होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पाण्डुसेन घटनाः २ जना काँग्रेसका कार्यकर्ता पक्राउ
समाचार

पाण्डुसेन घटनाः २ जना काँग्रेसका कार्यकर्ता पक्राउ

  • नागरिक रैबार
पाण्डुसेन घटनाः २ जना काँग्रेसका कार्यकर्ता पक्राउ

नागरिक रैबार/बाजुरा २४ बैशाख। जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं. ९ मा हिजो भएको घटनामा सलग्न २ जना काँग्रेसका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

घटनामा प्रत्येक्ष संलग्न भएको भन्दै नेपाली काँग्रेसका नरेन्द्र सार्की र केशब कार्कीलाई प्रहरीले प्रक्राउ गरेर सदरमुकाम ल्याएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन ।

पाण्डुसेन हिजो दिनभर तनाबग्रस्त बनेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि १६ राउन्ड हवाइ फायर समेत गरेको थियो । पछि साँझ सम्म स्थिति नियन्त्रणमा आउन नसकेपछि सदरमुकामबाट सिडियो उपेन्द्रराज पौड्याल र डिएसपी चर्तुभुज ओझा सहित सुरक्षाकर्मीकोे टोली घटना स्थलमै गएको थियो ।

विज्ञापन

सुरक्षा निकायका प्रमुख सहितको टोली पाण्डुसेन घटनामा पुगेपछि घटनामा दोषी ठहर गरिएका काँग्रेसका नरेन्द्र सार्की र केशव कार्कीलाई प्रक्राउ गरिएको प्रहरीले बताएको छ ।

त्यस्तै घटनामा घाइते भएका नेकपा एकिकृत समाजवादीका जिल्ला सचिव पुर बहादुर रावत र खडक बोहोरासहित ६ जनालाई प्रहरीलेनै उपचारका लागि सदरमुकाम मार्तडी ल्याएको छ ।

काँग्रेस कार्यकर्ताले चक्कु प्रहार गर्दा नेता रावतको हातमा र खड्क बोहराको टाउकोमा चोट लागेको छ । घटनामा १० जना प्रहरी समेत घाईते भएको प्रहरीले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार