होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराका ९ वटै स्थानीय तहमा मतदान अधिकृत र निर्वाचन सामाग्री पुग्यो
समाचार

बाजुराका ९ वटै स्थानीय तहमा मतदान अधिकृत र निर्वाचन सामाग्री पुग्यो

  • नागरिक रैबार
बाजुराका ९ वटै स्थानीय तहमा मतदान अधिकृत र निर्वाचन सामाग्री पुग्यो

नागरिक रैबार/बाजुरा २६ बैशाख। बाजुरा जिल्लाका ९ ओटै स्थानीय तहमा रहेका सबै मतदान केन्द्रमा निर्वाचन साम्रगी पुगेको छ । सबै भन्दा टाढा रहेको हिमाली गाउँपालिकाको गुम्बामा समेत मतदान अधिकृत सहित निर्वाचन साम्रगी पुगिसकेकाे मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले बताएका छन ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाजुरा जिल्लामा ५ सय ५८ जना कर्मचारी खटाईएका छन । जसमध्ये १ सय १२ जना मतदान अधिकृत र १ सय १२ जना सहायक मतदान अधिकृत र अन्य कर्मचारी गरि ५ सय ५८ जना कर्मचारी खटाईएका छन् ।

निर्वाचनका लागि बाजुरामा ७० वटा मतदान केन्द्र र १ सय १२ मतदान स्थलमा मतादन साम्रगी सहित कर्मचारी पुगाईसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

विज्ञापन

स्थानीय तहको निर्वाचनका लागि बाजुराका ९ वटै स्थानीय तहमा कर्मचारीहरु खटाईएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्तिपत्र, मतपत्र लिई जिल्ला निर्वाचन कार्यालयबाट मत पेटिका तथा मतदान कार्यमा चाहिने आवश्यक सामाग्री लिएर कर्मचारी गाउँ गाउँमा पुगिसकेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

बाजुरामा ८२ हजार ६ सय ९० मतदाता रहेका छन् । कुल मतदाता मध्ये ४२ हजार १ सय ५१ पुरुष र ४० हजार ५ सय ३७ महिला गरि जम्मा ८२ हजार ६ सय ९० जना मतदाताहरुले मतदान गर्ने भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार