होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिकामा प्रथम मेयर कप फुटबल प्रतियोगिता संचालन
समाचार

बडीमालिकामा प्रथम मेयर कप फुटबल प्रतियोगिता संचालन

  • नागरिक रैबार
बडीमालिकामा प्रथम मेयर कप फुटबल प्रतियोगिता संचालन

नागरिक रैबार
बाजुरा ३ कार्तिक
बावुराकाे सदरुकाम मार्तडीमा प्रथम मेयर कप फुटबल प्रतियोगिता संचालन गरिएकाे छ ।
समाज सुधार युवा क्लवकाे आयाेजना र बडीमालिका नगरपालिकाकाे आर्थिक सहयाेगमा संचालन गरिएकाे उक्त प्रतियोगिताकाे आज एक कार्यक्रमकाविच नगर प्रमुख अमरबहादुर खड्काले उद्घाटन गरेका हुन् ।
बाजुरालाई खेल क्षेत्रकाे माध्यमबाट परिचित गराउन र बाजुरेली युवाहरूलाई खेल क्षेत्रमा आकर्सित गर्न उक्त प्रतियोगिता आयाेजना गरिएको हाे ।
समाज सुधार युवा क्लवका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई  नगद १ लाख ११ हजार १ सय ११, द्वितीय ५५ हजार ५ सय ५५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
त्यस्तै प्रतियोगिताकाे उत्कृष्ट खेलाडीलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएकाे छ भने प्रतियोगितामा १७ टिम सहभागी भएकाे क्लका अध्यक्ष प्रेम नेपालीले बताएका छन् ।
क्लवका अध्यक्ष प्रेम नेपालीकाे अध्यक्षतामा संचालन गरिएकाे उक्त प्रतियोगिताकाे प्रमुख अतिथि नगर प्रमुख अम्मर बहादुर खड्का रहेका थिए । उद्घाटनमा उपप्रमुख नन्दा कुमारी थापा लगायत वडा अध्यक्षहरू सहभागी भएका थिए ।
प्रतियाेगिता क्रिएटर जाेन एकेडेमीको खेलमैदानमा भईरहेकाे छ भने प्रतिय आजदेखि ३ दिनसम्म संचालन हुने छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार