होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका ७ ले बाँड्यो विपन्न परिवारलाई खाद्यन्न
समाचार

बडीमालिका ७ ले बाँड्यो विपन्न परिवारलाई खाद्यन्न

  • नागरिक रैबार
बडीमालिका ७ ले बाँड्यो विपन्न परिवारलाई खाद्यन्न

नागरिक रैबार/बाजुरा १४ असोज।बडीमालिका नगरपालिका वडा नम्वर ७ ले वडामा रहेका विपन्न परिवारलाई खाद्यन्न वितरण गरेको छ ।

वडा दशैंको अवसरमा वडा नम्बर ७ ले आज एक औपचारिक कार्यक्रमको आयोजना गरेर वडा भित्र रहेका १५ जना विपन्न समुदायका परिवारलाई खाद्यन्न वितरण गरेको हो ।

वडाभित्र चाडपर्वको समयमा खाद्यन्नको समस्या भएका विपन्न परिवारलाई सहयोग पुगोस भन्ने उद्देश्यले खाद्यन्न सामाग्री सहयोग गरेको वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।

विज्ञापन

वडा अध्यक्ष पाध्यायले यस अघिका वर्षहरुमा समेत चाडपर्वको वेला आफ्नो पारिश्रमिकबाट वडाका विपन्न परिवारलाई खाद्यन्न सहयोग गर्दै आएका थिए ।

बडीमालिका नगरपालिका ७ मा दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा विजयी भएसंगै पाध्यायले वडाका गरिव तथा विपन्न समुदायका परिवारलाई खाद्यन्न लगायतका सामाग्री सहयोग गरेका हुन् । वडा अध्यक्षले चाडपर्वको बेला विपन्न परिवारलाई खाद्यन्न सहयोग गरेपछि विपन्न परिवार खुसी भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै