होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार बाजुरा ४ असाेज। ‘सी’ डिभिजन लिग छनोट खेल्न काठमाडौं पुगेको रावीवन स्पोर्टस क्लबले खेलाडीको नाम टुंगो लगाएको छ । क्लोज क्याम्पमा रहेका खेलाडी मध्ये बाट २४ जनाको नाम टुंगो लगाएको हो । रानीवनले पहिलो खेल राप्ती रिर्भस मकवानपुरसँग असोज ६ गते विहान ९ बजे खेल्ने छ । टिम प्रशिक्षक दिपक योञ्जन लामाको निर्णय […]
नागरिक रैबार बाजुरा ३ असाेज। कन्चनपुर जिल्ला घर भएका एकजना पूरूष बाजुराकाे बुढीनन्दा नगरपालिका १ सेरकाेटमा मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा फेला पर्नेमा कन्चनपुर जिल्लाकाे पुनरवास नगरपालिकाका अन्दाजि ३५ वर्षका गणेश रेग्मी रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरिक्षक बलेन्द्र नाथले बताएका छन् । उहाँका अनुसार मृत अवस्थामा फेला परेका […]
नागरिक रैबार/बाजुरा ३ असोज। देशकै दोस्रो ठुलो बिश्व बिद्धालय सुदुरपस्चिम बिश्वबिद्धालय राष्ट्रिय कमिटीको अध्यक्षमा बाजुराका चेतन ऐडी चयन भएका छन ।जिल्लाकै ठूलो क्याम्पस बाजुरा क्याम्पसका स्वबियु सभापति, अखिलका केन्द्रीय सदस्य समेत रहेका ऐडीलाई अनेरास्ववियुको स्थायी कमिटीको बैठकबाट बिश्वबिद्धालय अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो । ऐडी प्रति बिगतमा पटक पटक अखिलको नेतृत्वबाट अन्याय गरिएको भन्दै सर्बत्र […]
नागरिक रैबार/बाजुरा २ असोज। नेपाली काँग्रेसका केन्द्रिय सदस्य बद्रीप्रसाद पाण्डेलाई आफ्नै पार्टीका कार्यकर्ताले मार्तडीमा कालो झण्डा सहित उनको विरुद्धमा प्रर्दशन गरेका छन् । नेता पाण्डेलाई शनिबार मार्तडीमा रहेको नेपाली काँग्रेसको पार्टी कार्यालयमा कार्यकर्ताले कालोझण्डा सहित उनी विरुद्ध प्रर्दशन गरेका हुन् । नेपाली काँग्रेस बाजुराको ७ औं जिल्ला अधिवेशनका लागि शनिबार गृह जिल्ला पुगेका नेता पाण्डेलाई […]
नागरिक रैबार/बाजुरा १ असोज । सदरमुकाम मार्तडीबासीको दशैं तिहार पछिको दोस्रो ठुलो पर्व अनन्ते मेला यस वर्ष यही भदौ ४ देखि ६ गतेसम्म लाग्ने भएको छ । दशैँ र तिहारपछिको दोस्रो ठूलो पर्वका रुपमा मनाईने अनन्ते मेला आगामी सोमबारबाट विधिवत रुपमा सूरु हुने भएको हो । सदरमुकाम मार्तडीको मालिका मन्दिरमा लाग्ने उक्त मेलामा यहाँका स्थानीयहरुले […]
काठमाडौं, न जिल्ला फुटबल संघ, न त कुनै व्यावसीयक फुटबल क्लब नै छ । तर पनि व्यावसीयक फुटबल खेलाडी बन्ने इच्छा बलियो छ । बाजुराका युवा खेलाडीको सपनालाई विकेन्द्रिकरणको विषय नारामै सिमित काठमाडौं केन्द्रित फुटबलको प्रशासनिक संरचनाले पनि भाँजो हाल्न सकेको छैन ।त्यसैले त तुलनात्मक रुपमा भलिबल र क्रिकेटको मोह बढी रहेको बाजुरामा पछिल्लो समय […]
नागरिक रैबार/बाजुरा ३१ भदौ। बाजुराको सदरमुकाम मार्तडीसम्मको सडक सम्वन्ध टुटेकोे करिव ३ महिना वित्यो । वर्षातकै कारण सडक माथिबाट खसेको पहिरोका कारण बल्दे-दवारी सडकको नामोनिसान समेत देखिदैन् । ३ वर्ष अगाडि पक्की बनेको सडक लगातार २ वर्षदेखिको वर्षासंगै सडक माथिबाट खसेको पहिरोका कारण उक्त ठाउँमा जोखिमपूर्ण पैदल यात्रा गर्दै हिड्नु पर्ने स्थानीयको बाध्यता छ । […]
नागरिक रैबार/बाजुरा ३० भदौ। जिल्लामा रहेका मानव अधिकारकर्मीहरुको सुरक्षा एंव सरक्षण कसरी गर्न सकिन्छ भन्ने बारे जिल्ला स्थित सरोकारवाला निकायसंग एक अन्तरक्रिया कार्यक्रम मार्फत छलफल गरिएको छ । मानव अधिकार रक्षक संजाल बाजुरा र इन्सेक बाजुराको सयुक्त आयोजनामा गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा बाजुरामा मानव अधिकार हनन् हुने खालका घटनाहरुको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा […]
नागरिक रैबार/बाजुरा ३० भदौ। नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधी युवा नेता चक्र शाहले आफ्नो उम्मेदवारी पार्टी सभापतिमा रहने घोषणा गरेका छन् । बुधबार सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन गर्दै नेता शाहले नेपाली काँग्रेसको जिल्लाको सातौं अधिवेशनमा पार्टी सभापति पदमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् । जिल्लामा यसपटक काँग्रेसमा युवा नेतृत्वको टिम आउन आवश्यक रहेकोले आफ्नो उम्मेदवारी […]
नागरिक रैबार/बाजुरा ३० भदौ। सदरमुकाम मार्तडीस्थित मालिका नमुना माद्यमिक विद्यालयले आजबाट प्रथम त्रैमाशिक परीक्षा संचालन गरेको छ । दोस्रो भेरियन्ट सहितको कोरोना महामारिका कारण गएको बैशाख पहिलो साताबाट बन्द भएको विद्यालयले कोरोना महामारीे नियन्त्रणमा आएपछि गत असार २५ गतेबाट विद्यालयमा पठनपाठन सूचारु गरेको थियो । कोभिड-१९ का कारण गत असार २५ गतेबाट विद्यालयमा स्वास्थ्यका मापदण्ड […]
नागरिक रैबार/बाजुरा २९ भदाै। बाजुराको सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड शाखाको खाद्यन्न डिपोमा चामल सकिएको छ । वर्षातको समयमा जिल्लाको सदरमुकाम मार्तडी जोड्ने साँफे-मार्तडी सडक पहिरोका कारण अवरुद्ध भई चामल ढुवानी गर्न नसकेपछि डिपोमा चामल सकिएको हो । कम्पनिले सर्वसाधारण उपभोक्ताका लागि निरन्तर विक्री गर्दै आएकोमा कम्पनिमा रहेको मौज्दात चामल सकिएपछि […]
नागरिक रैबार/बाजुरा २७ भदौ। नेपाली काँग्रेस बडीमालिका नगरपालिका वडा नं. ८ को वडा सभापतिमा विरेन्द्र ऐडीले आफ्नो उम्मेदवारी रहने दावी गरेका । युवाहरुको प्रतिनिधित्व गर्दै वडामा बलियो काँग्रेस बनाउन वडा सभापतिमा आफ्नो उम्मेदवारी रहने ऐडीको भनाई छ । विद्यार्थी जिवन देखि नै राजनीतिमा प्रवेश गरेका ऐडीले वडामा पार्टीलाई एक ढिक्का बनाउनकै लागि भएपनि आगामी वडाको […]
नागरिक रैबार/बाजुरा २७ भदाै । बाजुरामा प्रहरीमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका-८ बस्ने २१ वर्षीय प्रकाश कुँवर रहेका छन्। शनिबार बिहान अस्थाई प्रहरी पोष्ट रिठाबजारबाट खटिएको प्रहरीले सवारी जाँच गर्ने क्रममा पदैल आएका उनले सवारी साधन किन जाँच गर्नुपर्यो, नगरे के हुन्छ भनि विवाद गरी हातपात समेत गरेको […]
नागरिक रैबार/बाजुरा २७ भदाै । जिल्लाको त्रिबेणी नगरपालिका ९ पैमामा स्थापित पदम खत्री स्मृति प्रतिष्ठानले बिगत तीन बर्ष देखि विभिन्न कार्यक्रम गरि मनाउँदै आएको छ । स्वर्गीय पदम खत्रीका छोराहरुले स्वर्गीय बुबाको सम्झनामा स्थापना गरीएको पदम खत्रि स्मृति प्रतिठान बाजुरा स्थापना गरीएको हो । हरेक बर्ष संचालन हुदै आईरहेको कार्यक्रमलाई यो बर्ष पनी निरन्तरता दिने […]
नागरिक रैबार/बाजुरा २६ भदौ। नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका सभापति कविराज पंडितले जिल्लाको सातौं अधिवेशनमा आम नेता तथा कार्यकर्ताहरुको सहमति अनुसार पार्टी सभापतिको उम्मेदवार हुने दावी गरेका छन् । सभापतिको पंडितको निजि सचिवालयले शनिबार मार्तडीमा गरेको पत्रकार सम्मेलनमा सभापति पंडितले आगामी अधिवेशनमा सहमतिका साथ पुनः पार्टीको सभापतिमा उम्मेदवारी रहने दावी गरेका हुन् । पार्टी […]
नागरिक रैबार/बाजुरा २२ भदौ। जिल्ला प्रशासन कार्यालय बाजुरामा कम्प्युटर अपरेटर पदमा कार्यरत नैन रावल वर्षकै उत्कृष्ट कर्मचारीमा चयन भएका छन् । जिल्ला प्रशासन कार्यालय बाजुरामा विगत ७ वर्षदेखि कार्यरत रावललाई कार्यालयको सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउन महत्वपूणर् भुमिका निर्वाह गरेको भन्दै बर्षकै उत्कृष्ट कर्मचारी चयन भएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन् । राष्ट्र […]
धनगढी: बाजुरामा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ परेका छन्। बुढिनन्दा नगरपालिका -७ जेठारीबाडाका २७ वर्षीय घमण्ड जेठारालाई मंगलबार पक्राउ गरेको प्रहरीले बताएको छ। उनले २५ वर्षीया महिलामाथि उनी एक्लै भएका बेला ढोका फोडी घरभित्र पसेर आइतबार जबरजस्ती करणी गरेको बताइएको छ। अस्थाई प्रहरी पोष्ट पाण्डुसैनबाट खटिएको प्रहरीले जेठारालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले […]
राजेन्द्र बिक बाजुरा,२२भदौ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)बाजुराको ८औं जिल्ला सम्मेलन खेमराज साउंद लाई जिल्ला अध्यक्ष सर्बसम्मत चयन गर्दै सम्पन्न भएको छ। सम्मेलनले ५१ सदस्यीय जिल्ला कमिटी पनि घोषण गरेको छ ।जसमा उपाध्यक्ष पदम रावत,शुशिला शाही, छक्कलाल थापा सचीव मा बलमान धामी सह-सचिव मा नवराज बुढा मोहन बडुवाल ,अर्जुन सुनार र कोषाध्यक्ष मा […]
नागरिक रैबार/बाजुरा २२ भदौ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराको समानान्तर कमिटी पनि नेकपा एकिकृत समाजवादी पार्टी निकट युवा संघमा समाहित भएको छ । मंगलबार राष्ट्रिय युवा संघ नेपाल बाजुराले एक विज्ञप्ति जारी गर्दै यस अघि राष्ट्रिय युवा संघ नेपालले गठन गरेको समानान्तर कमिटी एकिकृत समाजवादी पार्टीको युवा संघमा समाहित भएको हो । […]
नागरिक रैबार/बाजुरा २२ भदौ। नेकपा एकिकृत समाजवादी पार्टी बाजुराको प्रथम विस्तारित बैठक सम्पन्न भएको छ । सोमबारबाट सदरमुकाम मार्तडीमा बसेको प्रथम विस्तारित बैठकले गरेका निणर्यहरु मंगलबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष गगन रावलले पार्टीलाई व्यवस्थित गर्नका लागि विभिन्न विभागहरुको जिम्मेवारी बाँडफाँड गरेको पत्रकार सम्मेलनमा बताएका छन् । उहाँका […]