होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मालिका माविको प्रथम त्रैमासिक परीक्षा आजबाट सूरु
समाचार

मालिका माविको प्रथम त्रैमासिक परीक्षा आजबाट सूरु

  • नागरिक रैबार
मालिका माविको प्रथम त्रैमासिक परीक्षा आजबाट सूरु

नागरिक रैबार/बाजुरा ३० भदौ। सदरमुकाम मार्तडीस्थित मालिका नमुना माद्यमिक विद्यालयले आजबाट प्रथम त्रैमाशिक परीक्षा संचालन गरेको छ ।

दोस्रो भेरियन्ट सहितको कोरोना महामारिका कारण गएको बैशाख पहिलो साताबाट बन्द भएको विद्यालयले कोरोना महामारीे नियन्त्रणमा आएपछि गत असार २५ गतेबाट विद्यालयमा पठनपाठन सूचारु गरेको थियो ।

कोभिड-१९ का कारण गत असार २५ गतेबाट विद्यालयमा स्वास्थ्यका मापदण्ड अपनाएर भौतिक उपस्थितिमै पठनपाठन सूचारु गरेको विद्यालयमा आजबाट प्रथम त्रैमासिक परीक्षा संचालन भएको विद्यालयका प्राचार्य शुभराज पाध्यायले बताएका छन् ।

विज्ञापन

आजबाट सुरू भएको प्रथम त्रैमासिक परीक्षामा सहभागी हुने १ देखि १० सम्मका विद्यार्थीलाई स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा संचालन गरिएको प्राचार्य पाध्यायले बताएका छन् । त्यस्तै कक्षा १ देखि ७ सम्मको परीक्षा भने दिउसो सञ्चालन गरिने विद्यालयले जनाएको छ । विद्यालयमा १ देखि १० सम्म १२ सय बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार