होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • राजेश पायलद्धारा निर्देशित गाउँकि चेलीको बेदना (भिडियो)
बडीमालिका

राजेश पायलद्धारा निर्देशित गाउँकि चेलीको बेदना (भिडियो)

  • नागरिक रैबार
राजेश पायलद्धारा निर्देशित गाउँकि चेलीको बेदना (भिडियो)

नागरिक रैबार/बाजुरा ३ चैत्र।  सुदूर तथा मध्यपश्चिममा व्याप्त रहेको छाउपडी प्रथा तथा जातीय छुवाछुतबारे चेलिको बेदना नामक छोटो फिल्म सार्वजनिक भएकाे छ ।

हिमाली जिल्लाको रुपमा चिनिएको बाजुरामा छाउपडी प्रथा र यसको कारण चेलिबेटीमा पर्न गएको शारिरीक, मनोबैज्ञानिक, सामाजिक तथा सांस्कृतिक पीडाहरुको उजार गर्नका लागि छाेटो फिल्म तयार पारिएको राजेश पायलले बताएका छन् ।

छाउ अर्थात महिनावारी हुँदा महिलाहरुले भोग्नु परेको पीडालाई फिल्ममा देखाउन खोजिएको छ । साथै हलिया र खलिया प्रथाको वास्तविकताको बारेमा छर्लङ्ग पारेका छन । गाउँकी चेलीको बेदना नाम दिइएको उक्त  फिल्मको परिकल्पना तथा निर्देश राजेश पायलले गरेका छन भने कथा लेखन प्रेम नेपालीले गरेका छन ।

विज्ञापन

धनबहादुर बिसीले छायांकन गरेको फिल्मको सम्पादन तपेश जोनले गरेका छन । फिल्ममा सिर्जना विक, राजेश पायल, बिनोद बिक,प्रेम नेपाली,रंगलाल उखेठा राम नेपाली र बाल कलाकार मुकेश नेपालीले अभिनय गरेका छन ।

फिल्मकाे  छायांकन  बाजुरा जिल्लाको सदरमुकाम मार्तडीस्थित बाहुलीमा गरिएकाे फिल्मका निर्देशक राजेश पायलले बताएका छन । विभिन्न म्युजिक भिडियाेमा अभिनय गर्दै आएका राजेशले पहिलाे पटक जातीय छुवाछुत सहितकाे फिल्म निर्माण गरेकाे बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार