होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तिव्र पारिदै
समाचार

बाजुरामा चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तिव्र पारिदै

  • नागरिक रैबार
बाजुरामा चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तिव्र पारिदै

नागरिक रैबार/बाजुरा १४ असोज।बडा दशैं सूरु भएसंगै बजार अनुगमनलाई तिव्र पारिएको छ । चाडपर्वका बेला बजारमा देनिक उपभोग्य बस्तुमा कालोबजारी बढ्न सक्ने भन्दै बडीमालिका नगरपालिकाले सदरमुकामको माथिल्लो बजार र दुनीहाटबजारमा रहेका पसलहरुको अनुगमन गरेको हो ।

बडा दशैं र तिहारलाई लक्षित गरि बजारमा हुने कालोबजारी, अखाद्या बस्तुको मिसावट, कृतिम अभाव एंव अस्वभाविक मुल्यवृद्धि नियन्त्रण गरी उपभोक्तालाई गुणस्तरीय बस्तुको प्राप्तिमा सहज गर्ने उद्देश्यले बजार अनुगमन गरिएको बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा कुमारी थापाले बताएकि छन् ।

बजार अनुगमनपछि बडीमालिका नगरपालिकाकी उपप्रमुख थापाले मार्तडी बजार भित्रका ठुला व्यापारीहरुका देनिक उपभोग्य खाद्य बस्तुका गोदामहरुको अनुगमन गरिएको बताईन् ।

विज्ञापन

बजार अनुगमनका क्रममा पसलहरु मापदण्ड अनुरुप संचालन भए नभएको तथा उपयुक्त गुणस्तर भएको नभएको बारे जानकारी लिईएको थियो । अनुगमनका क्रममा १/२ वटा पसलहरुमा म्याद गुर्जेका खाद्य सामाग्री भेटिएका थिए ।

No description available.

बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा कुमारी थापाको नेतृत्वमा गरिएको बजार अनुगमनमा बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विक, प्रशासनका प्रतिनिधि, घरेलु कार्यालयका प्रतिनिधि, प्रहरी र पत्रकारहरुको सहभागिता रहेको थियो ।

साँफे- मार्तडी सडक अन्तरगतको बल्दे दवारी क्षेत्रमा सडक नखुलेका कारण मार्तडी बजारमा दैनिक उपभोग्य बस्तुको हाहाकार हुँदै आएको छ । सडक समस्याले खाद्यन्न सामाग्री ढुवानी नहुँदा दशैंमा उपभोक्ताहरुलाई समस्या हुने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार