होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा गर्ने घोषणा भई सकेको छ । उम्मेदवार को बन्ने ? कस्तो बन्ने ? भन्ने बिषयमा चोकचोकमा कुराहरु चलिरहेका छन् भने सबै पार्टीले स्थानीय तहहरुमा प्रचार प्रसारका गतिविधि बढाईरहेका छन् । स्थानीय तह निर्वाचन ऐन अनुसार उम्मेदवारी दर्ता गर्ने दिनसम्म २१ वर्ष उमेर पूरा भएको नेपाली नागरिक, सम्बन्धित वडाको मतदाता नामावलीमा […]
१ बुढीगंगा नगरपालिका- १३६५२ २ खप्तड छेडेदह गाउँपालिका-११९०६ ३ त्रिवेणी नगरपालिका – ११६०६ ४ बुढीनन्दा नगरपालिका- १०९४४ ५ बडिमालिका नगरपालिका- ९७८८ ६ स्वामिकार्तिक खापर गाउँपालिका- ७४६२ ७ गाैमुल गाउँपालिका- ६०७४ ८ जगन्नाथ गाउँपालिका – ५४९२ ९ हिमाली हिमाली गाउँपालिका- ५१८९ जम्मा : ८२११३ श्राेत : निर्वाचन आयाेग
नागरिक रैबार/बाजुरा ८ फागुन। बाजुरा जिल्लाको पुर्वीउतरी भेगमा रहेको हिमाली गाउँपालिकामा शनिबारदेखि थ्रिजि इन्टरनेट सहितको टेलिफोन सेवा सूचारु भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र नेपाल टेलिकमको प्राविधिक सहयोगमा गाउँपालिकामा पहिलोपटक थ्रिजि नेटवर्क सहितको टेलिफोन सेवा सूचारु भएको प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएका छन् । उनले भने गाउँपालिकाको अथक प्रयासपछि हिमाली गाउँपालिका केन्द्र […]
नागरिक रैबार/बाजुरा ५ फागुन। हिमाली गाँउपालिकाको नवौँ गाँउ सभाबाट आठ ओटा विधेयक पारित भएका छन् । बिहिबार नवौं गाँउ सभाबाट आठ वटा विधेयक पारित गरिएको हिमाली गाँउपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लले बताएका छन् । नवौं गाँउ सभाको आर्थिक बर्ष २०७८ को ऐन ४ कार्यबिधी अनुशार यि विधेयक पारित गरिएको अध्यक्ष मल्लले बताए । गाउँपालिकाले भुमी […]
नागरिक रैबार/बाजुरा २६ माघ।नेकपा एमाले जिल्ला कमिटी बाजुराको माघ २५ गते सदरमुकाम मार्तडीमा बसेको पदाधिकारीको प्रथम बैठकले जिल्लाका ९ वटै पालिकामा इन्चार्ज तोकेको छ । पार्टीकाे विधान बमाेजिम जिल्लाका ९ वटै पालिकामा नेताहरुलाई पालिका इन्चार्जको जिम्मेवारी तोकेको पत्रकार सम्मेलन मार्फत एमाले बाजुराका सचिव भरत थापाले जानकारी गराएका छन् । एमाले सचिव थापाका अनुसार एमालेको पदाधिकारी […]
नागरिक रैबार/बाजुरा २५ माघ। जिल्लाको हिमाली गाउँपालिकाले पालिका भित्र रहेका सवै विद्यालयलाई धुलोमुक्त विद्यालय बनाउने योजना अगाडि बढाएको छ ।गाउँपालिका भित्रका विद्यालयहरुबाट गुणस्तरीय शिक्षा हाँसिल गर्नको लागि शैक्षिक वातावरण पनि स्वस्थकर चाहिने र धुलो र चिसो भुइमा बसेर पढ्नुपर्ने बाध्यतालाई मध्येनजर गरेर धुलोमुक्त विद्यालय बनाउने योजना अगाडि बढाइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले […]
नागरिक रैबार बाजुरा २४ माघ। बाजुराकी एक महिला ९ महिने छोरीसहित भारतको मुम्बईबाट बेपत्ता भएकी छन्। बाजुरा घर भई हाल भारतको महाराष्ट्र मुम्बईको नबि मुम्बई उल्बेमा बस्दै आएका महेन्द्र रावतकी १९ बर्षिया श्रीमती तारा शाही ९ महिनाकी छोरीसहित बेपत्ता भएकी हुन । माघ २२ गते साझबाट श्रीमानसंगको सामान्य विवादपछि निस्किएकी ती महिलाको अवस्था अझै अज्ञात […]
नागरिक रैबार/बाजुरा २२ माघ। जिल्लाको हिमाली गाउँपालिकाले वडा नम्बर ३ र ४ का विपन्न परिवारलाई फलामे चुल्हाे वितरण गरेकाे छ । गाउँपालिकाले बैकल्पिक उर्जा संगको सहकार्यमा १२७ थान फलामे चुलो वितरण गरेको छ | गाउँपालिका वडा नं ३ र ४ मा बसोबास गर्ने दलित र जनजाति र बिपन्न परिवारहरुलाई फलामे २ मुखे चुलो वितरण गरिएको […]
नागरिक रैबार/बाजुरा १८ माघ। कर्णाली करिडोर राजमार्गमा पहिलो पटक बस गुडेको छ । सुर्खेत काक्रेविहार यातायात प्रालीको कर्णाली प्रदेश 02-ख 0176 नम्बरको बस कर्णाली करिडोर राजमार्गमा पहिलो पटक गुडेको छ । कालिकोट जिल्ला कालिका गाउपालिका कालेखोला र खुलालु जोड्ने पक्कि पुल निर्माण पछी सुर्खेत देखि कर्णालीकरिडोर राज मार्गमा बस गुडेको हो । नरहरि नाथ नगरपालिका […]
नागरिक रैबार बाजुरा २८ पुस नेकपा एमाले परित्याग गरेर समाजवादी पार्टीमा प्रवेश गरेका हिमाली गाउँपालिकाका अर्जुन बुढ्थापासहितका २६ जना नेता कार्यकर्ता पुनः एमालेमै फर्किएका छन् । हिजाे पुस २७ गते एमाले पार्टी परित्याग गरि समाजवादी पार्टीमा प्रवेश गरेका एमाले हिमालीका २६ जना नेता कार्यकर्ताहरूले पार्टी प्रवेश गरेकाे २४ घण्टापछि एमालेमै रहेकाे विज्ञप्तिमार्फत बताएका छन् । […]
नागरिक रैबार/बाजुरा २५ पुस। बाजुराको हिमाली गाउँपालिका वडा नं. ६ धिमका ९ वर्षिया सुप्रिम मल्ल ठकुरी द भ्वाईस अफ किड्सको टप ८ मा पर्न सफल भएका छन् । ‘द भ्वाइस किड्स’ को हिजो शनिबार साँझ भएको १८ औं एपिसोड सेमिफाइनलबाट बाजुराका सुप्रिम मल्ल ठकुरी कोच राजु लामाको टिमबाट टप ८ मा पर्न सफल भएका हुन् […]
उमेश रोकाया/बाजुरा १८ पुस। जिल्लाको हिमाली गाउँपालिका वडा नं. ६ पाँडीमा रहेको खोलीडाँडा आधारभुत विद्यालयमा सोलार जडान गरिएको छ । सौर्य उर्जाको सहयोगमा उक्त विद्यालयमा १ किलोवाट क्षेमताको सोलार जडान गरिएको हो ।यस अघि विद्युत नभएकै कारण विद्यालयमा समस्या हुने गरेको थियो । सोलार जडानपछि विद्यालयलाई सजिलो भएको प्रधानाध्यापक वीर बहादुर रावतले बताउनु भएको छ […]
नागरिक रैबार/बाजुरा १८ पुस नेकपा एमाले बाजुराको सातौ जिल्ला अधिवेशनका लागि जिल्लाका ६९ वटै वडाबाट सर्वसम्मत प्रतिनिधी छनोट भएका छन् । पार्टीको संगठीत सदस्य संख्याको आधारमा जिल्लाका ६९ वटै वडाबाट जिल्ला अधिवेशनमा सहभागि हुने प्रतिनिधीहरु सर्वसम्मत छनोट गरिएको एमाले बाजुराले जनाएको छ । एमाले बाजुराका अनुसार ५० जना बराबर १ खुला, ३५ जना बराबर १ […]
नागरिक रैबार/बाजुुरा १८ पुस।बाजुराबासीको दशैं तिहारपछिको ठुलो पर्वका रुपमा मनाईने भुवो पर्व सूरु भएको छ । जिल्लामा मनाइने साँस्कृतिक पर्व भुवा सुरु भएको हो । महाभारतको कथा र पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले भस्सो पर्व पनि भन्ने गरेका छन् । पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो […]
नागरिक रैबार/बाजुरा १४ पुस। बाजुराको सदरमुकाम मार्तडीसहित जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ ।मंगलबार साँझदेखि परेको अविरल वर्षासंगै हिमपात भएपछि यहाँको जनजिवन कष्टकर बनेको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने खुशी भएका छन् । सिचाई नहुँदा गहुँ बाली नलगाएका किसानलाई राहत भएको छ ।हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइका विभिन्न […]
नागरिक रैबार/बाजुरा २४ मंसिर। लैङिगक हिँसा विरुद्धको १६ दिने अभियान अन्तरगतको आज अन्तिम दिन बाजुरा जिल्लामा विभिद् कार्यक्रम गरी समापन गरिएको छ ।घरबाटै सूरु गरौं, महिला हिंसा अन्त्य गरौं भन्ने मुल नाराका साथ हरेक वर्ष नोवेम्बर २५ देखि डिसेम्वर १० सम्म यो अभियान देशभर मनाईदै आएको छ । लैङिगक हिँसा विरुद्धको १६ दिने अभियान बाजुरा […]
नागरिक रैबार बाजुरा २३ मंसिर जिल्लाकाे हिमाली गाउँपालिकाकाे वडा नम्बर ५ स्थित नन्दापाटाकाे एक घरमा आगलागी भएकाे छ ।नन्दपाटा निवासी बिर्ख सार्कीको घरमा आगलागी हुँदा लाखाैकाे सामाग्री जलेर नष्ट भएकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् । उहाँका अनुसार आगलागीबाट घरमा भएको सबै खाध्यन्न लुगाफाटो जलेर नस्ट भएको हाे । आगलागी पछि स्थानीयबासी […]
नागरिक रैबार बाजुरा २३ मंसिर कर्णाली करिडाेर सडकमा आज विहान मिनिट्रक दुर्घटना भएकाे छ । नेपालगन्ज बाट धुलाचौर आउँदै गरेकाे भे १ ख ३४६८ नम्बरकाे मालबाहक मिनिट्रक जगन्नाथ गाउँपालिकाकाे वडा नम्मर ६ स्थित काप्री नजिकै दुर्घटनामामा परेकाे ईलाका प्रहरी कार्यालय काेल्टीले जनाएको छ । काेल्टी प्रहरीका अनुसार मिनिट्रक चालक बाँके जिल्ला घर भएका मदन लाल […]
नागरिक रैबार बाजुरा २२ मंसिर जिल्लाकाे हिमाली गाउँपालिकामा जिपकाे ठक्करबाट एक बालककाे मृत्यु भएकाे छ । यसरी मृत्यु हुनेमा साेही गाउँपालिका ६ पाणिका विर्ख राेकायाका डेढ वर्षिया छाेरा अंकित राेकाया रहेकाे ईलाका प्रहरी कार्यालय काेल्टीले जनाएको छ । ईलाका प्रहरी कार्यालय काेल्टीका अनुसार जिप ब्याक गर्ने क्रममा पछाडीबाट ठक्कर दिएर बालक घाईते भएकाे र उपचारका […]
नागरिक रैबार/ बाजुरा २१ मंसिर । जिल्लाकाे हिमाली गाउँपालिकामा एक जना सुत्केरीको मृत्युु भएकाे छ । मृत्यु हुनेमा साेही गाउँपालिका ४ कि २१ वर्षिया गंगा चंदारा रहेकी छन् । उनकाे अत्याधिक रक्तस्रावका कारण मृत्यु भएकाे गाउँपालिकाले जनाएकाे छ । गाउँपालिकाका अनुसार गंगा चदाराको बच्चा जन्माएको केही समयमै रक्तश्रावपछि मृत्यु भएकाे हाे । घरमै बच्चा जन्माएकि […]