होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • वडा अध्यक्ष रावलको नासो: घरका सवै परिवारलाइ माक्स
बडीमालिका

वडा अध्यक्ष रावलको नासो: घरका सवै परिवारलाइ माक्स

  • नागरिक रैबार
वडा अध्यक्ष रावलको नासो: घरका सवै परिवारलाइ माक्स

रामबहादुर विक/बाजुरा ९ चैत्र। विश्वमा महामारिको रुपमा फैलिएको नोभेल कोरोना सम्भावित जोखिमलाई लक्षित गरीे बडिमालिका नगरपालिका वडा नं ८ ले माक्स वितरण गरेको छ ।

वडा नं ८ मा रहेका प्रत्यक घरधुरीलाई आज एक औपचारिक कार्यक्रमका विच मास्क बितरण गरिएको हो । वडा नं ८ वडा कार्यालयको सहयोगमा माहामारीको रुपमा फैलीरहेको कोरोना भाईरसको संक्रमण बाट बच्नका लागी वडामा रहेका प्रत्यक घरधुरीलाई एकएक निशुल्क माक्स वितरण गरीएको वडा अध्यक्ष प्रकाश रावलले बताउनु भएको छ ।

वडा अध्यक्ष रावलले वडामा रहेका सम्पुर्ण नागरिक हरुलाई रोगले नछाओस् भन्दै प्रत्यक घरधुरीलाई एकएक माक्स वितरण गर्नु भएको हो । उहाँले सम्पुर्ण नागरिकहरुलाई कोराना भाईरस् बाट बच्न सरसफाईमा ध्यान दिन र धेरै भिडभाडमा नजान पनी अपिल गर्नु भएको छ ।

विज्ञापन

चिनमा देखिएको नयाँ रोग जो बिश्वमा महामारिको रुपमा रहेको नोभेल कोरोना भाईरस रोग लाग्न सक्ने सम्भावना पनि बढि भएकाले यस बाट बच्न आफुले सावाधानी अपनाउन पहिलो चरणमा माक्स बितरण गरेको वडा अध्यक्ष रावलले बताउनुभयो ।

साथै उहाँले कोरोना भाईरस फैलीन नदीन आफ्नो आफ्नो क्षेत्रबाट एकजुट भएर लाग्नु पर्ने बताउनुभएको छ । वडा अध्यक्ष प्रकाश रावलको अध्यक्षतामा संचालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया प्रमुख अथिती रहनु भएको थियो । त्यस्तै बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवाल , नगरउपप्रमुख कविता विष्ट लगाएत विशिष्ट अथिती रहनु भएको कार्यक्रमको संचालन वडा सचिवले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार