होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कोरोनाको संक्रमणबाट बचाउन वडाबासीलाई माक्स वितरण
देश/प्रदेश

कोरोनाको संक्रमणबाट बचाउन वडाबासीलाई माक्स वितरण

  • नागरिक रैबार
कोरोनाको संक्रमणबाट बचाउन वडाबासीलाई माक्स वितरण

नागरिक रैबार/बाजुरा ९ चैत्र। बडीमालिका नगरपालिका वडा नं. ८ ले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड–१९ को संक्रमणबाट बचाउन वडाबासीका लागि निःशुल्क माक्स वितरण गरेको छ ।

आइतबार बडीमालिका नगरपालिका वडा नं. ८ ले वडा भित्रका सवै स्थानीयहरुका लागि निःशुल्क रुपमा माक्स वितरण गरेको हो । उक्त माक्सहरु एक कार्यक्रमका विच जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया, बडीमालिका नगरप्रमुख पदम बडुवाल र वडा अध्यक्ष प्रकाश रावलले सयुक्त रुपमा वडाबासीलाई निःशुल्क माक्स वितरण गरेका हुन् ।

कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट जोगिनका लागि वडा भित्रका स्थानीयहरुका लागि निःशुल्क माक्स वितरण गरिएको वडा अध्यक्ष रावलले बताएका छन् । कोरोना भाइरसको संक्रमणबाट जोगाउनकै लागि माक्सहरु वितरण् गरेको वडा अध्यक्ष रावलले बताएका थिए।वडा अध्यक्षको पहलमा वडाबासीका लागि निशुल्क माक्स वितरण गरेपछि स्थानीयहरु खुसी भएका थिए ।

विज्ञापन

कोरोना भाइरसको त्रास फैलिएपछि अहिले बाजुरा जिल्लाका सवै क्षेत्रमा सचेतननाका कार्यक्रमहरु अगाडि बढाईएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार