होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बडीमालिका ९ का एकल महिलालाई दाउरा सहयोग
देश/प्रदेश

बडीमालिका ९ का एकल महिलालाई दाउरा सहयोग

  • नागरिक रैबार
बडीमालिका ९ का एकल महिलालाई दाउरा सहयोग

नागरिक रैबार/बाजुरा १ बैशाख। बडीमालिका नगरपालिका वडा नं. ९ का २० जना एकल महिलालाई दाउरा सहयोग गरिएको छ ।
बडीमालिका नगरपालिका वडा नं. ८ बाउली स्थित घामताप्नेमा रहेको थ्रि ए.पि.एस आरामिल उद्योगले वडा भित्रका २० जना एकल महिलालाई दाउरा सहयोग गरेको हो ।

विश्वभर कोरोना भाईरसको संक्रमण फैलिन नदिन सरकारले पटक पटक लकडाउनको समयावधि थप्दै गएपछि एकलमहिलाहरुलाई बनजंगलमा गएर दाउरा लिन समस्या हुन थालेपछि उनीहरुलाई दाउरा सहयोग गरेको थ्रिएपिस आरामिलका संचालक सीतादेवी विकले बताईन् ।

विज्ञापन

लकडाउनकै कारण यहाँका स्थानीय बजारहरुमा अहिले ग्यास सिलिण्डरको अभाव हुँदै गएको छ । सदरमुकाम मार्तडीमा पछिल्लो समय दाउराको साह्रै समस्या भएपछी एकल महिलाहरुकाे समस्यालाइ मध्येनजर गरेर उद्योगमा भएकाे दाउरा एकल महिलालाइ सहयाेग गरिएकाे उद्योगका व्यवस्थापक मानवहादुर विष्टले बताएका छन् ।

बडीमालिका नगरपालिकाले राहत स्वरुप बडीमालिका नगरपालिकाका सवै वडामा खाद्यन्न सहयोग गरिसकेको छ । हाम्रा लागि खाद्यन्न सहयोग त भयो खाना पकाउनका लागि दाउराको अभाव थियो एकल महिला नेप्टी लवारले भनिन् । अव हामीलाई केही दिनका भएपनि लागि सो उद्योगले सहयोग गरेको दाउराले खाना पकाउन सजिलो हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार