होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जगनाथमा १० शैयाको अस्पतालको शिलान्यास गरियो
समाचार

जगनाथमा १० शैयाको अस्पतालको शिलान्यास गरियो

  • नागरिक रैबार
जगनाथमा १० शैयाको अस्पतालको शिलान्यास गरियो

नागरिक रैबार/बाजुरा १५ मंसिर। ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सोमबार सरकारले सातै प्रदेशमा एकैपटक तीन सय ९६ आधारभूत अस्पतालको शिलान्यास गर्दै छ । साेही अनुसार बाजुरा जिल्लाको जगनाथ गाउँपालिकाको केन्द्र जुड्डीमा १० शैयाको आधारभुत अस्पतालको शिलान्यास गरिएको छ ।

नेपाल सरकारले आज देशभरिका ३९६ अस्पतालको एकै साथ शिलान्यासको तयारी गरेसँगै जिल्लाको जगनाथ गाउँपालिकाको केन्द्र जुड्डीमा पनि १० शैयाको आधारभुत अस्पतालको शिलान्यास गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले गाउँपालिकाको केन्द्र जुड्डीमा १० शैयाको आभारभुत अस्पतालको शिलान्यास गर्नु भएको छ । शिलान्यास कार्यक्रममा बोल्दै गाँउपालिकाका अध्यक्ष शाहीले भवनको निर्माण कार्य जति सक्यो चाँडो सम्पन्न गर्ने र गाँउपालिका भित्रका नागरिकहरुलाई गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउने धारणा व्यक्त गरेका थिए ।

विज्ञापन

Image may contain: 11 people, people standing, child and outdoor

यस अघि गाउँपालिकाका विरामीहरुले स्वास्थ्य सेवा लिन कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र र बाजुरा जिल्ला अस्पताल सहित हवाई जहाज मार्फत जिल्ला बाहिर गएर उपचार गर्नु पर्ने बाध्यता थियो ।

सिलानास कार्यक्रममा कार्यपालिका सदस्य, प्रमुख प्रशासकिय अधिकृत विनोद प्रशाद गैरे र गाँउपालिकामा रहेका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार