होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • हिमालीको योजना, पालिकाका सवै विद्यालय धुलोमुक्त बनाउने
Breaking News

हिमालीको योजना, पालिकाका सवै विद्यालय धुलोमुक्त बनाउने

  • नागरिक रैबार
हिमालीको योजना, पालिकाका सवै विद्यालय धुलोमुक्त बनाउने

नागरिक रैबार/बाजुरा २५ माघ। जिल्लाको हिमाली गाउँपालिकाले पालिका भित्र रहेका सवै विद्यालयलाई धुलोमुक्त विद्यालय बनाउने योजना अगाडि बढाएको छ ।गाउँपालिका भित्रका विद्यालयहरुबाट गुणस्तरीय शिक्षा हाँसिल गर्नको लागि शैक्षिक वातावरण पनि स्वस्थकर चाहिने र धुलो र चिसो भुइमा बसेर पढ्नुपर्ने बाध्यतालाई मध्येनजर गरेर धुलोमुक्त विद्यालय बनाउने योजना अगाडि बढाइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् ।

गुणस्तरीय शिक्षाको कुरा गर्दै गर्दा ग्रामीण क्षेत्रमा रहेका अधिकांस बिद्यालयमा अध्ययन गरिरहेका बिधार्थीहरु बस्ने डेस्क बेन्च र ओछ्याउने कार्पेटको अभावले गर्दा धुलो भएको भुईमा बसेर बालबालिकाहरुले अध्ययन गर्नुपर्दा उनीहरुले हाँसिल गर्ने शैक्षिक स्थिति पनि राम्रो नभएको समस्यालाई मध्यनजर गर्दै यो योजना अगाडी बढाईएको गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन् ।

हिमाली गाउँपालिकाका अधिकांस बस्तीहरु ग्रामिण क्षेत्रमा रहेका र समुदाय स्तरका बालबालिकाहरुले पठनपाठन गर्ने बिद्यालयमा पर्याप्त मात्रामा डेस्क बेन्च तथा कार्पेटको अभावको कारण चिसो भुईमा बसेर बालबालिकाहरुले अध्ययन गरिरहेका र यसले शिक्षा आर्जन गर्न गएका बालबालिकाहरु निमोनिया लगायतका रोगहरु लिएर घर फर्किने समस्याका कारण उक्त अभियानको थालनी गरीएको गाँउपालिकाका अध्यक्षले मल्लले बताए । गाउँपालिकाको आफ्नै श्रोत बाट गाउंपालिकाका सबै बिद्यालयलाई चाहिने मात्रामा डेस्क बेन्च र कार्पेट वितरण गरेको कुरा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिए ।

विज्ञापन

गाउँपालिका भित्र जम्मा २२ ओटा बिद्यालयमा ३ हजार ५ सय भन्दा बढी बिद्यार्थीहरु अध्ययनरत रहेका छन् । ति सबै विधार्थीलाई पुग्ने गरि प्रारम्भिक बालकक्षा देखि ३ कक्षा सम्मका बालबालिकाहरुका लागि १ हजार ५० मिटर कार्पेट र कक्षा ३ देखि १२ कक्षा सम्मका बिद्यार्थीका लागी ७ सय भन्दा बढी डेस्क बेन्च वितरण गरिएको उनको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै