होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ३० बैशाख। जिल्लाको गौमुल गाउँपालिकामा ३ बजेसम्म ७५ प्रतिशत मत खसेको छ । गौमुल गाउँपालिकाका निर्वाचन अधिकृत शान्ति बहादुर बस्नेतका अनुसार गाउँपालिकाका सवै वडामा शान्तिपूर्ण तरिकाले मतदान भईरहेको छ । विहान ५ बजेदेखि सुरु भएको मतदान कार्यक्रममा गाउँपालिकामा रहेका ६ वटा वडामा ७५ प्रतिशत मतदान भईसकेको छ । गाउँपालिकामा ६ हजार ५४ जना […]
नागरिक रैबार/बाजुरा ३० बैशाख।बडीमालिका नगरपालिका वडा नं. ९ को मालिका माविको मतदान केन्द्रमा २ बजेसम्म ८ सय ३५ मत खसेको छ । विहान ७ बजेबाट सूर भएको मतदानमा सो वडाको मालिका माविको (क) मतदान केन्द्रमा ३ सय ९० र (ख) मतदान केन्द्रमा ४ सय ४५ मत खसेको बताईएको छ । बडीमालिका नगरपालिका ९ मा कुल […]
नागरिक रैबार बाजुरा ३० बैशाख बाजुराको बुढीगंगा नगरपालिका वडा नं. ७ को सारदा मावि, जगन्नाथको २ र बुढीगंगाकाे ५ नम्बर वडामा मतदान प्रक्रिया स्थगित गरिएको छ । निर्वाचन स्थलबाहिर एमाले र काँग्रेसका कार्यकर्ताविच विवाद भएपछि सो मतदान केन्द्रहरुमा मतदान प्रक्रिया स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुढीनन्दा […]
नागरिक रैबार/बैशाख ३० बाजुरा । बाजुरा जिल्लामा स्थानीय तह निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ। नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य पदका लागि मतदान सुरु भएको हो। विहान ७ बजेदेखि नै जिल्लाका ९ वटै स्थानीय तहका १ सय १२ वटा मतदान केन्द्रमा मतदान सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। बाजुराको बडीमालिका नगरपालिकाको मतगणना जिल्ला समन्वय समितिको कार्यालय परिसरमा रहेको समिक्षालय भवन भित्र गरिने भएको छ । बडीमालिका नगरपालिका अन्तरगतका ९ वटै वडाका उम्मेदवार र नगरका मेयर उपमेयरका उम्मेदवारहरुको लागि हुने निर्वाचनको मतगणना उक्त भवनमा गरिने मुख्य निर्वाचन अधिकृतकोे कार्यालय बडीमालिकाले जनाएको छ । भोलि शुक्रबार स्थानीय तहको निर्वाचन हुँदैछ । […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। बाजुरामा स्थानीय तहको निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामाग्रीसहित कर्मचारीहरु सम्बन्धित क्षेत्रमा पठाएर भोली शुक्रबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी नवराज अवस्थिले बताएका छन् । निर्वाचन अधिकारी अवस्थीका अनुसार जिल्लाका ९ वटै स्थानीय तहमा तोकिएका ७० वटा […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। स्थानीय तह निर्वाचनको सुरक्षाका लागि बाजुरामा १५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । भोली वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्लाभर १५ सयबढी जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समिति बाजुराका संयोजक एंव प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताएका छन् । प्रजिअ पौड्यालका अनुसार बाजुराका ९ वटै […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। कैलालीको अत्तरियाबाट बाजुरा आउँदै गरेको बस डोटीमा दुर्घटना भएको छ। बिहीबार विहान डोटीको पूर्वीचौकी गाउँपालिका-४ सानागाउँमा सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस दुर्घटना भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा बसमा सवार ३० जना घाइते भएका छन्। उनीहरुमध्ये सामान्य घाइते भएकाहरुको स्थानीय क्लिनिकमा र अन्यलाई जिल्ला अस्पताल […]
नागरिक रैबार/बाजुरा २८ बैशाख । बुढीगंगा नगरपालिका ९ को त्रिशक्ति मावि मतदान केन्द्रबाट स्थानीय युवाले २२ वटा मतदाता परिपत्र चोरी गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मतदान केन्द्रमा खटिएका सहायक कर्मचारी देवकी गौतमले बुधबार दिउँसो मतदाता परिपत्र वितरण गर्दै गर्दा स्थानीय विकास थापाले कर्मचारीलाई छलेर २२ वटा मतदाता परिचय पत्र लिएको मतदान अधिकृत […]
नागरिक रैबार/बाजुरा २८ बैशाख । बाजुरा सदरमुकाम समेत रहेको मार्तडी बजार सुनसान बनेको छ । स्थानीय तहको निर्बाचान आउन २ दिन बाँकी रहेपछि सदरमुकाम मार्तडीमा विभिन्न व्यवासाय गर्दै आएका मतदाताहरू सदमुकाम छाेडेर मत खसाल्न गाउँतिर गएपछि सदरमुकाम मार्तडी सुनसान बनेको हो । सदरमुकाम मार्तडीमा रहेकाे बडीमालिका नगरपालिका वडा नम्बर ८ र ९ का मतदाताबाहेक अन्य […]
यतीबेला देश चुनाबी माहोलमा छ । यो माहोलमा उम्मेदवारहरु आफ्नो प्रचारप्रसामा ब्यस्त छन् । चुनाबी प्रचारप्रसारमा पुरुषलाइ त केहि अप्ठ्यारो हुँदैन तर महिलालाइ भने साह्रै अप्ठ्यारो हुने गरेको छ । महिला उम्मेदवारहरुलाइ प्रचारप्रसारको दौडधुप एकतिर हुन्छ भने घरको कामधन्दा अर्कोतिर । किनभने महिला उम्मेदवार महिलाले चुनाबी प्रचारमा मात्रै नभएर अन्य सबै क्षेत्रको काममा सबै घरको […]
नागरिक रैबार/बाजुरा २६ बैशाख। बाजुरा जिल्लाका ९ ओटै स्थानीय तहमा रहेका सबै मतदान केन्द्रमा निर्वाचन साम्रगी पुगेको छ । सबै भन्दा टाढा रहेको हिमाली गाउँपालिकाको गुम्बामा समेत मतदान अधिकृत सहित निर्वाचन साम्रगी पुगिसकेकाे मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले बताएका छन । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाजुरा जिल्लामा ५ सय ५८ जना […]
नागरिक रैबार /बाजुरा २६ बैशाख । नेकपा एमाले बडीमालिका नगर कमिटीले आज घरदैलो अभियानलाई सम्पन्न गर्ने भएको छ । नेकपा एमालेबाट उम्मेदवार बनेका मेयर/उपमेयर, वडा अध्यक्ष र वडा सदस्यका उम्मेदवारहरुको मनोनयन दर्तापछि नेकपा एमाले बडीमालिका नगर कमिटीले बैशाख १८ गते नगरपालिकामा वडा नं. ४ को रिलाबाट चुनावी घरदैलो अभियान सुरु गरेको थियो । नगरका ९ […]
बाजुरा । बाजुराको हिमाली गाउँपालिका-४ फैती गाउँ राजनीतिका कारण दुई चिरामा विभाजित छ । २०५४ सालको स्थानीय चुनावदेखि कांग्रेस-एमालेको रुपमा विभाजित स्थानीयबीच एकअर्काको भोज र मलामीसमेत बाराबार हुनेगर्दछ । दुई कित्तामा विभाजित स्थानीयको मन अहिलेसम्म मिल्न नसकेको स्थानीय चक्र मल्ल बताउँछन् । ‘हामी सानै थियौं, त्यो बेलादेखि कांग्रेस र एमाले बीच गाउँमा विवाद थियो, अहिलेसम्म […]
नागरिक रैबार बाजुरा २५ बैशाख। बाजुरा जिल्लामा ४ जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार बाजुरामा दलित महिला सदस्यको कोटामा चार जना निर्विरोध निर्वाचित भएका हुन्। दलित महिला सदस्यमा निर्विरोध निर्वाचित हुनेमा बुढीनन्दा नगरपालिका–४ मा एमालेबाट उम्मेद्वार बनेकी २६ वर्षीया बसन्ती चदारा, वडा नम्बर १० मा एमालेबाटै उम्मेदवारी दिएकी […]
नागरिक रैबार २५ बैशाख बाजुरा। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाजुराका ९ वटै स्थानीय तहमा कर्मचारीहरु खटाईएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्तिपत्र, मतपत्र लिई जिल्ला निर्वाचन कार्यालयबाट मतपेटिका तथा मतदानकार्यमा चाहिने आवश्यक सामाग्री लिएर कर्मचारी गाउँ खटाईएको जिल्ला निर्वाचन कार्यालय बाजुराले बताएको छ । बैशाख ३० गते हुने स्थानीय तहको […]
नागरिक रैबार बाजुरा २५ बैशाख बाजुरा जिल्लाका सरकारी कार्यालयका कामहरु भोलीबाट ३० गतेसम्म नहुने भएका छन् । जिल्ला प्रशासन कार्यालय बाजुराले आज एक सूचना जारी गर्दै जिल्लाका सरकारी कार्यालयमा अत्यावश्यक बाहेकका सेवाहरु २६ देखि ३० गते सम्म स्थगन गरिने बताएको छ । स्थानीय तहको निर्वाचनमा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारीहरु खटिनु पर्ने भएकाले जिल्ला प्रशासन लगायतका […]
बाजुरा २४ बैशाख बाजुराकाे हिमाली गाउँपालिका ५ कवाडीमा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ता बिच झडप भएको छ । शनिवार साँझ ७ बजेतिर भएको झडपमा नेपाली कांग्रेसका ३ र एमालेका २ जना घाइते भएका छन् । नेकपा एमालेका कार्यकर्ता नेपालगञ्ज बाट आएर कवाडीमा झरेको बेला त्यहि रहेका काँग्रेस कार्यकर्ता बिच भनाभन हुदै ढुङ्गा हानाहन भएको […]
नागरिक रैबार/बाजुरा २४ बैशाख।जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ८ का नेपाली काँग्रेसका क्रियाशिल सदस्य गोपाल गिरी सहित १५ जनाले एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेले आज त्रिवेणी नगरपालिकाको वडा नं. ८ कालापानीमा गरेको चुनावी घरदैलो कार्यक्रममा गिरीसहित १५ जना नेपाली काँग्रेस छाडेर एमालेमा प्रवेश गरेको स्थानीय दिपक गिरीले बताएका छन् । उनका अनुसार नेपाली […]
नागरिक रैबार/बाजुरा २४ बैशाख। जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं. ९ मा हिजो भएको घटनामा सलग्न २ जना काँग्रेसका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा प्रत्येक्ष संलग्न भएको भन्दै नेपाली काँग्रेसका नरेन्द्र सार्की र केशब कार्कीलाई प्रहरीले प्रक्राउ गरेर सदरमुकाम ल्याएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन । पाण्डुसेन […]