मलाई कुनै राजनीतिक पुर्वाग्रह र मेरो कुनै तपाईं प्रति विरोध नभई मैले मेरो क्षेत्रबाट सुझाव र मैले देखेको समस्या मात्रै दर्शाउन खोजेको हुँ।

म तपाईंकै गृह वडाको युवा भएका कारण र म स्वयम पनि कुनै राजनीतिक दलको तल्लो कमिटीको सदस्य भएकोे हिसाबले र एउटा युवा भएका कारण कतै पनि युवाको विषयमा त्यति चासोको रुपमा नहेरिएको महशुस भयो।तपाईं एउटा नगरप्रमुख मात्रै नभई नेपाली काङ्ग्रेस भित्रको एउटा बलियो र स्थापित नेता हो ।

लामो समय जिल्लाको राजनीतिमा बलियो प्रभाव राख्ने तपाईंले खासैगरी आफ्नै गृह वडामा युवा लागि कुन प्रभावकारी योजना ल्याउनु भयो ।बाजुरा जिल्लाकै पहिलो नगरपालिका अनि जिल्लाको मुटमै रहेको नगरपालिकाको नगरप्रमुख हुदा आफ्नै वडामा युवा जगतमा के? कति ?उपलब्धि गरे भन्ने सोचिराख्नु भएको छ।

विज्ञापन

युवा क्षेत्र र खेल जगतको कुरा गर्दा हाम्रो नगरपालिका र तपाईं मेरो गृह वडाभन्दा निकै दुर्गम अनि पिछडिएका पालिकाले कयौं खेलाडी कयौं कलाकार र विभिन्न युवा व्यावसायिक क्षेत्रमा निकै छलाङ मारिसक्दा पनि तपाईंले आफ्नै गृहनगर र गृह वडाबाट कति जना कति जना खेलाडी उत्पादन भएको देख्नु भयो ।

खेल क्षेत्रमा कति चासो र पहल गरेको महसुस गर्नुहुन्छ ।अनि नगर,जिल्लामा हुने खेलकुद युवा लक्षित अन्य कार्यक्रममा कत्तिको उपस्थिति भएको देख्नु हुन्छ ।अनि नगरमा तपाईकै पार्टीको बहुमतको सरकार र वडा सरकार पनि तपाईंकै पार्टीको सरकार भएर पनि किन यी युवा पुस्ताको विषयमा अवसर र सम्भावनाको सृर्जना गर्न सक्नु भएन ।यश स्थानीय तह भन्दा पिछडिएका स्थानिय तहले भौगोलिक दृष्टिकोणले पनि पिछडिएका क्षेत्रले यस नगरको भन्दा उपलब्धि गरिसक्दा तपाईंलाई कस्तो गरे भन्ने अनुभव भई रहेको छ? हुन त तपाईं मलाई राजनीतिक तर्क गर्न सक्नु होला ।

के गरिन भनेर आफ्नो दृष्टिबाट तर मानव जीवन माथि उकास्न भौतिक विकासले मात्रै त्यति धेरै प्रभाव उपलब्धि देखाउन सक्दैन ।समाजलाई सुखी र समृद्ध बनाउन समाजका सबै क्षेत्र उत्तिकै प्रभावकारी र क्रियाशील हुनुपर्छ ।शिक्षा,सडक,स्वास्थ्य क्षेत्र मात्रै नभई खेल क्षेत्र,कलाकारीता क्षेत्र उद्योमी युवा व्यावसायिक क्षेत्रमा नगर सरकार वडा सरकारको ध्यान केन्द्रित होस्।र अब भौतिक विकासले मात्रै समाज त्यति चाडै रुपान्तरण सम्भव छैन।

त्यसकारण अब खेल,क्षेत्र कलाकारीता,युवा व्यावसायिकक्षेत्र,सामाजिक कुसंस्कारका विरुद्ध महिला पुरुषमा हुने अन्यायका विरुद्ध जातिय विभेदका विरुद्ध र आर्थिक क्रान्ति गर्न जरुरी छ।यि सबै क्षेत्र अगाडि बढाउन युवालाई विभिन्न सम्भावना सिर्जना गरि अवसर प्रधान गर्न सके मात्रै तपाईंले बनाएको सुखि र समृद्ध नगरबासि भन्ने नाराले केही उपलब्धि हासिल गर्न सक्छ ।

लेखक नरेश बडुवाल राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सदस्य हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार