होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
रामबहादुर बि.क/फागुन १९ बाजुरा । जिल्लाको मार्तडी–कोल्टी सडक खण्डमा जीप व्यवसायीहरुले जोखिम मोलेर सवारी साधान सञ्चालन गर्न बाध्य भएका छन् । जसका कारण सवारी साधानहरु दुर्घटनाको जोखिम झनै बढेको छ । सडकका दर्जन बढी स्थानमा हिलाम्मे भएकोले सवारी साधान घन्टौं फस्ने गरेकाले दुर्घटना बढ्ने सम्भावना देखिएको हो । निर्माण हुँदै गरेको सडकमा जथाभावि पानी छोडिएपछि […]
नागरिक रैबार/बाजुरा १७ फागुन। बडीमालिका नगरपालिका ७ स्थित पोरखे लेख नजिकैको जंगलमा मृत अवस्थामा एक चितुवा फेला परेको छ । शनिबार विहान स्थानीयहरुले जंगलमा चितुवा मृत अवस्थामा फेला परेको प्रहरीलाई खवर दिएपछि जिल्ला प्रहरी कार्यालय बाजुरा र वन डिभिजन कार्यालयका कर्मचारीको टोली टोली मृत चितुवाको उद्धार गर्न पठाईसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक […]
नागरिक रैबार/बाजुरा १७ फागुन । कृषि ज्ञान केन्द्र बाजुराले बाजुराका कृषकहरुलाई कृषि पेशामा आत्मनिर्भर बनाउन धमाधम उखुको विउ वितरण गर्दै आएको छ । साँफे मार्तडी सडक खण्ड अन्तरगत बाजुरा प्रवेशद्धारा इकडी देखि सदरमुकाम मार्तडीसम्मको सडक छेउछाउका कृषकहरुलाई लक्षित गरेर कृषि ज्ञान केन्द्र बाजुराले उखुको विउ वितरण गर्दै आएको हो । यस अघि केन्द्रले रिठाबजार, फालासेन […]
रामबहादुर वि.क./बाजुरा १४ फागुन। विद्यार्थीहरुको पढाईलाई प्रभावकारी बनाउन सिकाई मेलाको आयोजना गरिएको छ । कक्षा १ देखी ३ सम्मका आधारभुत तहका बिद्यार्थीहरुलाई पढाईमा सीपको विकास गर्ने उद्देश्यले शैक्षिक मेलाको आयोजना गरिएको हो । बडीमािलका नगरपालिका वडा नं. ८ स्थित श्री बालमन्दिर आधारभुत विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सिकाई मेलाको आयोजना गरिएको हो । बुधबार […]
नागरिक रैबार/बाजुरा ११ फागुन । कृषि ज्ञान केन्द्र बाजुराले बाजुराका कृषकलाई उखु खेतीमा आत्मनिर्भर बनाउन विउ वितरण गरेको छ । आईतबार पहिलो चरणमा बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल, नगरपालिकाकी उपप्रमुख कविता विष्ट, प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्याल र कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले सयुक्त रुपमा तिपाडा र विरेखोला दुई ठाउँबाट […]
नागरिक रैबार/बाजुरा ११ फागुन। बडीमालिका नगरपालिकाका वडा अध्यक्ष र वडा सचिवका लागि आयोजना गरिएको दुई दिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । नगरपालिकाका वडामा सचिव नियुक्ति भए पछी कुन काम कसरी गर्ने भन्ने अन्योलता सिर्जना भएकोले अभिमुखीकरण गोष्ठी आयोजना गरिएको नगर प्रमुख पदम बडुवालले बताए । घटना दर्ताका विषय सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारी […]
नागरिक रैबार/बाजुरा १० फागुन। बाजुरा सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविको प्राविधिक शाखाले आयोजना गरेको खेलकुद सप्ताह कार्यक्रम सकिएको छ । प्रत्येक वर्ष विद्यालयमा संचालन गर्दै आएको खेलकुद सप्ताह कार्यक्रम शनिबार सकिएको हो । खेलकुद सप्ताह कार्यक्रम अन्तरगत मालिका नमुना माविको प्राविधिक शाखाले यस वर्ष पनि फागुनको ३ गतेबाट संचालन गरेको उक्त कार्यक्रम सकेको हो । […]
नागरिक रैबार/बाजुरा १० फागुन। बाजुरा सदरमुकाम मार्तडीस्थित जिल्ला प्रहरी कार्यालय र रेडियो बाजुरा नजिकै भेटिएको वेवारिसे बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ । शुक्रबार साँझ रेडियो बाजुरा र पिसविन बाजुराको घर नजिकै झोलामा बेरेर राखिएको वेवारिसे बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले शनिबार विहान डिस्पोज गरेको समरजित गुल्मका गुल्मपति रविन श्रेष्ठले बताएका छन् । जिल्ला […]
नागरिक रैबार/बाजुरा ९ फागुन। सदरमुकाम मार्तडीमा फेरी खानेपानीको हाहाकार भएको छ । खानेपानीको मुहान देखि ट्याङ्कीसम्मको पाइप लाइनमा समस्या आएपछि मार्तडीमा फेरी खानेपानीको हाहाकार भएको हाे । खानेपानीको हाहाकार भएपछि अहिले सदरमुकाम बासीहरुले घन्टाै लाइनमा बसेर एउटै धाराबाट पानी भरेर खानु पर्ने बाध्यता भएकाे छ । खानेपानीकै लागि सदरमुकाम मार्तडीका स्थानीयहरु थापाबाडा खाेलाघर, जिउला, किमखोला […]
नागरिक रैबार/बाजुरा ७ फागुन। बाजुरा जिल्लाका चार वटा नगरपालिकामा उपसचिवहरुको पदस्थापन हुने भएकाे छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ज्येष्ठताबाट बढुवा भएका उपसचिवहरूलाई पदस्थापन स्थानीय तहमा पठाएपछि बाजुराका चार वटा नगरपालिकामा पनि उपसचिवहरु आउने भएका हुन् । यी हुन बाजुराका चार नगरपालिकामा आउने उपसचिवहरु १, शिवसिंह भण्डारी- बडीमालिका नगरपालिका २, हिक्मत जंग शाही-बुढीनन्दा […]
नागरिक रैबार/बाजुरा ६ माघ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका सचिव पत्रकार प्रेम विकलाई सांसद लालबहादुर थापाको निर्देशनमा प्रहरीले पक्राउ गरेको घटना घोर आपत्ति भएको राष्ट्रिय दलित पत्रकार संघ नेपाल बाजुरा शाखाले प्रेस विज्ञप्ती मार्फत घोर आपत्ति जनाएको छ । फागुन ४ गते राति पत्रकार विकलाई सदरमुकाम मार्तडीस्थित नागरिक रैबार डटकमको कार्यालयबाटै सांसद थापाको निर्देशनमा […]
नागरिक रैबार बाजुरा ४ फागन । बाजुरा जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुले भारतको हस्तक्षेप विरुद्ध जेलभित्रै नारा जुलुस गरेका छन् । आइतबार विहान ७ बजे जेलभित्रका सबै ५१ जना कैदीबन्दीहरु एकभएर नारा जुलुस गरेका हुन् । उनीहरुले भारतीय विस्तारवाद मुर्दावाद, अमेरिकी साम्राज्यवाद एमसीसी मुर्दावाद, दलाल संसदीय व्यवस्था मुर्दावाद, नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, भारतद्वारा […]
नागरिक रैबार बाजुरा ३ फागुन शैक्षिक गुणस्तर प्रवद्र्धन गर्न बडीमालिका नगरपालिका वडा नं ९ बाउलीमा रहेकाे द्वारिका प्रावि प्रारम्भिक कक्षा सिकाई मेला सम्पन्न भएकाे छ । आधारभुत तहमा पढाई सीपको विकास गर्ने उद्देश्यले सञ्चालित प्रारम्भिक कक्षा पढाई कार्यक्रमले विद्यार्थी वीच प्रतिस्पर्धा गराउन र सिकाई अनुभव आदानप्रदान गर्न हरेक पटक पढाई मेला संचालन हुँदै आएको सेतो […]
नागरिक रैबार/बाजुरा २ फागुन। बडीमालिका नगरपालिका वडा नं. ९ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्नका लागि वडाले आफ्नो तयारी अन्तिम चरणमा पुर्याएको छ । सामाजिक समानता र मानव अधिकार वडाको सान, छाउपडी गाेठमुक्त नगर हाम्रो अभियान भन्ने मुल नाराका साथ यही फागुन ४ गते बडीमालिका नगरपालिकाको वडा नं. ९ लाई एक भव्य कार्यक्रमका विच छाउपडी […]
नागरिक रैबार/बाजुरा २ फागुन। बाजुराको बडीमालिका नगरपालिका ७ सिराडीका तपेश जोनले अभिनय गरेको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । सानै उमेरदेखि नै म्युजिक भिडियोमा अभिनय गर्ने सोच बनाएका तपेशले बल्ल आएर म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाएका हुन् । पछिल्लो समयमा म्युजिक भिडियोमा नयाँ नयाँ अनुहार आउने क्रम जारी रहेका वेला बाजुराको बडीमालिका नगरपालिका […]
नागरिक रैबार/बाजुरा २८ माघ। जिल्लाको बडीमालिका नगरपालिका वडा नं ९ लाई आउँदो फागुन ४ गते छाउपडी गोठमुक्त वडा घोषणा गर्नका लागि वडा नं. ९ ले आफ्नो तयारी अन्तिम चरणमा पुगाएको छ । बडीमालिका नगरपालिका महिला बालवालिका तथा जेष्ठ नागरिक शाखाको आर्थिक सहयोग वडा नं. ९ छाउगोठ मुक्त वडा घोषणा हुन लागेको हो । वडा भित्रका […]
नागरिक रैबार/बाजुरा २७ माघ। मार्तडीमा घरकाे छतबाट लडेर घाईते भएका हिमाली गाउँपालिका वडा न ६ का भिम प्रसाद पाण्डेका २ वर्षका छाेरा किस्मत पाण्डेकाे हेलिकप्टर मार्फत उद्घार गरिएकाे छ । साेमबार घरकाे छतवाट लडेर घाइते भएका बालककाे बाजुरा जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि नेपाली सेनाकाे हेलिकप्टर मार्फत उद्घार गरि थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा […]
नागरिक रैबार/बाजुरा २७ माघ। बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा रहेको एकमात्र बसपार्क संचालनमा ल्याईने भएको छ । २०७३ साल असोज १२ गते बाट बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाटै नियमित वससेवा सूरु भएपनि उचित वषपार्क नुहँदा वस व्यवसायीहरुले बसहरु सडकको छेउमै राख्दै आएका थिए । सदरमुकाम मार्तडीबाटै बससेवा सूरु भएको करिव ४ वर्ष पुग्न लागेको छ । तर […]
नागरिक रैबार/बाजुरा २५ माघ। जिल्लाको बडीमालिका नगरपालिका ९ स्थित क्रियटर जोन एकेडेमीका विद्यार्थीहरुले उत्कृष्ट काता खेल प्रर्दशन गरेका छन् । शुक्रबार विद्यालयमा आयोजित सितोरियो कराते ग्रेडिङ तथा राष्ट्रिय सेवा दल (एनसिसी) को ४६ औं व्याजको मेडल तथा प्रमाण पत्र वितरण कार्यक्रममा उक्त खेल प्रर्दशन गरेका हुन् । सितोरियो खेलप्रति विद्यार्थीहरुको आकर्षण बढाउन विद्यालयले विद्यार्थीहरुलाई नियमित […]
रामबहादुर विक/बाजुरा २४ माघ। जिल्लाको बडीमालिका नगरपालिका वडा नं ९ लाई आउँदो फागुन ४ गते छाउपडी गोठमुक्त वडा घोषणा गरिने तयारी भएको छ । वडा भित्रका महिलाहरू छाउ भएको बेला परिवार संगै घरभित्र सुरक्षित बस्न थालेपछि वडालाई छाउगोठ मुक्त वडा घोषणा गर्ने गर्ने तयारी गरिएको वडा अध्यक्ष विनोद कुमार विकले जानकारी दिए । शुक्रबार बडीमालिका […]