होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हिमालीमा थ्रिजि नेटवर्क सहितको टेलिफोन सेवा सूचारु
समाचार

हिमालीमा थ्रिजि नेटवर्क सहितको टेलिफोन सेवा सूचारु

  • नागरिक रैबार
हिमालीमा थ्रिजि नेटवर्क सहितको टेलिफोन सेवा सूचारु

नागरिक रैबार/बाजुरा ८ फागुन। बाजुरा जिल्लाको पुर्वीउतरी भेगमा रहेको हिमाली गाउँपालिकामा शनिबारदेखि थ्रिजि इन्टरनेट सहितको टेलिफोन सेवा सूचारु भएको छ ।

गाउँपालिकाको आर्थिक सहयोग र नेपाल टेलिकमको प्राविधिक सहयोगमा गाउँपालिकामा पहिलोपटक थ्रिजि नेटवर्क सहितको टेलिफोन सेवा सूचारु भएको प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएका छन् । उनले भने गाउँपालिकाको अथक प्रयासपछि हिमाली गाउँपालिका केन्द्र आसपासका बस्तीमा टेलिफोन र ईन्टरनेटको सहजता गर्ने काम भएको हो, अब पाडी बिच्छ्या र कुवाडी लगायतका बस्ती सेवा बिस्तारको योजना छ ।

गाउँपालिकामा विगत वर्ष देखि नै टेलिफोन सेवा सुचारु गर्नको निरन्तर लागेको र शनिवारबाट सो सेवा सूचारु गर्न सफल भएको गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्लले बताएका छन् । लामो समयपछि गाउँपालिकामा थ्रिजि नेटवर्क सहितको टेलिफोन सेवा सूचारु भएपछि स्थानीयबासीहरू खसी भएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै