होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्वामिकार्तिकमा खुला फुटबल प्रतियोगिता संचालन
समाचार

स्वामिकार्तिकमा खुला फुटबल प्रतियोगिता संचालन

  • नागरिक रैबार
स्वामिकार्तिकमा खुला फुटबल प्रतियोगिता संचालन

अनिल शाही/बाजुरा२७ कार्तिक।बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं तिन जुकोटमा बुधबारदेखि  खुला फुटवल प्रतियोगिता सञ्चालन भएको छ । रोयल युनिटि युथ क्लवको आयोजनामा सम्भुसुनन्दा मावि जुकोटको चौघानचौरको खेलमैदानमा सो प्रतियोगिता सञ्चालन भएको हो । स्वास्थ्यका लागि खेलकुद र राष्टका लागि खेलकुद भन्ने मुलनाराका साथ सञ्चालन भएको प्रतियोगिताको नेकपाका नेता तथा पुर्व सांसद हिक्मतजगं शाहीले एक भब्य कार्यक्रमका विच उद्धघाटन गर्नुभएको हो । रोयल युनिटि युथ क्लवका अध्यक्ष तेजाप शाहीको अध्यक्षतमा सञ्चालन भएको कार्यक्रममा नेकपाका नेता तथा पुर्व सांसद शाही प्रमुख अतिथि रहनुभएको थियो । नेपाली काग्रेस जिल्ला कार्यसमिति सदश्य कल्कि बहादुर शाही, जनता साजवादी पार्टीका केन्द्रिय सदश्य ईश्वर शिहं, राष्टिय युवा संघ नेपालका केन्द्रिय सदश्य तथा बाजुरा जिल्ला ईन्चार्ज कविजंग शाही, रेडियो बुढीनन्दाका प्रवन्ध निर्देशक अनिल शाही लगायत विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा नेविसंघका विद्यार्थी नेता दिनेश शाही, राष्टिय युवा संघ नेपालका जिल्ला कमिटी सदश्य रोशन शाही, सामाजसेवि दलबहादुर शाही, निर्पजगं शाही लगायत अतिथि रहनुभएको थियो । क्लवका प्रतिनिधि अमृत शाहीले सञ्चालन गर्नुभएको प्रतियोगितामा सचिव चरीत्रजगं शाहीले स्वागत मन्तब्य राख्नुभएको बताईएको छ । कालिकोट जिल्ला लगायत कुन्ना क्षेत्रका १५ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा आज लिक चरण अन्र्तगतको पहिलो खेल सम्पन्न भएको छ । स्वामीकार्तिक वि र युनाईटेड रोयला विच भएको आजको पहिलो खेलमा युनाईटेड रोयलाका खेलाडि गोविन्द वोगट्टीले आत्मघाति गोल गरे पछि खेल १ ०ले सम्पन्न भएको थियो । करीव एक हप्ता सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ३० हजार, ५ सय ५५, उपविजेताले २० हजार ५ सय ५५ नगद सहित प्रमाण पत्र प्रदान गर्ने खेल आयोजक समितिले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार