होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हिमालीको विच्छ्याँमा २२ वर्षपछि प्रहरी चौकीको स्थापना
समाचार

हिमालीको विच्छ्याँमा २२ वर्षपछि प्रहरी चौकीको स्थापना

  • नागरिक रैबार
हिमालीको विच्छ्याँमा २२ वर्षपछि प्रहरी चौकीको स्थापना

नागरिक रैबार/ बाजुरा १४ चैत्र। बाजुराको हिमाली गाउँपालिका १ नेटामा प्रहरी चौकीको स्थापना गरीएको छ । तत्कालिन माओबादी दन्द्धको समयमा बिस्थापीत बिच्छाया प्रहरी चौकी २२ बर्ष पछि आईतबार पुनः स्थापना गरिएको छ ।

२२ बर्ष अघि बिच्छायाबाट बिस्तापीत प्रहरी चौकी हिमाली ५ कवाडीमा सरेपछि साबिकको बिच्छाया गाबिस प्रहरी चौकी बिहिन भएको थियो । आईतबार प्रमुख जिल्ला अधिकारि उपेन्द्रराज पौड्यालले उद्घाटन गरेसंगै बिच्छा प्रहरी चौकीबाट सेवा सुचारु गरिएको जिल्ला प्रहरी कर्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक चर्तुभुज ओझाले बताएका छन् ।

बिच्छाया जनताको शान्ति र सुरक्षाको लागि राज्यको उपस्थिति भएको महसुस गर्दै गाउँमा प्रहरी चौकी आएपछि बिभिन्न अपराधिक गतिबिधि , चोरी चकारीका घटनाहरुमा नियन्त्रण हुनेमा त्यहाँका स्थानीय बिश्वस्त रहेका छन् ।

विज्ञापन

बिच्छा प्रहरी चौकी उद्घाटन कार्यक्रममा गाउँपालिकका अध्यक्ष गोबिन्द बहादुर मल्ल्ल ,उपाअध्यक्ष चन्दा्रदेबि बुढा , प्रमुख जिल्ला अधिकारि उपेन्द्रराज पौडेल डिएसपी चतुर्भुज ओझा, हिमाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकुत राजबहादुर भण्डारी, १ का वडा अध्यक्ष लालजित थापा लगायत स्थानियको उपस्थिीती रहेको थियो । बिच्छाय प्रहरी चौकीमा असई पे्रम चौधरीको नेतृत्वमा ७ जना प्रहरीले सुरक्षा दिने भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै