होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिकाका सवै विद्यालयमा पढाई संचालन, विद्यार्थीमा उत्साह
समाचार

बडीमालिकाका सवै विद्यालयमा पढाई संचालन, विद्यार्थीमा उत्साह

  • नागरिक रैबार
बडीमालिकाका सवै विद्यालयमा पढाई संचालन, विद्यार्थीमा उत्साह

नागरिक रैबार/बाजुरा ८ मंसिर। जिल्लाको बडीमालिका नगरपालिका अन्तरगतका सवै सामुदायिक विद्यालयमा आईतबार बाट पढाई संचालन भएको छ । कोभिड-१९ का कारण गत चैत्र ११ गतेबाट लकडाउन सूरु भएसंगै बन्द भएका विद्यालयहरु आठ महिनापछि हिजो आईतबारबाट पुनः संचालनमा आएका हुन् ।

नगरपालिकाको शिक्षा समिति र सम्वन्धित विद्यालय व्यवस्थापन समिति र नगर शिक्षा समितिको बैठकले कोभिड-१९ का कारण लामो समयदेखि बन्द भएका विद्यालयमा पढाई संचालन गर्ने निणर्य गरेपछि आईतबार बाट विद्यालयमा नियमित पढाई संचालन गरिएको मालिका माद्यमिक विद्यालयका प्राचार्य शुभराज पाध्यायले बताएका छन् ।

कोभिड-१९ को त्रास एकातिर भएपनि लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीहरुको पढाईमा बाधा पुगेकाले आईतबारबाट विद्यालयमा सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षाका सामाग्रीहरुको प्रयोग गरेर विद्यालयमा नियमित पढाई संचालन गरिएको प्राचार्य पाध्यायले भने ।

विज्ञापन

यता विद्यार्थीहरु भने लामो समय पछि विद्यालय संचालनमा आएपछि उत्साहित भएका छन् । यस अघि रेडियो, र अनलाईनबाट नियमित अध्ययन अध्यापन गरिरहेका विद्यार्थीहरु विद्यालय संचालनमा आएपछि विद्यालयमै गएर पढ्न थालेका छन् ।

बडीमालिका नगरपालिकाले नगरभित्रका विद्यालय सञ्चालन गर्ने निणर्य गरेसँगै नगरपलिकाभित्र रहेका सामुदायिक र निजी गरी २८ विद्यालय तथा एक क्याम्पस सञ्चालनमा आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार