होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २८, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • प्रदेश सरकार मातहतका सरकारी कार्यालयको सांसद रेग्मीद्धारा अनुगमन
बाजुरा बिशेष

प्रदेश सरकार मातहतका सरकारी कार्यालयको सांसद रेग्मीद्धारा अनुगमन

  • नागरिक रैबार
प्रदेश सरकार मातहतका सरकारी कार्यालयको सांसद रेग्मीद्धारा अनुगमन

नागरिक रैबार/बाजुरा १२ मंसिर। सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय बलदेव रेग्मीले प्रदेश सरकार मातहत संचालनमा रहेका बाजुराका सरकारी कार्यालयहरुको अनुगमन तथा सुपरिवेक्षण गरेका छन् ।

Image may contain: one or more people, people standing, sky and outdoor

प्रदेश सभा सदस्य रेग्मीले प्रदेश सरकार मातहतका जिल्ला सदरमुकाम मार्तडीमा रहेका सरकारी कार्यालयको विहिबार र शुक्रबार अनुगमन गरेका हुन् ।

विज्ञापन

Image may contain: one or more people, people standing, people walking, outdoor and nature

प्रदेश सभा सदस्य रेग्मीले प्रदेश सरकार मातहत संचालनमा रहेका जिल्ला स्वास्थ्य कार्यालय, भेटिरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र, जिल्ला आयुवेर्दिक स्वास्थ्य केन्द्र, कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग विकास समिति, डिभिजन वन कार्यालय, सिचाई सव डिभिजन कार्यालय लगायतका सरकारी कार्यालयको अनुगमन गरेका हुन् ।

Image may contain: 1 person, sitting and standing

अनुगमनका क्रममा प्रदेश सरकार मातहत संचालनमा रहेका सरकारी कार्यालयहरुको व्यवस्थापन, कर्मचारीहरुको व्यवस्थापन, आवश्यक भौतिक पुर्वाधारको व्यवस्थापन लगायत सरकारी कार्यालयबाट भईरहेको सेवा बारे अनुगमन तथा सुपरिवेक्षण गरेको माननीयका स्वकीय सचिव हरिशचन्द्र रेग्मीले बताएका छन् ।

प्रदेश सरकार मातहतका सरकारी कार्यालयको अनुगमनका क्रममा जिल्ला अस्पताल बाजुरा पुगेका प्रदेश सभा सदस्य रेग्मीले अस्पतालका सवै सेवाहरु र अस्पतालको व्यवस्थापन बारे जानकारी लिएका छन् । दुर्गमममा रहेको अस्पतालको विकासका लागि प्रदेश सरकारबाट गर्न सकिने सहयोग गर्ने उहाँले बताएका छन् ।

Image may contain: one or more people and text

अनुगमनकै क्रममा अस्पताल पुगेका माननीय रेग्मीलाई जिल्ला अस्पतालका कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले कार्यालयमा स्वागत गरेका थिए । माननीयलाई स्वागत सहित अस्पतालको व्यवस्थापन बारे कार्यालय प्रमुख डाक्टर विश्वकर्माले जानकारी गराएका थिए ।

केही दिन अघि मात्र सदरमुकाम मार्तडी केन्द्रीत भएका प्रदेश सभा सदस्य रेग्मी आज मात्रै आफ्नै प्रदेश (क) निर्वाचन क्षेत्रमा फर्किएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार