होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मार्तडीमा रहेको खाद्य डिपोमा चामल सकिएपछि विक्रि वितरण बन्द
समाचार

मार्तडीमा रहेको खाद्य डिपोमा चामल सकिएपछि विक्रि वितरण बन्द

  • नागरिक रैबार
मार्तडीमा रहेको खाद्य डिपोमा चामल सकिएपछि विक्रि वितरण बन्द

नागरिक रैबार/बाजुरा २९ भदाै। बाजुराको सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड शाखाको खाद्यन्न डिपोमा चामल सकिएको छ ।

वर्षातको समयमा जिल्लाको सदरमुकाम मार्तडी जोड्ने साँफे-मार्तडी सडक पहिरोका कारण अवरुद्ध भई चामल ढुवानी गर्न नसकेपछि डिपोमा चामल सकिएको हो ।

कम्पनिले सर्वसाधारण उपभोक्ताका लागि निरन्तर विक्री गर्दै आएकोमा कम्पनिमा रहेको मौज्दात चामल सकिएपछि अर्को व्यवस्था नहुन्जेल सम्मका लागि २८ गतेबाट चामल विक्री वितरण नै बन्द गरेको छ ।

विज्ञापन

शाखा कार्यालयमा अहिले कारागारका कैदि बन्दी र जिल्लामा भैपरि आउने दैविक प्रकोपका लागि तत्काल डिपोमा ७० क्वीन्टल चामल मौज्दात छ भने त्यस्तै १ सय ५० क्वीन्टल गुहँु मौज्दात रहेको कम्पनिका निमित्त शाखा प्रमुख सन्तोष विकले बताएका छन् ।

उहाँका अनुसार मौज्दात रहेको चामल सर्वसाधारणका लागि विक्रि वितरण बन्द गरिएको र गहँु विक्रि वितरण भईरहेको छ ।गत वर्षको ठेका पट्टा अनुसार चामल ढुवानी हुन नसकेपछि खाद्यन्न अभाव भएको कम्पनिले जनाएको छ ।

वर्षातको समयमा जिल्ला सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग साँफे-मार्तडी सडक अवरुद्ध भएपछि तत्काल चामल ढुवानी गर्न समस्या भएको कम्पनिको भनाई छ । खाद्य डिपोमा चामल सकिएपछि स्थानीयहरुलाई बजारको महंगो मुल्यमा चामल किन्नु पर्ने बाध्यता भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार