होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज ५, २०७८
जोडिनुहोस
  • होमपेज
  • राम्रो नेपाल
  • बाजुरामा वर्षकै उत्कृष्ठ कर्मचारीमा चयन भए अपरेटर रावल
राम्रो नेपाल

बाजुरामा वर्षकै उत्कृष्ठ कर्मचारीमा चयन भए अपरेटर रावल

  • नागरिक रैबार
बाजुरामा वर्षकै उत्कृष्ठ कर्मचारीमा चयन भए अपरेटर रावल

नागरिक रैबार/बाजुरा २२ भदौ। जिल्ला प्रशासन कार्यालय बाजुरामा कम्प्युटर अपरेटर पदमा कार्यरत नैन रावल वर्षकै उत्कृष्ट कर्मचारीमा चयन भएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाजुरामा विगत ७ वर्षदेखि कार्यरत रावललाई कार्यालयको सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउन महत्वपूणर् भुमिका निर्वाह गरेको भन्दै बर्षकै उत्कृष्ट कर्मचारी चयन भएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन् ।

राष्ट्र सेवक कर्मचारीहरुलाई कार्य सम्पादन प्रति प्रेरित गर्ने उद्देश्यले गरिएको बार्षिक मुल्याकंनको सिलसिलामा सहकर्मीहरुको सिफारिस, सेवाग्राहिको पृष्ठ पोषण एंव सुपरिवेक्षकहरुको मुल्याकंन समेतका आधारमा रावललाई २०७७/७८ को वर्षको उत्कृष्ट कर्मचारी चयन भएको प्रजिअ अधिकारीले बताएका छन् ।

विज्ञापन

रावललाई निजामति सेवा दिवसको अवसरमा बाजुराको वर्षकै उत्कृष्ट कर्मचारीमा चयन गरिएको हो । निजामती सेवा दिवसको अवसरमा बाजुरामा उत्कृष्ट कर्मचारी घोषणा भएपछि रावलले भने यस सम्मानले अझ थप जिम्मेवारी थपिएको महसुस भएको छ । कार्यालयको शिर उचो हुने गरि कार्यसम्पादन गर्ने पर्यत्न जारीरहने छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार