होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बल्दे-दवारी सडकमा जोखिमपूर्ण पैदल यात्रा (फोटोफिचर)
समाचार

बल्दे-दवारी सडकमा जोखिमपूर्ण पैदल यात्रा (फोटोफिचर)

  • नागरिक रैबार
बल्दे-दवारी सडकमा जोखिमपूर्ण पैदल यात्रा (फोटोफिचर)

नागरिक रैबार/बाजुरा ३१ भदौ। बाजुराको सदरमुकाम मार्तडीसम्मको सडक सम्वन्ध टुटेकोे करिव ३ महिना वित्यो । वर्षातकै कारण सडक माथिबाट खसेको पहिरोका कारण बल्दे-दवारी सडकको नामोनिसान समेत देखिदैन् ।

No description available.

३ वर्ष अगाडि पक्की बनेको सडक लगातार २ वर्षदेखिको वर्षासंगै सडक माथिबाट खसेको पहिरोका कारण उक्त ठाउँमा जोखिमपूर्ण पैदल यात्रा गर्दै हिड्नु पर्ने स्थानीयको बाध्यता छ । हिँउदको समयमा सदरमुकाम मार्तडीबाटै बसमा यात्रा गर्ने स्थानीयहरुले अहिले बसहरु चढ्ने ठाउँसम्म पुग्नका लागि २ वटा गाडीहरुमा यात्रा गर्नुपर्ने बाध्यता छ ।

विज्ञापन

No description available.

सदरमुकाम मार्तडीबाट धनगढी लगायतका ठाउँहरुमा जानका लागि स्थानीयहरुले बल्दे-दवारी सडकमा जिउज्यानको बाजी लगाएर आवतजावत गर्नु पर्ने बाध्यता २ वर्ष देखि रहँदै आएको छ । राज्यले बल्दे-दवारी सडकको स्तरोन्नति नगर्दा अहिले स्थानीयहरु दुखकष्ट भोग्दै आएको नागरिक अगुवा गोरखबहादुर सार्की बताउँछन् ।

No description available.

अहिले सदरमुकामबासीका लागि आवश्यक पर्ने खाद्यन्न लगायत भौतिक पुर्वाधारका सामाग्रीहरु स्थानीयहरुले आफ्नो ज्यान जोखिम्मा पारेर ढुवानी गर्ने गरेका छन् ।बल्दे दवारी सडक पहिरोकै कारण भत्किएर सवारी साधानहरु नचलेपछि सदरमुकाम मार्तडीमा दैनिक उपभोग्य सामाग्रीसहित भौतिक पुर्वाधारका सामाग्रीको मुल्यमा बृद्धि भएको छ ।

No description available.

भौतिक पुर्वाधार निर्माणका लागि चाहिने आवस्यक सामाग्रीहरु अहिले मार्तडी बजारमा उपलव्ध हुन नसकेपछि मार्तडीमा अधिकाँस घरहरु निर्माण कार्य ठप्प बनेका छन् । मार्तडीमा दैनिक उपभोग्य सामाग्री विक्री गर्दै आएका व्यापारी हंसबहादुर सिंह भन्छन् बल्दे-दवारी सडक नखुलेकै कारण मानिसहरुबाट सामाग्री ढुवानी गर्दा महंगो पर्ने भएकाले विगतको भन्दा दैनिक उपभोग्य सामाग्रीमा मुल्य बढेको हो ।

No description available.

बल्दे-दवारी सडक खुलानका लागि सडक डिभिजन कार्यालयसंग निरन्तर समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन् । उहाँका अनुसार मौषममा सुधार आएपछि सो सडक खुलाउन सकिनेछ ।

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार