होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बडीमालिका नगरका कर्मचारीबाट कोरोना कोषमा २ लाख ९४ हजार सहयोग
देश/प्रदेश

बडीमालिका नगरका कर्मचारीबाट कोरोना कोषमा २ लाख ९४ हजार सहयोग

  • नागरिक रैबार
बडीमालिका नगरका कर्मचारीबाट कोरोना कोषमा २ लाख ९४ हजार सहयोग
नागरिक रैबार/बाजुरा ३० चैत्र । जिल्लाको बडीमालिका नगरपालिकाका सबै कर्मचारीहरुका तर्फबाट कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ लाख ९४ हजार ६८ रुपैयाँ कोषको खाता न १६९०००००११०१ मा दाखिला गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण रोक्न तथा उपचारकोष नगरपालिकाका अधिकृत स्तरका कर्मचारीको ५ दिन र सहायक स्तरकाको ३ दिनको पारिश्रमिक राष्ट्रीय कोषमा जम्मा गरेको प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्यालले जानकारी दिनु भयो । नगरपालिकाले कोरोना रोकथामका लागि सतर्कता तथा पूर्वतयारीमा कुनै कशूर बाँकी नराखी लागेको छ ।
सचेतनामुलक सन्देश प्रशारण, पोस्टर पम्लेट प्रकाशन लगायतका सन्देशमुलक कार्यक्रमका साथ साथै नगरपालिका क्षेत्रमा हेल्थ डेक्स, सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी र आवश्यक उपकरणको व्यवस्था गरेको छ ।
बन्दाबन्दीबाट प्रभावित विपन्न तथा असहाय नगरबासीलाई सबै वडामा राहत वितरणको कार्यक्रम समेत सञ्चालन भैरहेको प्रमुख प्रशासकीय अधिकृतले बताउनु भयो । नयॉ बर्षको पावन उपलक्ष्यमा सबै नगरवासी लगायत समस्त देशवासीमा सुख, शान्ति र सम्बृद्धिको कामना गर्दै महामारीका रूपमा फैलिरहेको कोरोनाबाट बाँच्न र बचाउन लाग्न समेत अपील गर्नुभयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार