होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदुरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीको अध्यक्षमा चेतन ऐडी
समाचार

सुदुरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीको अध्यक्षमा चेतन ऐडी

  • नागरिक रैबार
सुदुरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीको अध्यक्षमा चेतन ऐडी

नागरिक रैबार/बाजुरा ३ असोज। देशकै दोस्रो ठुलो बिश्व बिद्धालय सुदुरपस्चिम बिश्वबिद्धालय राष्ट्रिय कमिटीको अध्यक्षमा बाजुराका चेतन ऐडी चयन भएका छन ।जिल्लाकै ठूलो क्याम्पस बाजुरा क्याम्पसका स्वबियु सभापति, अखिलका केन्द्रीय सदस्य समेत रहेका ऐडीलाई अनेरास्ववियुको स्थायी कमिटीको बैठकबाट बिश्वबिद्धालय अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो ।

No description available.

ऐडी प्रति बिगतमा पटक पटक अखिलको नेतृत्वबाट अन्याय गरिएको भन्दै सर्बत्र आलोचना गरिएको थियो ।बाजुरा जिल्लामा युवा बिध्यार्थीको माझमा राम्रो पकड बनाएका ऐडी अत्यन्तै लोकप्रिय विद्यार्थी नेताको रूपमा परीचित छन । उनको लोकप्रियताले अखिल र नेबिसङ्गको झिनो मत अन्तर भएको बाजुरा क्याम्पसमा २०७३ को स्वबियु चुनावमा नेबिसङ्ग अध्यक्षलाई पराजित गर्न सफल भएका थिए । जिल्लामा अत्यन्तै रचनात्मक ब्यबसाय संचालन गरेर पनि उनी बाजुरेली युबाहरुको प्रेरणाका स्रोत बनेका छन ।

विज्ञापन

को हुन ऐडी ?

बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका स्थायी घर भएका ऐडी निडर,क्रान्तिकारी र सिर्जशील स्वभावका ब्यक्ति हुन । त्रिबेणी नगरपालिका काङ्ग्रेसको किल्लाका रूपमा परिचीत छ । ऐडीको प्रभावले एमालेको सङ्गठन बलियो बन्दै गैरहेको बिश्लेषण गरिन्छ ।

No description available.

संकटकालमै मालिका माबिको प्राक सदस्य हुँदै कैलाली क्याम्पस प्लस टु कमिटीको उपाध्यक्ष,बाजुरा क्याम्पस कमिटीको सचीव, बाजुरा जिल्ला कमिटी सदस्य,सचिवालय सदस्य, सह सचिब,कोषाध्यक्ष हुँदै अखिलको २२ औं महाधिवेशनमा सेती अञ्चल बाट अत्यधिक मतले राष्ट्रिय परीषद सदस्य निर्बाचित भएका थिए ।

२०७३ को फागुनमा सप्पन्न स्वतन्त्र बिध्यार्थी युनियनको चुनावमा बाजुरा क्याम्पसको स्वबियु चुनावमा बिजयी भएका थिए । उनी भन्दा अगाडिको स्वबियु सभापति हरी रोकाया हुन ।

रोकाया गौमुल गाउँपालिकाको अध्यक्ष भैसका छन । पार्टी एकता प्रक्रियामा कुनै पनि जिम्मेवारी प्राप्त नगरेका ऐडीले एमाले बिभाजन भएपछि मात्र जिम्मेवारी पाएका छन । कतिपयले पार्टी भित्रै बाट उनको क्षमता देखेर रोक्ने प्रयास गरिएको विश्लेषण गर्न थालेका छन ।

ऐडीको आगामी भबिस्य कस्तो?

 त्रिबेणी नगरपालिका (साबिकका कैलाश्माण्डौ, तोली छातारा)पन्चायत पछाडि एकलौटी काङ्ग्रेसको किल्ला थियो । कैलाशमाण्डौ गाबिस बाजुरा जिल्लाकै सबैभन्दा मतदाता बढी भएको गाबिस हो । त्यहाको एमालेले युबा नेतृत्वको खोरहदा चेतन ऐडीको उदय भयो । एमालेको खासै प्रभाव शाली नेतृत्व नजन्मिएको त्रिबेणीमा ऐडीलाई पछिल्लो पुस्ताको आशलाग्दो नेतृत्वको रूपमा हेरिएको छ ।

उनलाई एमालेको तर्फबाट आगामी मेयरको उम्मेदवारको रूपमा हेरिएको छ । युवा माझ अत्याधिक रुचाइएका ऐडी सामाजिक बैचारिक सबै दृष्टिकोणले उपयुक्त पात्र मानिदै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार