होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पूर्व संविधान सभा सदस्य पेम्बा गुरुङ्ग पत्निले गरिन जन्मदिनमा वेसहारालाई सहयोग
समाचार

पूर्व संविधान सभा सदस्य पेम्बा गुरुङ्ग पत्निले गरिन जन्मदिनमा वेसहारालाई सहयोग

  • नागरिक रैबार
पूर्व संविधान सभा सदस्य पेम्बा गुरुङ्ग पत्निले गरिन जन्मदिनमा वेसहारालाई सहयोग

नागरिक रैबार/बाजुरा १२ मंसिर।पूर्व संविधान सभा सदस्य माननीय पेम्बा गुरुङ भोटेकी धर्म पत्नी सुनि गुरुङ्गले आफ्नो जन्मदिनको फजुल खर्च कटाएर बडीमालिका नगरपालिका ९ का सहाराविहिन लालबहादुर चंदारालाई नगद १० हजार १ सय सहयोग गरेकी छिन् ।

पूर्व संविधान सभा सदस्य माननीय पेम्बा गुरुङ भोटेकी धर्म पत्नी सुनि गुरुङ्ग हाल अमेरिका बस्दै आउनु आएकि छन् । उनले आफ्नो आज परेको जन्मदिनको फजुल खर्च कटौती गरेर बडीमालिका नगरपलिका ९ का बेसहारा परिवारका लालबहादुर चंदारालाई सहयोग गरेकी हुन् ।

अनेरास्ववियु जिल्ला कमिटी सदस्य इन्द्र बोहरा र नेकपा बडीमालिका ९ नम्वर वडा कमिटि अध्यक्ष राजेश पायल विकको पहलमा उक्त रकम बडिमालिका नगरपालिका वडा नं ९ गैरीबजार बस्ने लालबहादुर चंदाराको परिवारलाई सहयोग गरिएको अनेरास्ववियु जिल्ला कमिटी सदस्य प्रेम नेपालीले बताएका छन् ।

विज्ञापन

जन्मदिनको अवसरमा आफ्नो फजुल खर्च कटाएर सहयोग गरेको उक्त रकम अनेरास्ववीयु जिल्ला संयोजक राजिव रोकायाले हस्तान्त्रण गरेका छन् ।

करिव ४ वर्ष अगाडि भारतमा दुर्घटनामा परेर शक्त घाईते भएका लालबहादुर चंदारा हाल सहारा विहिन छन् । दुर्घटना हुँदा टाउकोमा गम्भिर चोट लागेका चंदाराको उपचारका लागि परिवारले लाखौ रकम खर्च गरिसकेका छन् तर पनि उनको टाउकोको पुरै उपचार गर्न घरको आर्थिक समस्या भएपछि उनलाई अहिले घरमै राखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार