होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सदरमुकाम मार्तडीका सार्वजनिक शौचालय प्रयोग विहीन
समाचार

सदरमुकाम मार्तडीका सार्वजनिक शौचालय प्रयोग विहीन

ताला लगाएर व्यक्तिगत रुपमा प्रयोग, सरोकारवाल मौन

  • नागरिक रैबार
सदरमुकाम मार्तडीका सार्वजनिक शौचालय प्रयोग विहीन

सरिता नेपाली/बाजुरा ९ मंसिर। जिल्लाको सदरमुकाम मार्तडीमा सार्वजनिक शौचालय नहूदाँ सर्वसाधरणलाई शौच गर्न निकै सास्ती भएको छ । सार्वजनिक शौचालय भएपनि व्यवस्थापन गर्न नसकेपछि शौच गर्न सर्वसाधारणलाई सास्ती भएको हो ।

सार्बजनिक शौचालय निमाणर् भएको वर्षौ दिन वितिसक्दा पनि व्यवस्थापन र उचित वातावरण नबन्दा पैदल यात्रु तथा सर्वसाधारणलाई सास्ती खेप्नु परेको छ । सार्वजनिक शौचालय व्यक्तिगत रुपमा कब्जा गरी प्रयोग भएको पाईएको छ । शौचालय होटेल व्यवसायी तथा अन्य व्यक्तिहरुले ताला लगाएर प्रयोग गरिहेका छन् । तर सर्बसाधारणका लागि भने कुन ठाउँ सार्बजनिक शौचालय छ, भन्ने कुरा थाहा नै छैन ।

जिल्ला सदरमुकाम मार्तडी बजार क्षेत्रमा चार स्थानमा सार्वजनिक शौचालय रहेका छन् । जसमध्ये बडीमालिका मन्दिरमा रहेको सार्बजनिक शौचालय केहि नाजुक अबस्थामा रहेको र यसैको ब्यबस्थापनका लागि नोभेम्बर १९ मा शार्बजनिक शौचालय दिबसको अबसरमा सरसफाइका सामाग्री, पानीको ब्यबस्था तथा नगरपालिकाको मंसिर ४ गते बसेको बैठकले मन्दीर ब्यबस्थापन समितीलाई व्यवस्थापनका लागि सक्रिय पार्ने निणर्य गरएको छ ।

विज्ञापन

त्यस्तै बसपार्कमा सञ्चालित शौचालयको अबस्था अहिले गाडीहरु त्यतिधेरै आबतजावत नहुने भएकोले ब्यबस्थापनमा खास्सै समस्या नभएको बडिमालिका नगरपालिका यूएनह्याबिटेडका संयोजक बिरेन्द्र रावलले बताउनुभएको छ ।

उहाँका अनुसार खुला मञ्चमा रहेको शौचालय र तुफाँन डाँडामा रहेको शौचालय ब्यक्तिगत रुपमा प्रयोगमा ल्याइएको सुन्नमा आएकोले यसलाइ चाँडै ब्यबस्थापन गर्ने बताउनुभयो । सर्बसाधारका लागी भनेर बनाइएका सार्बजनिक शौचालयहरु कुनै ब्यक्ती वा होटल ब्यशसायीहरुले व्यक्तिगत रुपमा प्रयोग गर्ने कुरा राम्रो नभएको स्थानिय पदम रावलले बताउनुभएको छ ।

शौच गर्न त परकै कुरा हो, सार्वजनिक शौचालय कहाँ छ भन्ने थाहा नभएको सर्वसाधारणले बताउने गरेका छन् । शौच लाग्यो भने कुनै होटेल वा नभए जंगलमा शौच गर्नुपर्ने बाध्यता रहेको ट्याक्टर चालक बिरेन्द्र कार्किले बताउनुभएको छ । उहाँ भन्नुहुन्छ, सबै क्षेत्रको केन्द्र विन्दुमा रहेको सदरमुकाम हो । तर हालसम्म पनि सार्वजनिक शौचालयको अत्तोपत्तो छैन् । यात्रा गर्दा शौच गर्न समस्या हुने गरेको छ । तर हालसम्म नगरपालिकाले शौचालय व्यवस्थापनमा कुनै चासो नदेखाएको प्रती दुखेसो ब्यक्त गर्नुभएको छ ।

युएन ह्याविटेट बडीमालिका नगरपालिकाले लगत्तै यसको पहल र व्यवस्थापनका लागि प्रक्रिया अगाडी बढाउने बताएको छ । सार्वजनिक शौचालय प्रयोग विहीन भएका र नोबेम्बर १९ मा विश्व शौचालय दिवसको दिन शौचालय व्यवस्थापनको लागि सरोकारवाला निकायबीच बैठक बसी पुणर् संचालन गर्न विभिन्न किसिमका निणर्य भएको युएनह्याविटेडले जनाएको छ ।

उता बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले सार्वजनिक शौचालय निर्माण तथा व्यवस्थापनको तयारीमा रहेको बताउनुभएको छ । सरोकार राख्ने सबैसंग सहकार्य भइसकेको र अब केही दिनमै सार्बजनिक शौचालय प्रयोगमा ल्याइने बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार