होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • बडीमालिका ७ मा पनि तीन जनालाई क्वारेन्टाइनमा राखीयो
स्वास्थ्य-जीवनशैली

बडीमालिका ७ मा पनि तीन जनालाई क्वारेन्टाइनमा राखीयो

  • नागरिक रैबार
बडीमालिका ७ मा पनि तीन जनालाई क्वारेन्टाइनमा राखीयो

रामबहादुर विक/ बाजुरा २१ चैत्र।   बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा ७ मा धनगढी बाट आएका तिन जनालाई क्वारेन्टाइनमा राखीएको छ ।

विश्वव्यापी महामारीको रुपमा विकराल बन्दै आएको वेला बुधबार धनगढी बाट आएका तिन जनालाई क्वारेन्टाइनमा राखीएको वडा कार्यलयले जनाएको छ ।

धनगढीबाट मार्तडीमा पुगेका उनीहरुलाई मालिका माध्यामिक विद्यालयको क्वारेन्टाइनमा राख्न नमाने पछी आफ्नै वडामा रहेको कालिका आधारभुत विद्यालयमा क्वारेन्टाइन बनाएर राखिएको वडा अध्यक्ष धर्मराज पाध्यायले बताउनु भएको छ ।

विज्ञापन

क्वारेन्टाइनमा राखेका तिन जनालाई खाना बस्नाको व्यवस्था वडा कार्यलय गरेको वडा अध्यक्ष पाध्यायले बताउनु भयो ।

केही समयका लागी क्वारेन्टाइन रहेका व्यक्तीहरुको व्यवस्थापनका लागि वडा सदस्य प्रयागराज जैशीको संयोजगत्वमा तिन सदस्ययी समिती गठन गरिएकोे छ । जस मध्य स्वास्थ्य चेक जाचँका लागी चुथि स्वास्थ्य चौकी इन्र्चाज काशिचन्द्र पाध्याय र खानपान व्यवस्थापनका लागी कालिका आधारभुत विद्यालयका प्रधानाध्यापक सहदेव पाध्यायलाई जिमेवारी दिएको वडा अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिनु भएको छ ।

यता बडिमालिका नगरपालिका वडा नं ७ सिराडीका स्थानिय नरबहादुर विकले भने क्वारेन्टाइमा रहेका व्यक्तिहरू असुरक्षित रहेको गुनासो गरेका छन्। उजले भने । नतँ त्यहाँ सुरक्षाकर्मि छन् नत स्वास्थ्य कर्मिले चेक जाँच गरिरहेका छन् ।

सुरक्षाका लागी क्वारेन्टाइन बनाएर राखेपनी उनीहरुका आफन्तले क्वारेन्टाइनमै गएर भेटघाट गरिरहेको बताउनु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार