होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाज
  • मार्तडीमा आगामी साेमबारबाट अनन्ते मेला लाग्दै
समाज

मार्तडीमा आगामी साेमबारबाट अनन्ते मेला लाग्दै

  • नागरिक रैबार
मार्तडीमा आगामी साेमबारबाट अनन्ते मेला लाग्दै
फाइल फोटो

नागरिक रैबार/बाजुरा १ असोज । सदरमुकाम मार्तडीबासीको दशैं तिहार पछिको दोस्रो ठुलो पर्व अनन्ते मेला यस वर्ष यही भदौ ४ देखि ६ गतेसम्म लाग्ने भएको छ । दशैँ र तिहारपछिको दोस्रो ठूलो पर्वका रुपमा मनाईने अनन्ते मेला आगामी सोमबारबाट विधिवत रुपमा सूरु हुने भएको हो ।

सदरमुकाम मार्तडीको मालिका मन्दिरमा लाग्ने उक्त मेलामा यहाँका स्थानीयहरुले रातदिन आ-आफ्नै शैली र परम्परा झल्किने गरी अनन्ते खेल्ने गरेका छन् । जब नेपालमा नेपाली र अंग्रेजहरुको युद्ध चलेको थियो । त्यही युद्धको बेलादेखि नेपालमा यस अनन्ते मेलाको सुरुवात भएको र अंग्रेजहरुले नेपालीलाई अन्याय गरेकोले अन्यायको अन्यहोस् भनेर अनन्ते मेला पर्व मनाउने चलन रहेको स्थानीयले बताएका छन् ।

यो पर्व मनाएपछि आफूले सोचेका मनोकांक्षा पूरा हुने स्थानीयहरुको जन विश्वास रहदै आएको छ ।यस पर्वलाई महाभारतमा कौरवसँगको लडाइमा पाण्डवहरुले गरेको विजय प्राप्तिको खुसियालीमा पाण्डवका समर्थक तथा न्यायका पक्षधरले मनाउने विजय उत्सवको रुपमा यो पर्व हरेक वर्ष मनाउने गरिन्छ । तर अघिल्लो वर्ष कोरोना महामारीका कारण मेला लागेको थिएन् । यस वर्ष भने बडीमालिका नगरपालिकाले मेला लागेपनि सिमित समयसम्म मात्र लाग्न दिने निणर्य गरेको छ ।

विज्ञापन

अनन्ते पर्वलाई सत्यको विजय भएको दिनको सम्झनामा मनाउने गरिन्छ । मेला अवधीभर लाखेनाच, माँगल, पाण्डवहरुको युद्ध कौशल, लडाईको युद्ध नीतिका बारेमा चर्चा परिचर्चा गर्ने गरिन्छ । स्थानीय लोक सँस्कृति र जिल्लाको पहिचान स्वरुप मनाइने अनन्ते मेला जिल्लाका मार्तडी, जुगाडा, आटीचौर, बुढीगंगा, बाह्विस लगाएत एक दर्जन बढी क्षेत्र धुमधामका साथ मनाइने गरिन्छ ।

देउडा साँस्कृतिको जगेर्ना, आफन्तसँगको भेटघाट र मित्रताको सूरुवातको संकेतका रुपमा पनि यस पर्वलाई मनाउने गरिएको स्थानीय बासीले बताउने गरेका छन् । मेलाको अवसर पारेर यतिखेर माईतमा गएकि चेली, लेक खर्क बेसीबाट आफन्त, गोठाला, विद्यार्थी र कर्मचारी एकै ठाँउमा जम्मा हुने गर्दछन् ।

मेलामा मेला हेर्न आउनेहरुका लागि होटल, पसलहरु समेत राख्ने गरिन्छ । मेला अवधीभर कौरव पाण्डवको युद्ध कला बाहेक, दिनरात देउडा, दोहोरी लगाउने चलन छ । केटा र केटी एक आसपमा माया प्रेमसँगै महाभारतको कथाबस्तुलाई कलात्मक पाराबाट व्यक्त गर्ने गर्दछन् ।

पुरुषको पर्वका रुपमा चिनिने अनन्ते मेलामा पुरुषहरु गोल घेरामा लाम लागि हातमा काँसा घातुबाट निर्मित मीजुरा बजाएर दुई पट्टिले पालै पालो गीत, गाथा गाएर रमाइलो गर्ने गर्दछन् । मेला अवधी भर स्थानीयले कुले देवता कैलाश र मष्टाको पूजा आजा गर्ने र पारिवारीक खुसी, दिर्घायु र सुख शान्तिका लागि कामना गर्ने गर्दछन् ।

यो अवधिमा ग्रह दशाका लागि भन्दै दर्जनौ बोका बलि दिने गरेका छन् । भाद्र शुक्ल पुर्णिमामा लाग्ने अनन्ते मेलालाई व्यवस्थित बनाउनका लागि बडीमालिका नगरपालिकाले यस वर्ष साँझ-९ बजे सम्म मात्र मेला मनाउन दिने निणर्य गरेको छ । त्यस्तै अनन्ते मेलामा भिडभाड गर्न नपाईने ,मास्कको अनिवार्य प्रयोग गर्नु पर्ने , मेला अवधिवर जाँड रक्सि जस्ता मादक पदार्थ, लागु पदार्थ विक्री वितरण एवंम सेवन गरेको पाइएमा कानुन बमोजिम कार्वाही गर्ने निणर्य गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार