होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा चुनाव गराउन ५ सय ५८ जना कर्मचारी गाउँ-गाउँमा खटाईए
बाजुरा बिशेष

बाजुरामा चुनाव गराउन ५ सय ५८ जना कर्मचारी गाउँ-गाउँमा खटाईए

  • नागरिक रैबार
बाजुरामा चुनाव गराउन ५ सय ५८ जना कर्मचारी  गाउँ-गाउँमा खटाईए

नागरिक रैबार २५ बैशाख बाजुरा। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाजुराका ९ वटै स्थानीय तहमा कर्मचारीहरु खटाईएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्तिपत्र, मतपत्र लिई जिल्ला निर्वाचन कार्यालयबाट मतपेटिका तथा मतदानकार्यमा चाहिने आवश्यक सामाग्री लिएर कर्मचारी गाउँ खटाईएको जिल्ला निर्वाचन कार्यालय बाजुराले बताएको छ ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा बाजुरा जिल्लामा ५ सय ५८ जना कर्मचारी खटाईएका छन । जसमध्ये १ सय १२ जना मतदान अधिकृत र १ सय १२ जना सहायक मतदान अधिकृत र अन्य कर्मचारी गरि ५ सय ५८ जना कर्मचारी खटाईएका छन् ।

जिल्लाका ९ स्थानीय तहमा १ सय १२ ओटा मतदान केन्द्र र ७० वटा मतदान स्थलहरु रहेका छन् । सोही मतदान केन्द्र र मतदान स्थल अनुसार कर्मचारी ब्यबस्थापनमा ५ सय ५८ जना कर्मचारीहरूको ब्यवस्थापन गरिएको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

विज्ञापन

बाजुरामा ८२ हजार ६ सय ९० मतदाता रहेका छन् । कुल मतदाता मध्ये ४२ हजार १ सय ५१ पुरुष र ४० हजार ५ सय ३७ महिला गरि जम्मा ८२ हजार ६ सय ९० जना मतदाताहरुले मतदान गर्ने भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार