होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज ५, २०७८
जोडिनुहोस
  • होमपेज
  • त्रिवेणी
  • पदम खत्रीको स्मृतिमा खुला भलिबल तथा साँस्कृतिक कार्यक्रम गरिने
त्रिवेणी

पदम खत्रीको स्मृतिमा खुला भलिबल तथा साँस्कृतिक कार्यक्रम गरिने

  • नागरिक रैबार
पदम खत्रीको स्मृतिमा खुला भलिबल तथा साँस्कृतिक कार्यक्रम गरिने

नागरिक रैबार/बाजुरा २७ भदाै । जिल्लाको त्रिबेणी नगरपालिका ९ पैमामा स्थापित पदम खत्री स्मृति प्रतिष्ठानले बिगत तीन बर्ष देखि विभिन्न कार्यक्रम गरि मनाउँदै आएको छ ।

स्वर्गीय पदम खत्रीका छोराहरुले स्वर्गीय बुबाको सम्झनामा स्थापना गरीएको पदम खत्रि स्मृति प्रतिठान बाजुरा स्थापना गरीएको हो । हरेक बर्ष संचालन हुदै आईरहेको कार्यक्रमलाई यो बर्ष पनी निरन्तरता दिने हेतुले कार्यक्रमको आयोजना गरीएको प्रतिष्ठानका अध्यक्ष अमरसिंह खत्रिले बताए । अध्यक्ष खत्रिका अनुसार हरेक बर्ष गरीदै आएको कार्यक्रमलाई निरन्तरता दिदै थप प्रभावकारी बनाउदै जाने बताए ।

कार्यक्रम हरेक बर्ष नेपालीहरुकाे महान चाँड बिजया दशमीको अवसरमा मनाउदै आईएको छ । कार्यक्रम मिति २०७८ अषोज ३० गते देखि ५ दिनसम्म कार्यक्रम गरिने भएको छ । कार्यक्रममा खुला भलिबल प्रतियोगिता गरीने भएको छ ।

विज्ञापन

त्यस्तै कार्यक्रममा स्थानीय तथा राष्ट्रीय कलाकारहरुका साथ साँस्कृतिक कार्यक्रम गरी मनाईने प्रतिष्ठानले मार्तडीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पत्रकार सम्मेलनमा बोल्दै त्रिबेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावलले पदम खत्री स्मृति प्रतिष्ठानले बिगत तिन बर्ष देखि संचालन गर्दै आईरहेको कार्यक्रम एकदमै प्रभावकारी रहेको बताउनुभयो ।

प्रतिष्ठानले आफ्नो फाईदाको लागी नभएर जनताको मनोरञ्जनका लागी आफुले ब्यक्तिगत लगानीमा भए पनी कार्यक्रमको आयोजना गर्दै आएकोमा प्रतिष्ठानलाई धन्यवाद समेत दिनुभयो । प्रतिष्ठानलाई आफुले सकेसम्मको सहयोग गर्न तयार रहेको बताए । आफुले प्रतिष्ठानलाई आगामी दिनमा समेत सहयाेग गरीरहने प्रतिवद्धता जनाउनुभएको छ ।

पदमखत्री स्मृति प्रतिष्ठान बाजुराका अध्यक्ष अमरसिंह खत्रीको अध्यक्षतामा संचालन भएको पत्रकार सम्मेलनको प्रमुख अतिति त्रिबेणी नगरपालिकाका नग प्रमुख रामसिंह रावल रहनुभएको थियो । कार्यक्रममा पदम खत्री स्मृति प्रतिष्ठान का कोषाध्यक्ष राजेन्द्र खत्री सल्लाहाकार समिति संयोजक कर्ण थापा लगाएतको सहभागिता रहेको थियो । पदम खत्री स्मृति प्रतिष्ठान बाजुराका सचिव दयाराम थापाले संचालन गरेको पत्रकार सम्मेलनमा कार्यक्रम बारे पदम खत्री स्मृति प्रतिष्ठानका अध्यक्ष अमरसिंह खत्रीले प्रष्ट पार्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार