होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार बाजुरा २७ पुस । अमेरीका बस्ने नेपाली नागरिक बुवा नारायण खना र आमा छला खनालकी एक बर्षिया छोरी काब्य खनालको जन्मदिनको अबसरमा बाजुराको एक बिद्यालयका गरिव तथा बिपन्न बालबालिकाहरुलाई जकेट उपहार दिएकी छन । बाजुराको बुढिगंगा नगरपालिका वडा न १० मा रहेको सिगाडा माध्यामीक बिद्यालयका ५७ जना बालबालिकाहरुलाई जन्मदिनको अबसमार जकेटहरु उपलब्ध गराएको […]
नागरिक रैबार/बाजुरा १८ पुस नेकपा एमाले बाजुराको सातौ जिल्ला अधिवेशनका लागि जिल्लाका ६९ वटै वडाबाट सर्वसम्मत प्रतिनिधी छनोट भएका छन् । पार्टीको संगठीत सदस्य संख्याको आधारमा जिल्लाका ६९ वटै वडाबाट जिल्ला अधिवेशनमा सहभागि हुने प्रतिनिधीहरु सर्वसम्मत छनोट गरिएको एमाले बाजुराले जनाएको छ । एमाले बाजुराका अनुसार ५० जना बराबर १ खुला, ३५ जना बराबर १ […]
नागरिक रैबार/बाजुुरा १८ पुस।बाजुराबासीको दशैं तिहारपछिको ठुलो पर्वका रुपमा मनाईने भुवो पर्व सूरु भएको छ । जिल्लामा मनाइने साँस्कृतिक पर्व भुवा सुरु भएको हो । महाभारतको कथा र पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले भस्सो पर्व पनि भन्ने गरेका छन् । पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो […]
नागरिक रैबार/बाजुरा १५ पुस। जिल्लाको बुढीगंगा नगरपालिकामा २ दिने निःशुल्क आँखा शिविर संचालन गरिने भएको छ । बुढीगंगा नगरपालिका स्वास्थ्य शाखा र गेटा आँखा अस्पताल कैलालीको सयुक्त आयोजनामा यही पुस २८ र २९ गतेका दिन टाँटे स्वास्थ्य चौकीमा शिविर संचालन हुने बुढीगंगगाका स्वास्थ्य संयोजक दिपक शाहले बताएका छन् । शिविरमा आँखा उपचारमा आउने विरामीहरुको मोतिया […]
नागरिक रैबार/बाजुरा १४ पुस। बाजुराको सदरमुकाम मार्तडीसहित जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ ।मंगलबार साँझदेखि परेको अविरल वर्षासंगै हिमपात भएपछि यहाँको जनजिवन कष्टकर बनेको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने खुशी भएका छन् । सिचाई नहुँदा गहुँ बाली नलगाएका किसानलाई राहत भएको छ ।हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइका विभिन्न […]
नागरिक रैबार/बाजुरा १ पुस। बाजुरा जिल्लाका ३ नगरपालिकासहित २ गाउँपालिकामा सन २०२० देखि संचालन हुँदै आएको स्वास्थ्य अधिकार सुधार परियोजनाको जिल्ला स्तरीय समिक्षा तथा योजना बैठक मार्तडीमा सम्पन्न भएको छ । कोईकाको आर्थिक सहयोग तथा गुडनेवर्स इन्टरनेशनल, पिसवीन, किर्डाकको प्राविधिक सहयोगमा उक्त परियोजनाको जिल्ला स्तरीय समिक्षा तथा योजना बैठक सम्पन्न भएको हो । परियोजना लागु […]
नागरिक रैबार/बाजुरा २७ मंसिर। नेकपा एमाले बाजुराका प्रभावशाली नेता मिनबहादुर विष्टले नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सदस्य पदबाट राजिनामा दिएको घोषणा गरेका छन् । नेता विष्टले एमाले प्रदेश कमिटी सदस्यबाट आजकै मिति देखि राजिनामा गरेको व्यहोरा आइतबार साँझ सामाजिक संजाल मार्फत जानकारी गराएका हुन् । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका वडा न. ७ घर भएका नेता […]
नागरिक रैबार/बाजुरा २४ मंसिर। लैङिगक हिँसा विरुद्धको १६ दिने अभियान अन्तरगतको आज अन्तिम दिन बाजुरा जिल्लामा विभिद् कार्यक्रम गरी समापन गरिएको छ ।घरबाटै सूरु गरौं, महिला हिंसा अन्त्य गरौं भन्ने मुल नाराका साथ हरेक वर्ष नोवेम्बर २५ देखि डिसेम्वर १० सम्म यो अभियान देशभर मनाईदै आएको छ । लैङिगक हिँसा विरुद्धको १६ दिने अभियान बाजुरा […]
नागरिक रैबार/बाजुरा १९ मंसिर। बाजुराको सदरमुकाम मार्तडीको थुवाकाँध नजिकै साँफे-मार्तडी सडक खण्डमा अटोरिक्सा दुर्घटनामा परि मृत्यु भएकाको पहिचान खुलेको छ । अटोरिक्सा दुर्घटनामा परि मृत्यु हुनेमा बुढीगंगा नगरपालिका १ मा रहेको जनप्रभात आधारभुत विद्यालयका पूर्व प्रधानाध्यापक खगेन्द्र उपाध्याय र सोही नगरपालिकाकै प्रकाश नेपालीको मृत्यु भएको छ । आईतबार साँझतिर सदरमुकाम मार्तडीबाट बल्देतिर जाँदै गरेको अटोरिक्सा […]
नागरिक रैबार/बाजुरा ५ मंसिर। नेकपा (माओवादी केन्द्र) बाजुराले २७ वटा वडामा सम्मेलन सम्पन्न गरेको जनाएको छ । माओवादी केन्द्र बाजुराले बाजुराका २७ वडामा नयाँ नेतृत्व चयन गरेको नेकपा (माओवादी केन्द्र) बाजुराका प्रचार विभाग प्रमुख शुरेस विकले बताएका छन् । उहाँका अनुसार ६९ मध्ये २७ वडामा सम्मेलन सकिएको र बाँकी वडामा सम्मेलन जारी रहेको छ । […]
नागरिक रैबार बाजुरा ४ मंसिर जिल्लाकाे बुढीगंगा नगरपालिकाकाे वडा नम्बर ९ स्थित जुवापानीमा रहेकाे दुधिर आधारभुत विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीहरूलाई झाेला वितरण गरिएकाे छ । बडीमालिका मिडिया हाउसकाे पहल तथा राईजिङ नेपालकाे आर्थिक सहयाेगमा उक्त विद्यालयमा अध्ययनरत ५१ जना विद्यार्थीहरूलाई झाेला वितरण गरिएकाे हाे । शुक्रबार एक कार्यक्रममका विच विद्यालयमा रहेका गरिव तथा जेहेन्दार […]
नागरिक रैबार/बाजुरा ३ मंसिर। जिल्लाको बुढिगंगा नगर पालिका र त्रिबेणी नगर पालिकाको बिचमा पर्ने फालासैन नजिकैको नदिको किनारामा पाटे बाघ भेटिएको हो । बाघ बिहान ८ बजेको समयमा देखा परेको भए पनी अहिले सम्म सोही स्थानमा रहेको स्थानिय मानबहादुर बोहराले जानकारी दिए । बोहराका अनुसार बाघ बसिरहेको र उठ्न नसकेको अबस्थामा बाघ फेला परेको बताए […]
नागरिक रैबार/बाजुरा ३० कार्तिक। बाजुरा जिल्लाका ग्रामिण सडकमा संचालन हुँदै आएका जीप व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय बाजुराले निर्धारण गरेको भाडादरमा गाडी नचलाउने निर्णय गरेको छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै जीप व्यवसायीहरुले प्रशासनले निर्धारण गरेको भाडादरमा जिल्लाका कुनैपनि स्थानमा गाडी नचलाउने निणर्य गरेको हो । यस अघि कार्तिक २२ गते जिल्ला प्रशासन कार्यालय […]
नागरिक रैबार/बाजुरा २९ कार्तिक। नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा बाजुराबाट सहभागि हुने प्रतिनिधिहरुको छनोट प्रक्रिया सकिएको छ । यही मंसीर १०-१२ गते चितवनमा हुने एमालेको १० औं राष्ट्रिय महाधिबेशनका लागि बाजुरामा सहमतिका साथ प्रतिनिधि चयन गरिएको हो । नेताहरुविच ४ दिन अघि देखिको निरन्तर सहमतिको प्रयासपछि आज एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा बाजुराबाट सहभागि हुने […]
नागरिक रैबार बाजुरा २६ कार्तिक। त्रिवेणी बचत तथा रिण सहकारीकाे २० औं वार्षिक साधारणसभा तथा सातौं अधिवेश आजबाट सूरू भएकाे छ । शुक्रबार एक कार्यक्रमका विच त्रिवेणीकाे सहकारीकाे २० औं साधारण सभा तथा सातौं अधिवेशनकाे बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले २० वटा बत्ति र दियाे बालेर उद्घाटन गरेका छन् । सहकारी संस्थाका अध्यक्ष अशाेक […]
नागरिक रैबार बाजुरा २४ कार्तिक। बाजुरामा एकैदिन २ जना पुरूष छुट्टाछुट्टै स्थानमा मृत अवस्थामा भेटिएका छन् । यसरी एकै दिन मृत अवस्थामा भेटिनेमा जगन्नाथ गाउँपालिका वडा नम्बर ६ का अन्दाजि १८ वर्षका जीवन चंदारा र बुढीगंगा नगरपालिका–४ बानेगाउँ कोल्डाँडाका ६२ वर्षीय केहेरे कटुवाल रहेका छन् । मृत अवस्थामा भेटिएका दुईजना मध्ये चंदारा बुढीनन्दा नगरपालिका ५ […]
नागरिक रैबार/बाजुरा १८ कार्तिक। बाजुरा जिल्लामा आएको बेमौसमी वर्षाले दुई करोड भन्दा बढीको अन्न बालीमा क्षति गरेको कर्षि ज्ञान केन्द्र बाजुराले जनाएकाे छ । असोज ३१ गते परेको अविरल वर्षाका कारण जिल्लाको तीन सय ९२ हेक्टर क्षेत्रफलमा लगाएको ९ सय ४० मेट्रीक टन धान र कोदो बालीमा २ हजार २ सय ९ कृषकहरुको क्षति पु¥याएको […]
नागरिक रैबार/बाजुरा १५ कार्तिक।बाजुराका दलित समुदाय तथा दलित पत्रकारहरुमाथि सामाजिक संजाल मार्फत जातीय विभेद् गर्ने बाजुराको बुढीगंगा नगरपालिका वडा नं. १० भण्डार गाउँका वर्ष ३५ का सत्यराज जैशीलाई बाजुरा जिल्ला अदालतले ५ हजार जरिवाना सहितको फैसला सुनाएको छ । जातिपातिको आधारमा छुवाछुत तथा भेदभाव् गर्न नहुने मुद्धामा बाजुरा जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको २०७८/५/२१ गतेको ईजालासले […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक। नेकपा एमाले बुढीगंगा नगरपालिकामा महिलालाई पदमा स्थान नदिएपछि एमाले भित्रकै महिलाहरुले आपत्ती जनाएका छन् । शनिबार सम्पन्न नगरपालिकाको प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन महिलालाई ठाउँ नदिएको एमाले नेतृ विमला थापाले आपत्ति जनाएकि छन् । उनले एमालेको नेतृत्व तहलाई चुनौति दिदै सामाजिक संजालमा भनेकी छन् अबको चुनाबमा नेकपा एमाले बुढीगंगा नगरपालिकामा मेयर-उपमेयर […]
नागरिक रैबार बाजुरा १३ कार्तिक नेकपा एमाले बुढीगंगा नगर कमिटीको अध्यक्षमा नरेन्द्र थापा सर्वसम्मत चयन भएका छन् । विहिबारबाट सुरू भएकाे एमाले बुढीगंगा नगर कमिटीको प्रथम अधिवेशनबाट अध्यक्ष नरेन्द्र थापा, उपाध्यक्ष हरिकेश नेपाली, सचिवमा हिमाल शाह, उप-सचिव सर्कल थापा, उप-सचिव डम्म थापा लगायत ७५ सदस्यीय नगर कमिटी चयन गरिएकाे छ । नगर कमिटी अध्यक्ष चयन […]