होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हिमालीको नवौं गाउँसभाबाट ८ वटा विधेयक पारित
समाचार

हिमालीको नवौं गाउँसभाबाट ८ वटा विधेयक पारित

  • नागरिक रैबार
हिमालीको नवौं गाउँसभाबाट ८ वटा विधेयक पारित

नागरिक रैबार/बाजुरा ५ फागुन। हिमाली गाँउपालिकाको नवौँ गाँउ सभाबाट आठ ओटा विधेयक पारित भएका छन् । बिहिबार नवौं गाँउ सभाबाट आठ वटा विधेयक पारित गरिएको हिमाली गाँउपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लले बताएका छन् । नवौं गाँउ सभाको आर्थिक बर्ष २०७८ को ऐन ४ कार्यबिधी अनुशार यि विधेयक पारित गरिएको अध्यक्ष मल्लले बताए ।

गाउँपालिकाले भुमी ऐन-२०८७, विशेषगत समिति संचालन गर्ने, कार्यविधि-२०७८ वन व्यवस्थापन सम्बन्धि व्यवस्था गर्ने हिमाली गाँउपालिकाले जनाएको छ । त्यस्तै कार्यविधि-२०७८,हिमाली गाउपालिका खानेपानी तथा सरसफाइ स्वच्छता सम्बन्धमा व्यवस्था गर्ने ,बनेको विधेयक -२०७८, सार्बजनिक खरिद तथा ऐन-२०७८, हिमाली गाउपालिका सुसासन तथा संचालन कार्यविधि २०७८, हिमाली गाउँपालिका लेखा ऐन-२०७८, हिमाली गाउपलिका कृषि तथा पशुपन्छी ऐन-२०७८ यी सबै ऐन नवौ गाउँ सभाबाट सर्बसमत पारित भएकाे प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् ।

त्यसैगरी गाँउपालिकाले कृषि, शिक्षा , स्वास्थ्य , सरसफाइ ,पर्यटन र जलस्रोत हिमालीको आधार दीर्घकालीन दृस्ठिकोण सुसासनलाई समेत प्राथमिकता दिएको छ । गरिबी निवारण र रोजगार विभिन्न क्षेत्रहरुमा कार्ययोजना बनाई आफ्नो कार्यकालमा दीर्घकालीन आयोजनाहरु लगायत गरिबी निमुखा जनताहरुलाइ स्थर उन्नतिशील वृद्धि गर्ने कार्यक्रमलाई जोड दिएको गाँउपालिकाले बताएकाे छ ।
गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लको अध्यक्षतामा संचालन गरिएको गाँउ सभामा उपाध्यक्ष चन्द्रा देवी बुढा , सबै वडाका वडाध्यक्ष लगाएत गाउकार्यपालिका सदस्यहरु सहभागि भएको उमेश रोकायाले बताएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै