होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सरकार ! मार्तडी कोल्टी सडक खण्डमा जिपको भाडा घटाई देऊ
समाचार

सरकार ! मार्तडी कोल्टी सडक खण्डमा जिपको भाडा घटाई देऊ

  • नागरिक रैबार
सरकार ! मार्तडी कोल्टी सडक खण्डमा जिपको भाडा घटाई देऊ

नागरिक रैबार
कोल्टी ११ मंसिर ।
कोल्टी क्षेत्रका स्थानीय बासीले मार्तडी कोल्टी सडक खण्डमा जिपको भाडा घटाई देऊ भनेर स्थानीय प्रशासनसँग आग्रह गरेका छन् । तोकेको भाडादर भन्दा जिप व्यवसायीले मनोमानी भाडा असुली गर्नेक्रम नरोकिएपछि कोल्टी क्षेत्रका स्थानीयले जिल्ला प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।

मार्तडीदेखि कोल्टीसम्मको भाडादर ८ सय लिन ताकेता गरिएको भएपनि व्यवसायीले १ हजार देखि १२ सयसम्म लिने गरेको आक्रोश स्थानीयको छ ।
बाटोको बाहना देखाएर व्यवसायीले टिकेट समेत नकाटी, मनोमानी भाडा असुली गर्ने क्रम नरोकिएपछि प्रशासनको ध्यानाकर्षण गराएको युवा संघका जिल्ला कमिटी सदस्य युवा नेता शंकर चदाराले बताएका छन् । नेकपाका नेताहरुको अगुवाइमा भाडादरमा एकरुपता र जनतालाई न्यायका लागि पहल गर्न प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।

सरकारी मापदण्ड विपरित भाडाको अवस्था हेरेर ४३ किलोमिटरको भाडा ८ सय रुपैया लिन सहमति गरिएपनि व्यवसायीले झनै यात्रुहरुलाई धम्की दिएर, थर्काएर भाडा असुली गर्ने गरेको आरोप स्थानीयको छ ।

विज्ञापन


तेलको मूल्य घटिसकेको र बाटोको अवस्था सुधार हुदै गएको अवस्थामा पनि व्यवसायीले कायम गरिएको भाडा भन्दा २ देखि ४ सय भन्दा बढी रुपैया प्रतिव्यक्तिबाट असुली गर्ने गरेकोले त्यसको निगरानी र नियन्त्रण गर्न नेकपा प्रदेश कमिटी सदस्य अजबहादुर मल्लले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा नेकपा नेता अजबहादुर मल्ल सहीत विनिता विक, अर्जुन रोकाया, पुरबहादुर रावत, भरत विक, छप्कीलाल बुढा, गोरख सार्की सहीत सहभागि थिए । भाडामा एकरुपमा र न्यायीक भाडा कायम गरिदिन प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरेका छन् ।

 

जवाफमा प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले सरकारले तोकेको भन्दा बढी दिन पाउने मौखिक सहमति गरिएपनि कार्यान्वयन नभएको पाइएमा कारवाही गर्ने बताएका छन् ।
बाटोको अवस्था हेरेर समर्थन गरिएको विषयलाई कमजोरी ठोनेर मनोमानी गरिएको भए सम्बन्धी व्यक्ति र व्यवसायीलाई कारवाही गर्ने अधिकारी गैह्रेको भनाई छ ।

छलफलमा सहभागि प्रहरी नायव उपरीक्षक मदनजीव महराले पनि प्रहरीलाई कडा निगरानीमा राख्ने र अनिवार्य टिकट हेर्न लगाउने बताएका छन् । कोल्टी क्षेत्रमा व्यवसायीले बाटो र तेलको बाहनामा यात्रुबाट मनोमानी भाडा असुली गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार