होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिकामा एमालेले घरदैलो अभियान सम्पन्न गर्दै
समाचार

बडीमालिकामा एमालेले घरदैलो अभियान सम्पन्न गर्दै

एमालेप्रति मतदाता उत्साहित

  • नागरिक रैबार
बडीमालिकामा एमालेले घरदैलो अभियान सम्पन्न गर्दै

नागरिक रैबार /बाजुरा २६ बैशाख । नेकपा एमाले बडीमालिका नगर कमिटीले आज घरदैलो अभियानलाई सम्पन्न गर्ने भएको छ । नेकपा एमालेबाट उम्मेदवार बनेका मेयर/उपमेयर, वडा अध्यक्ष र वडा सदस्यका उम्मेदवारहरुको मनोनयन दर्तापछि नेकपा एमाले बडीमालिका नगर कमिटीले बैशाख १८ गते नगरपालिकामा वडा नं. ४ को रिलाबाट चुनावी घरदैलो अभियान सुरु गरेको थियो ।

नगरका ९ वटै वडामा एमालेका मेयर/उपमेयरका उम्मेदवारहरु नगरको विकासका लागि आफ्नो पक्षमा मतदान गर्न भन्दै नगरबासी मतदाताहरुको घरदैलोमा पुगेका थिए । एमालेबाट नगर प्रमुखका उम्मेदवार अमरबहादुर खड्का र उपप्रमुखका उम्मेदवार नन्दा कुमारी थापा सहीतको टोलीले आज चुनावी घरदैलो अभियानको अन्तिम दिन बडीमालिका नगरपाकिको वडा नं. ८ र ९ का मतदातासंग भेटघाट गरेको नगर कमिटी अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।

०७४ मा भएको स्थानीय तह निर्वाचनमा नगरका ९ वडा मध्ये पाँच वटा वडामा जितेर पनि मेयर र उपमेयर गुमाएको एमालेले यो पटक विरासत फर्काउने गरि मेयरमा अम्मरबहादुर खड्का र उपमेयरमा नन्दा कुमारी थापालाई मैदानमा उतारेको छ । यस पटकको चुनावमा नगरपालिकामा पुरै नेतृत्व एमालेको बनाउने रणनीतिका साथ चुनावी प्रचारप्रसारलाई तिव्रताका साथ अगाडि बढाएको थियो ।

विज्ञापन

चुनावी घरदैलो अभियानमा मत माग्न नगरका ९ वटै वडामा पुगेका मेयर र उपमेयरका उम्मेदवारलाई मतदाताले गाउँमा भव्य स्वागत गरेका थिए । पढेलेखेका योग्य र नगरपालिकालाई समृद्ध बनाउने योजनासहित मत माग्न पुगेका अम्मर र नन्दा दुवै जनाको नेतृत्वलाई मतदाताहरुले जिताउन आफूहरु तयार रहेको वचन समेत मतदाताले दिएका छन् ।

मेयर उपमेयरका उम्मेदवारहरु मतमाग्न घरघरमा पुग्दा न्यानो आतिथ्यता सहीत अविर मालाले स्वागत समेत गरेका थिए । यस अघि बडीमालिकामा काँग्रेस नेतृत्वको सरकार हुँदा जनताले पाएको सास्ती र विभेदका विरुद्धमा पनि बडीमालिकामा एमालेको नेतृत्व ल्याउन आवश्यक रहेको मतदाताहरुको प्रतिक्रिया छ ।

एमालेले बडीमालिका ४ बाट सूरु गरेको चुनावी घरदैलो अभियान आज ९ मा गरेर सकेको छ । एमालेको चुनावी घरदैलो अभियानका क्रममा मतदाताहरु एमालेप्रति उत्साहित देखिएको एमाले बडीमालिका नगर कमिटी अध्यक्ष धर्मराज पाध्यायको भनाई छ ।

त्यस्तै नेपाली काँग्रेस बडीमािलका कार्य समितिले पनि आज बडीमालिका नगरपालिकाको ९ मा चुनावी घरदैलो गर्दै सम्पन्न गरेको छ । काँग्रेसले बडीमालिका नगरपालिकाको ७ बाट सूरु गरेको चुनावी घरदैलो कार्यक्रम अन्तरगत नगरका ९ वटै वडामा गरेर सम्पन्न गरेको बताएको छ ।

बडीमालिकामा एमाले प्रति जनताको उत्साह बढेपछि विपक्षी दल नेपाली काँग्रेसले भने नगरका ९ मध्य वडा नम्वर ५ मा मावोवादी र ९ मा एकिकृत समाजवादी पाटीसंग गठबन्धन गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार