होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १७ चैत्र। बडीमालिका नगरपालिका वडा नं. ९ का प्रेम नेपालीले जन्मदिनको अवसरमा दलित बस्तीमा पुगेर सहयोग गरेका छन् । सोमबार परेको २४ औं जन्म दिनको अवसर पारेर नेपालीले बडीमालिका नगरपालिका ९ मा रहेको उखाडीका १० दलित विपन्न परिवारका ५५ जनालाई माक्स र सावुन सहयोग गरेका हुन् । जन्मदिनलाई तामझामका साथ मनाउनु भन्दा मानवताको […]
नागरिक रैबार/बाजुरा १६ चैत्र। बडीमालिका नगरपालिकाले कोरोना भाईरसको संक्रमण फैलिन नदिन मार्तडी बजार क्षेत्रमा किटनासक औषधि छर्केको छ । नगरपालिकाले आईतबार मार्तडीबजार भित्रका सवै गल्ली तथा टोलमा रहेका नालाहरुमा किटनासक औषधी छर्केको हो ।विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोराना भाइरसको सतर्कताको निम्ति नगरपालिकाले मार्तडी बजारका सवै गल्लीमा पुगेर किटनासक औषधि छर्केको नगर प्रमुख पदम बडुवालले […]
नागरिक रैबार/ बाजुरा १४ चैत्र। कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि बडीमालिका नगरपालिका वडा नं. ९ ले वडावासीलाई माक्स र सावुन वितरण गरेको छ । बडीमालिका नगरपालिका ९ को आफ्नै लगानिमा वडा भित्रका करिव ५ सय बढी घरधुरीका लागि १ हजार ५० वटा सावुन र ८ सय ५० वटा माक्स वितरण गरेको वडा अध्यक्ष विनोद कुमार […]
रामबहादुर विक/बाजुरा ९ चैत्र। विश्वमा महामारिको रुपमा फैलिएको नोभेल कोरोना सम्भावित जोखिमलाई लक्षित गरीे बडिमालिका नगरपालिका वडा नं ८ ले माक्स वितरण गरेको छ । वडा नं ८ मा रहेका प्रत्यक घरधुरीलाई आज एक औपचारिक कार्यक्रमका विच मास्क बितरण गरिएको हो । वडा नं ८ वडा कार्यालयको सहयोगमा माहामारीको रुपमा फैलीरहेको कोरोना भाईरसको संक्रमण बाट […]
नागरिक रैबार/बाजुरा ९ चैत्र। बडीमालिका नगरपालिका वडा नं. ८ ले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड–१९ को संक्रमणबाट बचाउन वडाबासीका लागि निःशुल्क माक्स वितरण गरेको छ । आइतबार बडीमालिका नगरपालिका वडा नं. ८ ले वडा भित्रका सवै स्थानीयहरुका लागि निःशुल्क रुपमा माक्स वितरण गरेको हो । उक्त माक्सहरु एक कार्यक्रमका विच जिल्ला समन्वय समिति […]
नागरिक रैबार/बाजुरा ३ चैत्र। सुदूर तथा मध्यपश्चिममा व्याप्त रहेको छाउपडी प्रथा तथा जातीय छुवाछुतबारे चेलिको बेदना नामक छोटो फिल्म सार्वजनिक भएकाे छ । हिमाली जिल्लाको रुपमा चिनिएको बाजुरामा छाउपडी प्रथा र यसको कारण चेलिबेटीमा पर्न गएको शारिरीक, मनोबैज्ञानिक, सामाजिक तथा सांस्कृतिक पीडाहरुको उजार गर्नका लागि छाेटो फिल्म तयार पारिएको राजेश पायलले बताएका छन् । छाउ […]
नागरिक रैबार चैत ३ बाजुरा । बाजुरा जिल्लाको सदरमुकामको बडीमालिका नगरपालिका–८ मा बिद्युतिकरणका लागि नेपाल बिद्युत प्राधिकरणले ठेक्का दिएको सात बर्ष पुरा हुँदा समेत जनताले बिद्युतको उज्यालो पाएका छैनन् । बिद्युतलाई बिस्तारको लागि २०७१ सालमा ठेका प्रकृयाबाट काम शुरु गरिएको थियो । नेपाल बिद्युत प्राधिकरणको अछाम शाखाले शिलबन्दी दरभाउ अनुसार उक्त काम अछामको कुवर बिल्डक्सलाई […]
नागरिक रैबार/बाजुरा २ चैत्र। चैत ६ गतेदेखि सुरु हुने एसईई परिक्षाको तयारी पुरा भएको छ । जिल्लामा यो वर्ष एसईई परिक्षामा सामुदायिक र निजि विद्यालयका नियमित र ग्रेड वृद्धि गरी ३ हजार ३ सय ८२ जना विद्यार्थीहरु परिक्षा दिने भएका छन् । यस वर्षको एसईई परिक्षामा १५ वटा परीक्षा केन्द्रहरु तोकिएका छन् । तोकीएका सवै […]
मदन वि.क./बाजुरा २७ फागुन । जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. ४ स्थित कोटबाडाकि १४ वर्षिया स्वस्तिका नेपाली कक्षा ८ मा नियमित अध्ययन गर्ने छात्रा हुन् । उनलाई सूरुमा महिनावारी हुँदा गाउँनजिकै रहेको विद्यालयमा जाने कि नजाने गएपनि कसरी कक्षामा बस्ने र पढ्ने भन्ने चिन्ताले सताउने गरेको थियो । सूरुमा महिनावारी हुँदा स्वस्तिका संगै विद्यालयमा जाने […]
राजेन्द्र बहादुर रोकाया/बाजुरा २५ फागुन। बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर १ मा एक महिलाको भिरबाट लडेर ज्यान गएको छ । मृत्यु हुनेमा बडिमालिका १ पाटा निबासी राम दानीकी ३८ बर्षिया श्रीमती तुलादेबी दानी रहेकी छन् । दानी पाला काट्न नजिकै रहेको साँड जंगलमा गएका बेला भिरबाट लडेर मृत्यु भएको आफन्त मदन बहादुर दानीले बताउनुभयो […]
नागरिक रैबार/बाजुरा २३ फागुन । जिल्लाको बडीमालिका नगरपालिका ७ स्थित श्री लक्ष्मी माविको प्रधानाध्यापकको जिम्मेवारी विद्यालयकी शिक्षक माया रोकायालाई दिएको छ । शुक्रबार विद्यालयमा बसेको विद्यालय व्यवस्थापन समितिको वैठकले विद्यालयमा माया रोकायालाई प्रधानाध्यापकको जिम्मेवारी दिएको विव्यस अध्यक्ष धुमा खत्रीले बताएकि छन् । यस अघि विद्यालयमा प्रधानाध्यापक लालचन्द जैशि र शिक्षक कुस्मराज पण्डित विच प्रधानाध्यापकको विवाद […]
जय बहादुर रावत/बाजुरा २१ ,फागुन । बाजुरा जिल्लाको सदरमुकाममा रहेको बडिमालिका युवा सुचना केन्द्रको सेफ द चिल्ड्रेन टोलीले अवलोकन गरिएको छ । सेफ द चिल्ड्रेन क्षेत्रिय प्रोग्राम मेनेजर सहितको टोली द्धारा बडिमालिका युवा सुचना केन्द्रको अवलोकन गरिएको हो ।सेफ द चिल्ड्रेन र पीसविन बाजुराको आर्थिक तथा प्राविधिक सहयोग र बडिमालीका नगरपालिका र नगरस्तरिय युवा संजालको […]
रामबहादुर बि.क/फागुन १९ बाजुरा । जिल्लाको मार्तडी–कोल्टी सडक खण्डमा जीप व्यवसायीहरुले जोखिम मोलेर सवारी साधान सञ्चालन गर्न बाध्य भएका छन् । जसका कारण सवारी साधानहरु दुर्घटनाको जोखिम झनै बढेको छ । सडकका दर्जन बढी स्थानमा हिलाम्मे भएकोले सवारी साधान घन्टौं फस्ने गरेकाले दुर्घटना बढ्ने सम्भावना देखिएको हो । निर्माण हुँदै गरेको सडकमा जथाभावि पानी छोडिएपछि […]
नागरिक रैबार/बाजुरा १७ फागुन। बडीमालिका नगरपालिका ७ स्थित पोरखे लेख नजिकैको जंगलमा मृत अवस्थामा एक चितुवा फेला परेको छ । शनिबार विहान स्थानीयहरुले जंगलमा चितुवा मृत अवस्थामा फेला परेको प्रहरीलाई खवर दिएपछि जिल्ला प्रहरी कार्यालय बाजुरा र वन डिभिजन कार्यालयका कर्मचारीको टोली टोली मृत चितुवाको उद्धार गर्न पठाईसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक […]
नागरिक रैबार/बाजुरा १७ फागुन । कृषि ज्ञान केन्द्र बाजुराले बाजुराका कृषकहरुलाई कृषि पेशामा आत्मनिर्भर बनाउन धमाधम उखुको विउ वितरण गर्दै आएको छ । साँफे मार्तडी सडक खण्ड अन्तरगत बाजुरा प्रवेशद्धारा इकडी देखि सदरमुकाम मार्तडीसम्मको सडक छेउछाउका कृषकहरुलाई लक्षित गरेर कृषि ज्ञान केन्द्र बाजुराले उखुको विउ वितरण गर्दै आएको हो । यस अघि केन्द्रले रिठाबजार, फालासेन […]
रामबहादुर वि.क./बाजुरा १४ फागुन। विद्यार्थीहरुको पढाईलाई प्रभावकारी बनाउन सिकाई मेलाको आयोजना गरिएको छ । कक्षा १ देखी ३ सम्मका आधारभुत तहका बिद्यार्थीहरुलाई पढाईमा सीपको विकास गर्ने उद्देश्यले शैक्षिक मेलाको आयोजना गरिएको हो । बडीमािलका नगरपालिका वडा नं. ८ स्थित श्री बालमन्दिर आधारभुत विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सिकाई मेलाको आयोजना गरिएको हो । बुधबार […]
नागरिक रैबार/बाजुरा ११ फागुन । कृषि ज्ञान केन्द्र बाजुराले बाजुराका कृषकलाई उखु खेतीमा आत्मनिर्भर बनाउन विउ वितरण गरेको छ । आईतबार पहिलो चरणमा बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल, नगरपालिकाकी उपप्रमुख कविता विष्ट, प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्याल र कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले सयुक्त रुपमा तिपाडा र विरेखोला दुई ठाउँबाट […]
नागरिक रैबार/बाजुरा ११ फागुन। बडीमालिका नगरपालिकाका वडा अध्यक्ष र वडा सचिवका लागि आयोजना गरिएको दुई दिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । नगरपालिकाका वडामा सचिव नियुक्ति भए पछी कुन काम कसरी गर्ने भन्ने अन्योलता सिर्जना भएकोले अभिमुखीकरण गोष्ठी आयोजना गरिएको नगर प्रमुख पदम बडुवालले बताए । घटना दर्ताका विषय सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारी […]
नागरिक रैबार/बाजुरा १० फागुन। बाजुरा सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविको प्राविधिक शाखाले आयोजना गरेको खेलकुद सप्ताह कार्यक्रम सकिएको छ । प्रत्येक वर्ष विद्यालयमा संचालन गर्दै आएको खेलकुद सप्ताह कार्यक्रम शनिबार सकिएको हो । खेलकुद सप्ताह कार्यक्रम अन्तरगत मालिका नमुना माविको प्राविधिक शाखाले यस वर्ष पनि फागुनको ३ गतेबाट संचालन गरेको उक्त कार्यक्रम सकेको हो । […]
नागरिक रैबार/बाजुरा १० फागुन। बाजुरा सदरमुकाम मार्तडीस्थित जिल्ला प्रहरी कार्यालय र रेडियो बाजुरा नजिकै भेटिएको वेवारिसे बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ । शुक्रबार साँझ रेडियो बाजुरा र पिसविन बाजुराको घर नजिकै झोलामा बेरेर राखिएको वेवारिसे बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले शनिबार विहान डिस्पोज गरेको समरजित गुल्मका गुल्मपति रविन श्रेष्ठले बताएका छन् । जिल्ला […]