होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अखिल क्रान्तिकारी बाजुराको ८औं सम्मेलन सम्पन्न
समाचार

अखिल क्रान्तिकारी बाजुराको ८औं सम्मेलन सम्पन्न

  • नागरिक रैबार
अखिल क्रान्तिकारी बाजुराको ८औं सम्मेलन सम्पन्न

राजेन्द्र बिक बाजुरा,२२भदौ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)बाजुराको ८औं जिल्ला सम्मेलन खेमराज साउंद लाई जिल्ला अध्यक्ष सर्बसम्मत चयन गर्दै सम्पन्न भएको छ।

सम्मेलनले ५१ सदस्यीय जिल्ला कमिटी पनि घोषण गरेको छ ।जसमा उपाध्यक्ष पदम रावत,शुशिला शाही, छक्कलाल थापा सचीव मा बलमान धामी सह-सचिव मा नवराज बुढा मोहन बडुवाल ,अर्जुन सुनार र कोषाध्यक्ष मा सुनिता भण्डारी लाई चयन गरेको अखिल क्रान्तिकारी बाजुराका इन्चार्ज गोकुल बिक ले बताएका छन्।

शैक्षिक निजीकरण ,माफियाकरण र ब्यापारिकरणका विरुद्ध हाम्रो आन्दोलन ,राष्ट्रियता जनतन्त्र र जनजिबिकाको पक्षमा ८औं जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ सदरमुकाम स्थित अपि होटेलको हलमा संचालन भएको सम्मेलनको अध्यक्षता अखिल क्रान्तिकारी बाजुराका संयोजक पारस बुढाले गर्नुभएको थियो भने प्रमुख अतिथि अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष दिपेश पुन रहनु भएको थियो।

विज्ञापन

सम्मेलनमा बिशिस्ट अतिथिको रुपमा माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश कमिटी सदस्य दिपक बुढा,कमल कुमारी शाह र अखिल क्रान्तिकारी प्रदेश कमिटी संयोजक मदन भुल सह-संयोजकहरु दिपक डिसि,भिम भट्ट,गम्भीर साउंद,पार्बती नेगि ,दिपक रोकाया लगायत रहनु भएको थियो।सम्मेलनमा बाजुरा जिल्ला स्थित ९ओटै स्थानिय तह बाट १सय६०जना जति विद्यार्थी प्रतिनिधिहरु सहभागी भएका थिय।

अखिल क्रान्तिकारिले असोज ८-१०सम्म काठमाडौमा संचालन गर्ने २२औं राष्ट्रिय सम्मेलनको पुर्बसन्ध्यामा देशै भरीका सबै जिल्लामा जिल्ला सम्मेलनहरु तिब्रताका साथ गरिरहेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार