होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १५ चैत्र। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि बाजुरामा आजबाट म्यादी प्रहरीको छनोट सूरु गरिएको छ । बाजुरामा म्यादी प्रहरीमा भर्ना हुनका लागि १६ सय ४७ जनाले आवेदन दिएका थिए । जसमा ४ सय ४९ जना महिला र ११ सय ९८ जना पुरुष रहेका छन् । ६ सय ६७ […]
नागरिक रैबार/बाजुरा १४ चैत्र। आगलागीबाट जलेर उपचारको क्रममा मृत्यु भएकि बडीमालिका नगरपालिका ३ कि पिप्सेकी फुँगी खड्काको परिवारलाई सामुदायिक वन उपभोक्ता महासंघले आर्थिक सहयोग गरेको छ । एक वर्ष अगाडि सोही वडाको पिप्से टोल नजिकैको घटाल सामुदायिक वनमा आगलागी हुँदा खड्का खड्का जलेर घाईते भएकि थिईन् । आगलागिबाट घाइते भएकि खड्काको उपचारको क्रममा काठमाडौंमा मृत्यु […]
नागरिक रैबार/बाजुरा १४ चैत्र। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाजुरामा ८२ हजार ६ सय ९० जना मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले आईतबार २०७९ बैशाख सम्म १८ वर्ष पुरा भएका मतदाताहरुको अन्तिम नामावली सार्वजनिक गरेको थियो । जसमध्ये बाजुरामा ४२ हजार १ सय २१ पूरुष रहेका छन् भने ४० हजार […]
नागरिक रैबार/ बाजुरा १४ चैत्र। बाजुराको हिमाली गाउँपालिका १ नेटामा प्रहरी चौकीको स्थापना गरीएको छ । तत्कालिन माओबादी दन्द्धको समयमा बिस्थापीत बिच्छाया प्रहरी चौकी २२ बर्ष पछि आईतबार पुनः स्थापना गरिएको छ । २२ बर्ष अघि बिच्छायाबाट बिस्तापीत प्रहरी चौकी हिमाली ५ कवाडीमा सरेपछि साबिकको बिच्छाया गाबिस प्रहरी चौकी बिहिन भएको थियो । आईतबार प्रमुख […]
नागरिक रैबार/बाजुरा १३ चैत्र। गौमुल गाउँपालिकामा गाउँपालिका स्तरीय दलित एकता अधिकार मंच गठन गरिएको छ । दलित एकता अधिकार मंचको प्रथम गाउँपालिका स्तरीय भेलाले नयाँ कार्य समिति गठन गरेको छ । जसमा अध्यक्षमा कौशल विक, उपाध्यक्षमा रामबहादुर ल्वार, कोषाध्यक्षमा सिर्जना विक, सचिव तिलक विक, सहसचिव प्रदीप सार्की, नरेन्द्र विक, सदस्य दिपक विक लगायत १५ सदस्यीय […]
नागरिक रैबार/बाजुरा १३ चैत्र। बाजुरामा म्यादी प्रहरीका भर्ना हुनका लागि लागि १६ सय ४७ जनाले आवेदन दिएका छन् । बाजुरामा ६ सय ६७ जनाको कोटामा १६ सय ४७ जनाले आवेदन दिएकोे जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । प्रहरीका अनुसार ४ सय ४९ जना महिला र ११ सय ९८ जना पुरुषले म्यादी प्रहरीका लागी आवेदन […]
नागरिक रैबार/बाजुरा १३ चैत्र।निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६७६ जना निर्वाचन अधिकृत तोकेको हो । आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ भने बाँकी रहेका स्थानीय तहमा जिल्ला […]
नागरिक रैबार/बाजुरा १२ चैत्र। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले फेरी सञ्चालनमा ल्याएको छ। कर्णाली नदीमा तत्काल पुल निर्माण गर्न कठिनाइ भएपछि गाउँपालिकाले फेरी सञ्चालनमा ल्याएको हो। आर्थिक वर्ष २०७५।०७६ को बजेटबाट एक करोड ७४ लाख रुपैयाँ लागतमा गाउँपालिकाले फेरी निर्माण गरेको गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले जानकारी दिए। नदीबाट यातायातका साधान वारपार गराउन कर्णालीमा फेरी सञ्चालनमा ल्याइएको […]
नागरिक रैबार/बाजुरा १२ चैत्र । बाजुरामा जङ्गली मेलमा नास्पाती फलाउने योजना सफलतातर्फ उन्मुख भएको छ। कृषि ज्ञान केन्द्र बाजुराले जंगलमा पाइने मेल प्रजातीको बोटमा कलमी गरेर नास्पाती फलाउने योजना अघि सारेको थियो। नास्पातीकै सानो जातिका रुपमा चिनिएको मेललाई कलमी गरेर नास्पाती बनाउने योजना सफल भइरहेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरि पनेरुले बताए। कृषि ज्ञान […]
नागरिक रैबार/ बाजुरा १२ चैत। बाजुराकाे गौमुल गाउँपालिकामा एक जना किशोरीकाे भिरबाट लडेर मृत्यु भएकाे छ । मृत्यु हुनेमा साेही गाउँपालिका ६ कि कलु चदाँराकी १७ वर्षीया छोरी पुष्पा चदाँरा रहेकि छन् । घरका लागि सामान किन्न पसल गएर घर फर्किने क्रममा रातीमाटाे भन्ने भिरबाट लडेर मृत्यु भएकाे आफन्तले बताएका छन् । किशोरीकाे ५० मिटर तल […]
नागरिक रैबार/बाजुरा ११ चैत्र। जिल्लाको हिमाली गाउँपालिकामा पनि आजबाट दुईदिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।जिल्ला अस्पताल बाजुराको सयुक्त आयोजनामा हिमाली गाउँपालिका केन्द्र धुलाचौरमा आजबाट निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरिएको हो । दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा दिन आजबाट गाउँपालिकाको धुलाचौरमा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् […]
नागरिक रैबार/बाजुरा ११ चैत्र। जिल्लाको बुढीगंगा नगरपालिकामा आजबाट ३ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । शसत्र प्रहरी बल नेपालको आयोजना र महान्याधिवक्ताको कार्यालय काठमाण्डौंको सहयोगमा उक्त शिविर आजबाट बुढीगंगाको टाँटे स्वास्थ्य चौकीमा शिविर संचालन गरिएको हो । शिविरको एक कार्यक्रमका विच महान्याधिवक्ता खम्मबहादुर खातिले उद्धघाटन् गरेका हुन् । आजबाट ३ दिनसम्म संचालन हुने […]
नागरिक रैबार/बाजुरा १० चैत्र। मार्तडी बजारका व्यापारीहरुले उपभोक्ताबाट खाद्य बस्तुको मुल्यमा मनोमानि तरिकाले रकम लिन थालेको गुनासो बढेपछि बजार अनुगमन गरिएको छ । विहिबार बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टको नेतृत्वमा मार्तडी बजारमा रहेका पसलहरुको अनुगमन गरिएको हो । बजारमा व्यापारीहरुले खाने तेल लगायतका खाद्य बस्तुमा मनोमानि तरीकाले रकम लिन थालेको भनेर नगरपालिकाको गुनासो आएपछि बजार […]
बाजुरा: बाजुरामा खुकुरी देखाएर तर्साउन खोज्ने युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बडीमालिका नगरपालिका–८ का २० वर्षीय काले भन्ने भीम रावल रहेका छन्। उनी होलीको दिनमा नाङ्गो खुकुरी देखाएर फरार रहेका थिए। उनले होलीको दिन दिउँसोको समयमा सदरमुकाम मार्तडी बजारमा मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा नाङ्गो खुकुरी देखाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। […]
नागरिक रैबार/बाजुरा ९ चैत्र। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा बडीमालिका मन्दिरमा दर्शन गर्नका लागि बाजुरा आएका छन् । प्रधानसेनापति शर्मा बुधबार विहान नेपाली सेनाको हेलिकप्टर मार्फत बाजुरा आएका हुन् । प्रधान सेनापति शर्माले बडीमालिका मन्दिरमा विहान दर्शन गरेका छन् । त्यस्तै उनले सदरमुकाम मार्तडीमा रहेको दुर्गा भन्जन गुल्मको निरिक्षण समेत गरेका छन् ।
नागरिक रैबार/बाजुरा ८ चैत्र। बाजुरा जिल्लाका विपन्न तथा असाहय १० जना बालवालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । कल्याण फाउण्डेसन अमेरिकाको आर्थिक सहयोग तथा बडीमालिका नगरपालिका र बडीमालिका मिडिया हाउसको समन्वयमा १० जना विपन्न असाहय बालवालिकालाई शैक्षिक सामाग्री गरिएको हो । मंगलबार बडीमालिका नगरपालिकाको सभाहलमा विपन्न बालवालिकालाई लक्षित गरेर छात्रवृती सहयोग शुभारम्भ कार्यक्रम गरिएको बडीमालिका […]
बाजुरा: बाजुराको करिब १ लाख जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार बाजुराको जनसंख्या १ लाख ३८ हजार ९ सय ९८ रहेको छ। ती मध्ये ८५ हजार ८ सय ६७ जनसंख्या गरिबीको रेखामुनि रहेका छन्। बाजुराको गरिबी दर निकै माथि रहेको मानव अधिकार वर्ष पुस्तक २०२२ को […]
नागरिक रैबार/बाजुरा ७ फागुन। बाजुराको बुढीनन्दा नगरपालिकामा दुई दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ। शुक्रबार र शनिबार सञ्चालित विशेषज्ञ सेवासहितको निस्शुल्क स्वास्थ्य शिविरमा तेह्र सयजना स्थानीयले स्वास्थ्य सेवा लिए। बुढीनन्दा नगरपालिका र गण्डकी मेडिकल कलेज पोखराको सहकार्यमा शिविर सञ्चालन गरिएको हो। बाजुराका साथै सीमावर्ती अन्य जिल्लाका स्थानीयलाई समेत सेवा दिने उद्देश्यले शिविरका लागि पहल गरिएको […]
राजेन्द्र बिक — बाजुराका पशुपालक किसानलाइ उन्नत जातको रांगा बितरण गरिएको छ। भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराको आर्थिक बर्ष ०७८/०७९को बार्षिक स्वीकृत बजेट अनुसार नश्ल सुधारको लागि उन्नत मानिएको मुर्रा जातका रांगा(पाडा)हरु स्थानिय भैंसी पालक किसान हरुलाइ बितरण गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराका पशु सेवा प्राबिधिक भिम बहादुर […]
नागरिक रैबार/बाजुरा ४ चैत। सूचनाकाे हक सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम काेल्टीमा सम्पन्न भएकाे छ । बुढीनन्दा नगरपालिका न्यायिक समितिको आयोजनामा उक्त कार्यक्रम काेल्टीमा सम्पन्न भएकाे हाे । जिल्लाका स्थानीय तह र सरकारी तथा गैर सरकारी कार्यालयबाट जनताले सूचना पाउने अधिकारकाे बारेमा सराेकारवालाविच अन्तरक्रिया गरिएको छ । अन्तरक्रियाकाे राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओलीले सहजिकरण […]