होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा विवाद बाजुरा जिल्लामा पनि सचिवालय बैठक नै बस्न सकेन
समाचार

नेकपा विवाद बाजुरा जिल्लामा पनि सचिवालय बैठक नै बस्न सकेन

  • नागरिक रैबार
नेकपा विवाद बाजुरा जिल्लामा पनि सचिवालय बैठक नै बस्न सकेन

मदन वि.क.
बाजुरा ९ मंसिर
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच केन्द्रमा चर्किएको विवाद क्रमशः बाजुरामा पनि देखिन थालेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराको सचिवालय बैठक सोमबार बस्ने भनिएको भएपनि प्रचण्ड-नेपाल समूह र ओली समूहका सचिवालय सदस्यहरु वीच आपसि समजदारी हुन् नसकेपछि सोमबारको सचिवालय वैठक नै बस्न नसकेको नेकपा श्रोतले बताएको छ ।
नेकपाको केन्द्रमा ओली र प्रचण्ड-नेपाल समूहवीच विवाद भईरहँदा बाजुरामा पनि ओली र प्रचण्ड-नेपाल समूहका नेताहरु केन्द्रकै विवादलाई लिएर एक अर्कावीच आरोप प्रत्यारोप गरि विवादित बनेका देखिन्छन् ।
पछिल्लो समय सामाजिक संजाल देखि लिएर प्रत्येक्ष भेटघाटका क्रममा समेत दुवै समूहविच एकआपसमा दुरी बढ्दै गएको देखिन्छ ।
सोमबार बस्ने भनिएको सचिवालयको बैठक विधानतह नभएकाेले बैठक नै बस्न नसकेको एक सचिवालय सदस्यले बताए ।
उहाँका अनुसार सचिवालयमा ५१ जना सदस्यहरु छौं जसमध्ये धेरैजसो नेताहरु बैठकमा सहभागि हुन सदरमुकाम मार्तडी केन्द्रित भएका थियाै । अन्तमा आएर सचिवालय न नै स्थगित भयो उनले भने ।
सचिवालयकाे बैठकमै सहभागी हुन अाएका एक पूर्व माअाेवादी नेताले भने पुर्व एमालेमा त चरम गुटबन्दी रहेछ पूर्व एमालेकाे चरम गुटबन्दीकै कारण सचिवालय बैठक स्थगित भएकाे दावी गरे ।
केन्द्रमा पनि नेकपाकाे विवाद भईरहेको र यतिखेर सचिवालय बैठकमा समेत खासै एजेण्डा नभएकोले बैठक बस्न  नसकेकाे नेकपा बाजुुुुराका प्रचार विभाग प्रमुख अमर  खड्काले बताए ।
केन्द्रमा नेकपाकाे विवाद भईरहेका बेला “अापसी सहमति र एजेन्डा विना सचिवालय बैठक बाेलाउन कसले खाेजे र किन राेके ? याे कुरा भने नेकपाका अाम कार्यकर्ताकाे चासाेकाे विषय बनेकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार