होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • त्रिवेणीमा काँग्रेसका क्रियाशिल सदस्य गिरीसहित १५ जना एमालेमा प्रवेश
समाचार

त्रिवेणीमा काँग्रेसका क्रियाशिल सदस्य गिरीसहित १५ जना एमालेमा प्रवेश

  • नागरिक रैबार
त्रिवेणीमा काँग्रेसका क्रियाशिल सदस्य गिरीसहित १५ जना एमालेमा प्रवेश

नागरिक रैबार/बाजुरा २४ बैशाख।जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ८ का नेपाली काँग्रेसका क्रियाशिल सदस्य गोपाल गिरी सहित १५ जनाले एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमालेले आज त्रिवेणी नगरपालिकाको वडा नं. ८ कालापानीमा गरेको चुनावी घरदैलो कार्यक्रममा गिरीसहित १५ जना नेपाली काँग्रेस छाडेर एमालेमा प्रवेश गरेको स्थानीय दिपक गिरीले बताएका छन् ।

उनका अनुसार नेपाली काङ्ग्रेसका त्रियाशिल सदस्य गोपाल गिरी ,दयाराम थापा र लाल गिरी लगाएतका १५ जना घरपरिवार नेपाली काङ्ग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका हुन् । काँग्रेस छाडेर एमाले प्रवेश गरेका उनीहरुलाई नगरपालिकाका मेयरका उम्मेदवार मोतिसिंह बुढा, एमाले त्रिवेणी नगर कमिटीका अध्यक्ष कविराज बुढाले पार्टीमा स्वागत गरेका छन् ।

विज्ञापन

May be an image of 9 people, people standing and outdoors

 

त्यस्तै यस अघि नेकपा एमालेबाट काँग्रेसमा प्रवेश गरेका वडा नं. ८ ढणालीका जया थापा पुनः एमालेमै फर्किएका छन् । नेपाली काँग्रेसको आधार इलाकाका रुपमा रहेको त्रिवेणी नगरपालिकामा पछिल्लो समय काँग्रेस छाडेर एमालेमा प्रवेश गर्नेको लर्को नै लागेको एमाले त्रिवेणी नगर कमिटीले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार