होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • जगन्नाथ
  • बाजुराका ९ वटै पालिकामा निर्वाचनको सम्पूर्ण तयारी पूरा
जगन्नाथ

बाजुराका ९ वटै पालिकामा निर्वाचनको सम्पूर्ण तयारी पूरा

  • नागरिक रैबार
बाजुराका ९ वटै पालिकामा निर्वाचनको सम्पूर्ण तयारी पूरा

नागरिक रैबार/बाजुरा २९ बैशाख। बाजुरामा स्थानीय तहको निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामाग्रीसहित कर्मचारीहरु सम्बन्धित क्षेत्रमा पठाएर भोली शुक्रबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी नवराज अवस्थिले बताएका छन् ।

निर्वाचन अधिकारी अवस्थीका अनुसार जिल्लाका ९ वटै स्थानीय तहमा तोकिएका ७० वटा मतदान स्थल निर्माण र मतदाता परिचय पत्र वितरण गर्ने कार्य सम्पन्न भएसंगै निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको हो ।

जिल्लामा कुल ८२ हजार ६ सय ९० जना मतदाता रहेका छन् । जसमध्ये ४२ हजार १ सय ५१ पुरुष र ४० हजार ५ सय ३७ जना महिला रहेका छन् । जिल्ला सुरक्षा समितिले जिल्लाका ९ वटै स्थानीय तहमा शान्तिपूर्ण र भयरहित तरिकाले निर्वाचन सम्पन्न गर्न १५ सय बढी सुरक्षाकर्मी परिचालन गरेको छ । जिल्लामा ७० वटा मतदान स्थल र १ सय १२ वटा मतदान केन्द्र तोकिएको छ । त्यस्तै निर्वाचन गराउन ५ सय ५८ जना कर्मचारीहरु खटाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार