होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बडीमालिका नगरको मतगणना समिक्षालय भवनमा गरिने
समाज

बडीमालिका नगरको मतगणना समिक्षालय भवनमा गरिने

  • नागरिक रैबार
बडीमालिका नगरको मतगणना समिक्षालय भवनमा गरिने

नागरिक रैबार/बाजुरा २९ बैशाख। बाजुराको बडीमालिका नगरपालिकाको मतगणना जिल्ला समन्वय समितिको कार्यालय परिसरमा रहेको समिक्षालय भवन भित्र गरिने भएको छ ।

बडीमालिका नगरपालिका अन्तरगतका ९ वटै वडाका उम्मेदवार र नगरका मेयर उपमेयरका उम्मेदवारहरुको लागि हुने निर्वाचनको मतगणना उक्त भवनमा गरिने मुख्य निर्वाचन अधिकृतकोे कार्यालय बडीमालिकाले जनाएको छ ।

भोलि शुक्रबार स्थानीय तहको निर्वाचन हुँदैछ । बडीमालिका नगरका ९ वटै वडामा मतदान कार्यसम्पन्न भएलगत्तै मतपेटीका मतगणना स्थलमा आईपुग्ने र सर्वदलीय बैठकबसेर लगत्तै मतगणना सुरु गरिने छ ।

विज्ञापन

मुख्य निर्वाचन अधिकृतको कार्यालयले यस अघि नै बडीमालिकाको मतगणना स्थलमा सिसी क्यामरा जडान गर्नुका साथै ग्याविन तारजाली सहितको घेरबार निर्माण गरिसकेको छ । बडीमालिका नगरपालिकामा ९ हजार ७ सय ३५ जना मतदाता रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार