होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार बाजुरा १३ मंसिर यो समय कृषकहरुका लागि बर्खे बाली कोदो, मकै, धान लगायतका बालीहरु भित्र्याउने समय हो । जिल्लाका कतिपय स्थानहरुमा त अहिले पनि कृषकहरु आफ्नो खेतबारीमा गहुँ छर्न व्यस्त छन् । तर बडीमालिका नगरपालिका ७ ढम्कनेका कृषकहरु भने यतिबेला गहुँबाली भित्र्याउन व्यस्त छन् । कसैलाई अचम्म लाग्न सक्छ होईन गहुँ छर्ने बेला […]
नागरिक रैबार/बाजुरा १२ मंसिर। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहको आज जन्मदिन परेको छ । आजकै दिन बाजुराको बुढीगंगा नगरपालिकाको कुल्देवमाण्डौंमा जन्मिएका शाहलाई आज बिहानैदेखि उनका आफन्त र शुभचिन्तकहरुले प्रत्येक्ष भेटघाट तथा सामाजिक संजाल र फोनबाट उत्तररोत्तर प्रगति सहित जन्मदिनको अवसरमा शुभकामना व्यक्त गरिरहेका छन् । ०२८ सालमा बाजुराको बुढीगंगा नगरपालिकाको […]
नागरिक रैबार/बाजुरा १२ मंसिर।पूर्व संविधान सभा सदस्य माननीय पेम्बा गुरुङ भोटेकी धर्म पत्नी सुनि गुरुङ्गले आफ्नो जन्मदिनको फजुल खर्च कटाएर बडीमालिका नगरपालिका ९ का सहाराविहिन लालबहादुर चंदारालाई नगद १० हजार १ सय सहयोग गरेकी छिन् । पूर्व संविधान सभा सदस्य माननीय पेम्बा गुरुङ भोटेकी धर्म पत्नी सुनि गुरुङ्ग हाल अमेरिका बस्दै आउनु आएकि छन् । […]
नागरिक रैबार/बाजुरा १२ मंसिर। जिल्लाको बुढीगंगा नगरपालिकाका एक जना वडा सचिवलाई कोरोना संक्रमण देखिएपछि नगरपालिकाले नगरका सेवा ३ दिनका लागि बन्द गरेको छ । नगरपालिकामा एक पछि अर्को गर्दै कर्मचारी र जनप्रतिनिधिहरुमा कोरोना संक्रमण हुन् थालेपछि नगरपालिकाले आगामि आईतबार सम्मका लागि नगरका सेवा बन्द गरेको नगरपालिकाले बताएकाे छ । यस अघि नगर प्रमुख दिपक शाह, […]
नागरिक रैबार/बाजुरा १२ मंसिर। सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय बलदेव रेग्मीले प्रदेश सरकार मातहत संचालनमा रहेका बाजुराका सरकारी कार्यालयहरुको अनुगमन तथा सुपरिवेक्षण गरेका छन् । प्रदेश सभा सदस्य रेग्मीले प्रदेश सरकार मातहतका जिल्ला सदरमुकाम मार्तडीमा रहेका सरकारी कार्यालयको विहिबार र शुक्रबार अनुगमन गरेका हुन् । प्रदेश सभा सदस्य रेग्मीले प्रदेश सरकार मातहत संचालनमा रहेका जिल्ला […]
नागरिक रैबार बाजुरा १२ मंसिर । खप्तड मालिका युवा संजाल त्रिवेणी नगर कार्यसमितिका युवाहरूकाे सकृियतामा खेलमैदान निर्माण गरिएकाे छ । त्रिवेणी ५ का २० जना युवाहरूकाे सक्रियतामा खेलमैदान साेहि वडा नं. ५ मा निर्माण गरिएको हाे । २० जना युवाहरूले दुई दिन श्रमदान गरेर भलिबल खेल्नको लागि खेल मैदान निर्माण गरेका हुन् । नगरकार्य समितिका […]
नागरिक रैबार कोल्टी ११ मंसिर । कोल्टी क्षेत्रका स्थानीय बासीले मार्तडी कोल्टी सडक खण्डमा जिपको भाडा घटाई देऊ भनेर स्थानीय प्रशासनसँग आग्रह गरेका छन् । तोकेको भाडादर भन्दा जिप व्यवसायीले मनोमानी भाडा असुली गर्नेक्रम नरोकिएपछि कोल्टी क्षेत्रका स्थानीयले जिल्ला प्रशासनको ध्यानाकर्षण गराएका हुन् । मार्तडीदेखि कोल्टीसम्मको भाडादर ८ सय लिन ताकेता गरिएको भएपनि व्यवसायीले १ […]
सरिता नेपाली बाजुरा १० मंसिर । बडीमालिका नगरपालिकाकी उप–प्रमुख कविता विष्टले लैङ्गिक हिंसा विरुद्ध लड्न सब एक जुट भएर लाग्न् पर्ने बताएकी छन् । विगतका वर्षर्झैँ यसवर्षपनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बाजुरामा संचालन गरिएको उक्त कार्यक्रममा सो कुरा बताएकी हुन् । “लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्वता, व्यक्ति समाज र सबैको ऐक्यबत्द्वता”भन्ने मुल नाराका साथ […]
मदन वि.क. बाजुरा ९ मंसिर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच केन्द्रमा चर्किएको विवाद क्रमशः बाजुरामा पनि देखिन थालेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराको सचिवालय बैठक सोमबार बस्ने भनिएको भएपनि प्रचण्ड-नेपाल समूह र ओली समूहका सचिवालय सदस्यहरु वीच आपसि समजदारी हुन् नसकेपछि सोमबारको […]
नागरिक रैबार/बाजुरा ९ मंसिर। जिल्लाको सदरमुकाम मार्तडीमा आजबाट साढे ४ घण्टा बत्ति जाने भएको छ । त्रिवेणी बचत तथा रिण सहकारीद्धारा संचालनमा रहेको त्रिवेणी साना जलविद्युत केन्द्रले एक मगलबार सार्वजनिक सूचना जारी गर्दै आजबाट मार्तडीमा साढे ४ घण्टा बत्ति जाने बताएको छ । पछिल्लो समयमा विद्युतको अत्याधिक माग भएको र त्रिवेणी साना जलविद्युत केन्द्र संग […]
आदरणीय नगर प्रमुख ज्यु नमस्कार! आराम छु ।आरामको कामना गर्दछु । मैले तपाईंलाई यो पत्र लेखिरहदा तपाईंलाई कतै अचम्म त ठिकै हो ।भन्ने अनुभुती होला भन्ने अपेक्षा गरेको छु। राजनीतिक तवरले मैले तपाईंको अगाडि बोल्दा“बिरालोका अगाडि मुसाको नाच“भनेझैं होला तर मलाई कुनै राजनीतिक पुर्वाग्रह र मेरो कुनै तपाईं प्रति विरोध नभई मैले मेरो क्षेत्रबाट सुझाव […]
सरिता नेपाली/बाजुरा ९ मंसिर। जिल्लाको सदरमुकाम मार्तडीमा सार्वजनिक शौचालय नहूदाँ सर्वसाधरणलाई शौच गर्न निकै सास्ती भएको छ । सार्वजनिक शौचालय भएपनि व्यवस्थापन गर्न नसकेपछि शौच गर्न सर्वसाधारणलाई सास्ती भएको हो । सार्बजनिक शौचालय निमाणर् भएको वर्षौ दिन वितिसक्दा पनि व्यवस्थापन र उचित वातावरण नबन्दा पैदल यात्रु तथा सर्वसाधारणलाई सास्ती खेप्नु परेको छ । सार्वजनिक शौचालय […]
नागरिक रैबार/बाजुरा ८ मंसिर। जिल्लाको बडीमालिका नगरपालिका अन्तरगतका सवै सामुदायिक विद्यालयमा आईतबार बाट पढाई संचालन भएको छ । कोभिड-१९ का कारण गत चैत्र ११ गतेबाट लकडाउन सूरु भएसंगै बन्द भएका विद्यालयहरु आठ महिनापछि हिजो आईतबारबाट पुनः संचालनमा आएका हुन् । नगरपालिकाको शिक्षा समिति र सम्वन्धित विद्यालय व्यवस्थापन समिति र नगर शिक्षा समितिको बैठकले कोभिड-१९ का […]
नागरिक रैबार/बाजुरा २८ कार्तिक। जिल्लाको बडीमालिका नगरपालिका र जगनाथ गाउँपालिकाका ९ वटा वडाका २ सय ५० जना अति विपन्न तथा सिमान्तकृत महिलाहरुलाई राहत स्वरुप खाद्यन्न वितरण गरिएको छ । दलित महिला संघ, युएन वमनको सहयोग तथा स्थानीय तहमा सामाजिक विकास कार्यमा कार्यरत संस्थाहरु दलित महिला अधिकार मंच, र नेपाल मधेश फाउण्डेसनको सहकार्य तथा साझेदारीमा संचालित […]
प्रकाश विक, बाजुरा २८ कार्तिक अनेरास्ववीयु र राष्ट्रिय युवा संघ नेपाल बाजुराले साँफे मार्तडी सडकको स्तरोन्नति संगै जडाङ्गाको बेलिवृज निर्माण प्रक्रिया अगाडि बढाउन पर्ने भन्दै बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । शुक्रबार अनेरास्ववीयुका संयोजक राजिव रोकाया र राष्ट्रिय युवा संघ नेपालका संयोजक सन्तोष विकद्धारा हस्ताक्षरित ध्यानकर्षण पत्र सहित विभिन्न […]
बाजुरा २८ कात्तिक,: जिल्ला आयुर्वेद कार्यालय बाजुराले विविध कार्यक्रम गरी राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइएको छ । “गुणस्तरिय आयुर्वेद सेवाको लागि आयुर्वेद औषधी” भन्ने मुल नाराका साथ दिवसको अवसरमा कार्यालयमा पुजा आरधाना गर्दै मनाइएको आयुर्वेद कार्यालय बाजुराले जनाएको छ । आयुर्वेद औषधीले उपचारले मानिसको शरिरमा हुने फाइदा औषधी प्रयोगले असर नपार्ने बारेमा जानकारी […]
अनिल शाही/बाजुरा२७ कार्तिक।बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं तिन जुकोटमा बुधबारदेखि खुला फुटवल प्रतियोगिता सञ्चालन भएको छ । रोयल युनिटि युथ क्लवको आयोजनामा सम्भुसुनन्दा मावि जुकोटको चौघानचौरको खेलमैदानमा सो प्रतियोगिता सञ्चालन भएको हो । स्वास्थ्यका लागि खेलकुद र राष्टका लागि खेलकुद भन्ने मुलनाराका साथ सञ्चालन भएको प्रतियोगिताको नेकपाका नेता तथा पुर्व सांसद हिक्मतजगं शाहीले एक […]
बाजुरा :२७ कात्तिक, । पछिल्लो समय कोरोना संक्रमितको दर बढ्दै गएपछि तिहारको समयमा देउसी–भैलौ तथा भीडभाड गर्न नपाइने भएको छ । चाडपवर्को समयमा बढी आवतजावत हुनभएकोले कोरोना संक्रमण फैलिने हुँदा स्थानीयले घरभित्रै सुरक्षित पर्व मनाउन आग्रह गरेको छ । तिहारमा खेलिने देउसी–भैलो लगायतका कार्यक्रममा समेत जिल्ला प्रशासन कार्यालय बाजुराले रोक लगाएको हो । जिल्ला प्रशासन […]
बाजुरा — बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाका नगर प्रमुख दिपक बिक्रम शाहलाई कोरोना पुष्टि भएको छ । केही दिन अगाडी स्वाव संकलन गरी अछामको कमलबजारमा रहेको प्रयोगशालामा गरिएको परिक्षणमा नगर प्रमुख शाहको कोरोना पोजेटिभ देखीएको बुढिगंगा नगरपालिकाले जनाएको छ । मेयर शाह लगायत ४७ जनाको स्वाव संकलन गरी पठाएको र मेयर शाह भन्दा बाहेक सबैको […]
जिवन कैला/ बाजुरा २७ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पुर्व सासंद हिक्मत जगं शाहीले नेकपा बाजुराको राजनितिमा चार वटा एक्काको भुमिका भएको बताउनुभएको छ । पुर्व सासंद समेत रहनुभएका नेकपाका प्रभावशाली नेता शाहीले बाजुराको राजनितिमा चारवटा एक्काको महत्वपुर्ण भुमिका रहेको बताउनुभएको हााे । रोयल युनिटि युथ क्लव जुकोटले आयोजना गरेको फुटवल प्रतियोगिताको […]